Thursday, January 7, 2010

म सक्दिन……


स्कुलबाट फर्कदै गर्दा,
सरुवा घारी र मन्दिरको एकान्तमा,
म बलत्कृत भए.

ट्युशन पड्ने बाहानमा बलत्कृत,
छिमेकी दाई,
काका र बाउ भन्नेहरुबाट,
म पटक पटक मेरै घरको पूजा र भण्डार कोठामा.


महिनाबारी बार्ने बहानमा,
लुक्न बसेको घर र गोठमा,
म गाउका भद्रहरुबाट लुटिए,


मिठा मिठा सपनाहरुको साथमा,
ठुला ठुला होटेलहरुमा,
हयुस्कीको चुस्कीको साथ म बलत्कृत भए.


बिबाहको औपचारिकता सकियो,
कहिले पति ब्रताको नाममा, कहिले सुशीलाको नाममा,
मुर्दो सरि म बलत्कृत भइरहे.


आत्मा निर्भर बन्ने रहरमा, कार्यालय छिर्दा,
सिप सिकाउने र बदुवाको साथमा,
म बलत्कृत भइरहे.


मनको भरि, बिसाउने निर्णय गरेर,
दुनियाको लच्मन रेखा पर गर्दै, कानुनविद्कोम़ा गए,
प्रतिउत्तरमा म बलत्कृत भए.



बलत्कारको चित्कार बाट, आत्महत्यालाई, पन्छाएर,
अधिकार र न्यायेको भिख माग्दै,
म पुलिसकोमा गए,
तुरुन्त सहयोगको नाममा बलत्कृत.


अन्यायसग जुध्नलाई म,
आवाज बिहीनका आबाज बोल्नेहरुका गए,
मेरो कथा सुनाईएन, मेरो बेथा छापिएन,
रेक्डरम़ा कैद गरिएको म,
पुन पुन बलत्कृत भइरहे.


म दिदि बहिनि रहन सकिन,
आदर्श श्रीमती पनि,
म आमा र हजुरआमा बन्न सकिन,
मैले जन्माएका छोराहरु,
रुप फरक, स्वरूप,फरक, फरक गर्दै,
मैले स्याहरेका पासुलाहरु मलाई बलत्कार गरिरहे,
म सम्झिन सक्दिन, म कति पटक,कहाँ कहाँ बलत्कृत भए?

(Indeed, I wrote this version first,I do not why I like to translate in Enligh and posted, I also put it here later)

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,