Monday, March 21, 2016

रङ सँग प्रेम छ,

आखी झ्यालमा,
हासो दिएको छ रङले,
शक्ती दिएको छ रङले,
प्रस्फुतन भएको छ अर्को रङ,
मलाई दलिदेउन मात्रै कहाँ हो र,
रङहरु बदलि बदलि स्वरुप,
भागीरहेछ, उफिरहेछ, उडिरहेछ,
हाप्पी होली, सबै को मुखैमा छ।
-----
मेरो क्यान्भास,
न हास्छ, न हसाउछ,
रङहरु पोत्न खोज्छु,
चुम्ब्किय बिकर्शन हुन्छ,
झुक्काएर फ्यलिदिन्छु रङ,
कहिले बग्छ रङहिन बनेर,
कहिले रङहिन हावा ।
++++
रङ सँग प्रेम छ,
रङ सँग आत्मा सम्मान।
रङ स्नगै छ संसार ।
रङहरु खोज्दै,
रङ्हरु भर्दै,
रङहरु सँग प्रेम्को माला बुन्दै छु ।
कहिले इन्द्रेनी बनाउछु जब ति उड्छन्,
कहिले होली मनाउछु, जब बसन्त संगै आउछन।
रङ्हरु सँग प्रश्न छ,
रङहरु सँग प्रेम
रङहरु जिबन हो,
बदलि रहन्छ अनी बदलाइरहन्छ ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,