Friday, May 27, 2016

Letter to Daughter, #May28Menstrualhygieneday, 2016

प्यारी छोरी स्मारिका,
धेरै धेरै माया र सम्झना ।

आशा छ तिमी सञ्चै र राम्रो छौ ।

म पनि ठिकै छु,जुन अभियानमा आफूलाई समर्पित गरेको छु तेस्कै लागि प्रयेत्नशिल् छु । तिमीलाई थाहा छदै छ बाटो मेरो चुनौतिपूर्ण र गाह्रो छ तर मैले आफूलाई भागय्मानी सम्झेको छु।  म एस्तो देशमा जन्मे जहाँ मैले मन फुकाएर सेबा गर्ने अबसर पाएको छु, मेरो ज्ञान र सिप्को अझै आबस्एकता छ। तेसैले म लगातार लागेको लागेकै छु शायद तिमीले पत्र पत्रीकामा देखे, जानेको हुनुपर्दछ।

म मेडिकल कलेजमा आफ्नो जिबनकथा सुनाउदै थिए कसो कसो महिनाबारिको कुरो निस्को। कुरो गर्दा गर्दै एती धेरै कुरा थाहा लाग्यो कि जुन मैले कल्पना पनि गरेको थीइन। उनिहरुसँग कुरा गर्दै गर्दा तिमी र तिम्रा साथीहरुको ज्ञान र प्रतिबदताको कुराले सम्झना गरैरह्यो र यो पत्र तिमी र तिम्रा साथीहरुलाई  धन्यवाद र बधाईका साथ्  कोर्दैछु।

तिम्रो जस्तै घर परिवारले समाजमा चली आएको मुल्य मान्यतालाई बिस्लेशन गरेर बैज्ञानीक र तथ्यपरक कृयाकलापलाई सम्रछन र सम्ब्रदन गर्दै लग्ने, नराम्रालाई बदल्ने न ज्ञान हुन्छ न अठोट नै। एस्कै परिडाम् हो डाक्टर र नर्स पढ्ने, बिज्ञानलाई सर्लक्कै निलेका, कलेज् टपेका भाई बहिनिहरु पनि महिनाबारी बार्दै छन। उनिहरुले कक्षा नौ बाट महिनाबारिको बारेमा पड्न सुरु गर्छन् र तेही पडिरहेका छन र तेसकै बारेमा कुरा गर्दा गर्दै  खान्छन, सुत्छन, उठ्छन अर्थात उनिहरु मानब शरीर, तेस्को बनोट, शरीर बाट निस्क्न हर्मोन वा रस र तेस्को प्रभाब, आदिको बारेमा नै जिन्दगी बिताउछन। उनिहरु बिज्ञान बिना एक सेकेन्ड् पनि टाढा रहन सक्दैनन र रहनन पनि।

तर अचम्म उनिहरु आफुले पडेका कुरा अरुहरुलाई प्रयोग गर्छन्, सिकाएर थाक्दैनन तर आफु प्रयोग गर्दैनन। किन ? किन्भने उनिहरुमा आत्मबिश्वास छैन, उनिहरुमा मनो बैज्ञानीक रुपमा एती धेरै डर् छ र उनिहरु बिज्ञानको खिस्सी उडाइरहेका छन। उनिहरुले  हासिल गरेको सिक्छा चेतन्शिल हुनको लागि हैन कि सिछित हुन र जागिर खान वा पैसो कमाउनको लागि मात्र हो।

तिमीलाई डर् लाग्दैन, तिम्रा संगतमा परेका केही साथीहरुलाई डर् लाग्दैन अरुहरुलाई किन डर् लाग्छ ? त्यो डर् कहाबाट आउछ ? तिमीलाई डर् लाग्दैन किन भने हामी तिम्रा किताबमा भएका कुरामा छलफल गर्छौ, जब सम्मा हामी निस्कर्शमा पुग्दैनौ ? कतिबेला तिमी रिसाएउ त कहिले हामी रिसाएउ। तर हामीले कहिलै पनि बिसयान्तर् गरेनौ। तिमीले हामीलाई एसरी सिकाएउ कि हामीले बुझेनौ मात्र हामी परिवर्तन भएउ। मलाई तिमी जस्तो छोरी पाएकोमा सधैं गौरब छ, एस अर्थमा तिमी मेरो छोरी मात्रै हैन साथी हौ अनी मेरो गुरु पनि। तिम्रा तर्कका सIमु म कती नत मस्तक हुन्थे।

हरेक बच्चाले स्कुल्मा पडेको कुराले जिबन्लाई अगाडि बदाउन मद्द्त गर्छ कि गर्दैन भनेर स्कुले पनि सचेत हुनु पर्छ अनी तेस्ताइ अभिभबक्ले पनि। अभिभबाक्ले स्कुललाई स्कुलले अभिभबकलाई दोस थुपारेर समाज अगी बड्न सक्दैन।

