Sunday, April 13, 2014

New Year 2071

नयाँ बर्ष,
तिमीलाई के भनु,
भन्नु पनि छैन कि जस्तो लाग्दैछ .
बसन्तहरु सँग फक्रिएर,
तिमी संगै रमे, शुभकामना साटे,
बार र रेस्तुरन्टमा मर्किदै, मचिदै,
केही होस्मा, केही बेहोसिमा शुभकामना साटे ।
कहिले पात्मा लेखे, कहिले हात्मा,
कहिले ईमेलमा त कहिले सेतो सेतो कागज्मा ।
मन्दिरहरु धाये, पार्कहरु छिरे,
बहना खोजी खोजी शुभकामना दिये .
अङ्रेजिमा दिएछु, नेपाली अनी के के,
शुभकामना दिन भएछु पो के के ।
तर आज
शुभकामना मेरो शुभकामना,
अर्थहिन लगेको छ .
मेरो शुभकामना बेचिएको छ .
मेरो सुभ्कामना बिष्णुमती संगै बगेको छ
खै कती बग्नु पर्ने हो,
खै कती प्रमाण खोज्नु पर्ने हो,
खै शर्मा नायधिश इजलाश्मा के भन्ने हुन,
सन्कोचहरुको बिचमा, अन्तर्घतको बिचमा,
मेरो सस्तो सुभ्कामना,
मसितै छ, मसितै सुरछित पनि,
म आँफै शुभकामना दिएरहेको छु
२०७१ शुभ रहओस ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,