Sunday, January 19, 2014

Prison instead of wishes :)

धेरै दिन भयो,
कबिता भनाउदी झुल्किन,
सोचे बिर्सिहोली, माया मरिहोली ।
अचानक टुपुलुक्क पुगी,
तर मेरो छाती रसाएन,
जसरी पहिले पहिले,
ब्यकुल हुन्थे, कबिता कथिदिन्थे .
कबिता त कबिता नै हो,
भन्ने जान्न्दा जान्दै पनि,
कबिता फुरेन, आँखा जुधेन,
बस उस्ले देखिहोली
मैले पनि देखे ।
सबै मलाई उस्तै देख्छन रे
फरक त मैले नै पो पाये ।
कस्तो हो कुन्नी यो दुनियाँ,
मैले जे देख्यो, त्यो नदेख्ने,
जे देखिएन फेरी तेही हुने ।
दुनियाँ रित्तो लाग्न थालेको छ,
आँफै छु भरिलो जस्तो ।
छामेको फेरी केही भेटिन्न,
डलर, रुपैयाँ केही केही छैन ।
कबिता चल् भैइ, म अचल ,
कबिता पानी भैइ, बगी सलल,
म ढुङ्गा भए, मुर्ती ठ्याक्कै मन्दिरको मुर्ती ।
कारमा आएनी, खुटोले आएनी
न जलेर को पो आए र ?
कबिता नि जलिछ,
बेसरी जलिछ ,
सुने ठुलो आगोको सप्काले भेट्यो रे,
भाग्दै भाग्दै यहाँ पुगेकी रे
तर मन्दिरको मुर्ती फेरिएको छ
म मुर्ती, मुर्ती बिदेस्तिर,
तेसैले भाकल माफि भएको छ
सटामा जेल पाएको छ ।  

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,