Tuesday, May 10, 2011

मेरी छोरी

स्मृति ! मेरी छोरी !
भुनभुन, भुनाउँछे मौरी जस्तै,
कहिले फुरफुर गर्छे पुतली झैँ,
ख्यालै ख्यालमा कहिले करेसामा पुग्छे,
कहिले पुग्छे, छिमेकीकोमा । चकचक गर्दै फेसवुकमा झुन्डन्छे,
गर्छे स्काइपमा कुरा ! सुनाउछे उसका साथीभाइका फटाइका कुरा ।


सपना मेरी छोरी
गम्भीर छे, धेरै ! बोल्दिन धेरै, आखाँनै काफी छ,
झुक्किएर भावना कवितामा पोखिदिन्छे,
गुनगुनाइ दिन्छे जीवन सेन्टिमेन्ट गीतहरुमा ! बस्छे चुपचाप, देखाउन्न लोभलालच पनि,
मुस्काउछे मात्रै, चोटनै लागेको मनैसँग ।

ममता ! मेरी छोरी !थम थम भेट्न कल्ले सकोस,
सटसट भन्नै नी नपरोस् ।
नेतृत्व गर्छे, भित्र र वाहिर घरका,
सेवा गर्छे पौढ, गुरु दिन दुखीको ।
थाक्दिन कत्ति, ढाटदिन कहिल्यै,
ममता सबकी नानी, करुणाकी खानी !


खुशी छु, गौरव गर्छु,
भएर आमा तीन थरीका छोरी !

हसाउँछन्
उनै,
रुवाउछन उनै,
फकाउछन तिनै,
सार्थक भएको छ जीवन,
भएर आमा तीन थरीका छोरी !

मुरी मुरी शुभकामनाम
मरेको दिन,
नभन्नु कसैलाई,
नपखर्नु कुनै, कतै
जलाउनु तुरुन्तै,
जहाँ नजिक पर्छ त्यही ।

नगर्नु कुनै काजक्रिया,
अलिनो भोजन, चोखो वस्त्र पनि,
केही छैन मेरो घिट् घिसो,
चाहिदैन कसैको पाटी, प्रतिक्रिया

पढाउनु छैन समवेदना,
कोही कतै, कसैको अनुभूति सम्झना पनि !


चाहे म जासरी मरु,
मेरो विडम्वना हो ।
मृत्युमा हासेर हाँसेर स्वीकार्दै छु ,
सुखी, खुशीभई बाँच तिमी पनी !

म त मरिसके,
सक्ने सवै गरिसके,
रिस पनि छैन, मोह पनि त्यागिसके,
म त मरिसके,
त्यही दिनको सुखले वाँच्न सके ! हास्न सके !
मुरी मुरी शुभकामना छ !

मुरी मुरी धन्यवाद
थाहा पाएँ,
म त शोषिएछु ।
म त पिडित रहेछु ।
मेरो अधिकार हनन् भएछ
।हरे ! पैतीस दिन नाघिसकेछ ।

तथापी,
रत्तिपनि विस्मय छैन ।
कुनै प्रतिशोध पनि,
छ, त केवल आँठ छ,
संगठितगर्ने शोषितहरुका, पीडितहरुको ।
त्रि्रो संस्था,
त्रि्रो आडम्वर,
त्रि्रो संजाल,
त्रि्रो शंक्तिधुजा-धुजा पार्न,
शोषितहरुको नेतृत्व गर्दैछु ।
नयाँ समाजको निर्माणमा लाग्दै छु ।

तिमीलाई धन्यवाद छ ।
सायद तिमीले शोषण नगरेको भए,
म शोषित नभएको भए ,
यो महान कार्य अधुरो रहन्थ्या ।
शोषण वढिरहन्थ्यो, हिसां भड्किरहन्थ्यो,
त्यसैले,
तिमीलाई मुरी मुरी धन्यवाद छ ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,