Thursday, June 23, 2016

Karnali

कर्णाली,
Karnali River at Bolding Bajura
तिमी लामो रे भनेर बच्चाइ देखी घोकेर पो के भो ,
तिम्रै काखमा छोटा आयु लिएर बाचिरहेछु
तिमी न्वारन देखिको बलले गर्जे पो के भो ,
हेर सेती कर्णाली म् आबाज बिहिन भएर बाचिरहेछु

+++
कर्णाली,
तिमी मार्बल सिउडीसँग मित लगाएर पो के भो ,
रित्ता, धुले फाटहरु लिएर आकाश हेर्दै बाचिरहेछु।
तिमी कैलाशबाट रसाएर, चोखो टोपलिएर के भो,
मुलहरु, सुखिसके काककुल बस्तिमा छत्पटिरहेछु
+++
कर्णाली,
तिम्रो करेन्टले मातिएर अजगको पहाड भत्काये पो के भो ,
झरो बालेर आध्यरोमा अनिस्चितता सँगै  लुत्पुटिरहेछु
तिमी हसिलो, पोसिलो, चिसापानीमा रमाएर पो के भो ,
चाहुरिएको भोको पेटमा कुहिएको चामलको कुपन कुरिरहेछु


Bhi Village,Mugu
Goats carry sags of rice from 6-8 kilograms from Martadi, Bajura to Humla, met at Sakachaur, Bajura

केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’

Yesterday, The book entitled  ‘ केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ was launched. Thank you Ganesh Pandey bhai.