मलाई सम्झना अाइरहेको छ तिमी स्कुलमा छदा तिमी र तिम्रा केटा केटी साथीहरु मिलेर अतिरिक्त कृयाकलाप आँफैले आयोजना गरेको । तिम्रा साथीहरु महिनाबारी बार्ने अभ्यास गलत हो भन्ने तुङोमा पुगे  तर तिन्ले घरमा साथ् पाएनन भने स्कुल्मा धिमा । स्कुल्को सहयोग लिएर सबै अभिभाबक लाई बोलाएर गाउकै नामी पन्डित, नेता, महिनाबारी नबारेको घरको पुरुष ल्याएर अनर्कृया गरेका थियौ जस्ले तिम्रा केटा केटी साथीहरु सबैले धन्यवाद पाएका थियौ। तिम्रा थुप्रै केटा साथीहरु पनि परिक्षाको बेला खाना पकाउने झन्झटबाट मुक्त भएका थिए भने थुप्रै केटीहरुमा थुप्रिदै बसेको उदासिनता हराउन सहयोग गरेको थियो। महिनामा तीनदिन स्कुल अनुपस्थित रहने केटीहरुको सन्ख्या ह्य्वातै घटेको थियो भेन केटीहरुलाई सहयोग गर्ने, सम्मान गर्ने सस्कार केटाहरुमा ह्वत्यै बडेको पनि। तिम्रो स्कुलसँग सम्बन्धित जसलाई भेटे सबैको एउटै आबज थियो घरको रौनक नै फेरियो, हरेक परिवार भित्र घरि घरि  भैरहने झै झगडाको एउटा जरो नै उखेलियो जुन झन्डै मुल जरो नै रहेछ।   

घरमा आमा, दिदी बैनी कहिले महिनाबारी भयो भनेर प्रयोग गरिने सानीटारी प्याड सकिये पछी मात्रै था हुन थालयो भनेर् अभिभाबकले जब भन्न थाले मलाई तिमीहरु प्रती झनै गौरब लाग्न थालयो। छोरा छोरी सधैं संगै उस्तै खेल्नु,काम गर्न सक्ने बातावरण सिर्जना हुने कुरा चान्चुने थिएन र होइन पनि।      मैले आज पनि एस्त अभिभाबक भेटे जस्ले बेलायत, अमेरिकामा पडे, जागिर खाए अनी  छोराछोरी अनतरस्तिय स्कुल्मा पठाउछन, छोरा छोरीलाई सधैं यो नछो, यो नगर, त्यो नगर, यो खा, त्यो नखा भनेर् भनिरहन्छन र छोरा छोरीसित झगडा पारीरहन्छन। ठुलो स्कुले झनै झिनो र मसिनो पो बनाउने रहेछ। 

तिमीहरुको कार्यक्रम हुँदै गर्दा धेरै बा आमाले बाचा गर्नु भयो र भन्नु भयो हामीले बुझेनौ, आफुले नि दु:ख पएउ अनी छोराछोरिले  पनि । उहाहरु सबै जसोले स्कुलको चर्पी हेर्नु भो अनी भन्नु भो हाम्रा छोराछोरिले घरमा भन्दा धेरै चर्पी स्कुलमा प्रयोग गर्छन्, एउटै चर्पी धेरैले प्रयोग गर्ने, पानी साबन पनि नहुने हुँदा रोगी हुने पनि हाम्रा बच्चा, पैसो सकिने नि हाम्रो । पैसो हुनेले पैसो देउ नहुनेले श्रम वा जे छ तेही भनेर ४ वटा चर्पी बनाएको बिर्सेंको छैन जुन आज स्कुल कलेजमा उत्तिकै आबस्एक छ। सरकार वा नेता कुरेर बस्द बस्दै समाज पछी पर्‍यो अनी रोगी परिवार रोगी समाज हाम्राइ भो भनेर ति पन्डित अहिले नाम बिर्सिये, कती कड्केका थिए।


तेस्ताइ बा आमाहरुको खोजी गर्नु पर्‍यो छोरी । महिनाबारि भएका बेला सर सफाइको महत्व जती छ तेतिनै महत्व छ बार्नुपर्ने कुरा हटाउने पनि। तेसैले मे २८ तारिकका दिन संसारभर नै यो दिबस मनाइने छ । जहाँ छोरा छोरी बिच हाम्रो जस्तो बिबेद हुँदैन त्यहाँ त यो महिनाबारि को र एसको सरसफाइको महत्वलाई बुझेर  दिबस मनाउछन भने हामी कहाँ त हरेक दिन दिबस मनाउनु पर्ने छ। मैले आशा गरेकी छु तिमी र तिम्रा साथीहरुले आफ्नो अभियान बिर्सेंका छैनउ। बिर्सेंकै भये पनि यो पत्रले ज्स्कौने छ। तिमी र तिम्रा केटा केटी सबै साथी मिलेर केही न केही गर्ने छौ।        

आज पनि त्यस्तो काम, बिशेषगरी स्कुल् कलेजमा भएका बहिनिभाइको अगुवाइमा काम गर्नु जरुरी छ, तिम्रो पडाइ चर्को छ तापनि अलिकती मात्रै समय निकालेर एस्तो अभियानमा जुत्नु, साथीहरुलाई परिचालन् गर्नु । तिमी हामी सामाजिक प्राडी हो, हामी मात्रै दौडेर समाज अगाडि बड्न सकिदैन, समाज अगी वा सँग संगै दौडन् सके मात्र हामी नेपाली स्वाभिमान्ले बाँच्न सक्छौ । धेरै मनिषहरु जो आफूलाई राम्रो र जान्ने ठान्छन उनिहरु पनि महिनाबारिको बिषय केटीहरुको मात्र बिषय हो, उनिहरु मात्रै लाग्नु पर्छ भन्ने सोच्छन जुन अतिनै हानिकारक हो।

आशा छ सबै साथीहरु सँग मिलेर तिमी एस्ता समाजमा गडेर रहेका अबैज्ञानीक अभ्यासक्का लागि जती नै बेस्त भएनी लागि पर्ने छौ र तिम्रा साथीहरु सँग संगै हुनेछन। सबैलाई धेरै धेरै शुभकामना।
खाने कुराको ख्याल गर्दै गर्नु ।

उही माया गर्ने आमा
राधा    

PS: about two weeks before, this article forwarded to nagariknews for May 28, 2016
Verbal consent taken from girls for photo
Sorry for typo mistake, when I use the unicode, I couldn't write as my original flow.

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'