Friday, May 6, 2016

Happy Mother's Day 2016

बिर्सेंजस्तो गरेर बसिदिएको छु, हासिदिएको छु,
जती बिर्सु भने पनि सकिन्छ नै कसरी ?
आकाश निलो होस् वा कालो, वा कपास्को पोको,

मैले उनिलाई नै देख्छु, तिमीलाई नै देख्छु,
हास्छु, रुन्छु, सँगइ लुकामारी खेल्छु ।
पारीजात्को फुल होस् वा घन्टे, चमेली,
रुख कटहर होस् वा पधेलो मोहिको पानी,
तिम्रै याद आउछ, छाती नै पोल्छ, तिमीलाई नै खोज्छु ।
राता राता  भुइ सेता सेता चमेली बुत्ते चोली,
सक्दिन हेर्न घरबुनाको रातो रातो सारी,
तिमी आउछेउ, अंगाल्छेउ खै बकु कसरी ?
म जहाँ जाउ, जे गरु वा दु:ख कै भुमरी मा परु,
तिम्रै माया र भरोसामा म जिउछु, जाग्छु, जग्मगाउछु ।
मलाई थाहा छ, न तिमी फर्केर आउछौ, न पक्का छ म आउने,
मृत्‍यु सत्य को अगाडि लाचर् छु, फेरी पनि भरोसा गरिरहन्छु।


World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,