Thursday, August 10, 2017

#IamwithDrKC Dedicated to Dr KC

अल्पाआयुमा आमा मैले गुमाय        
किन भने
मैले उचित उपाचार् गर्न सकिन ।
+++
न नेता टुहुरा भये,
न पाटी टुहुरो भयो?
भये त टुहुरो, म भये,
खुशी लुटियो, सर्बस्य मेरै लुटियो ।
+++++
सोचेको थिए,
अब म मर्नु पर्ने छैन,
मेरी छोरी टुहुरो हुने छैन,
मेरो लोग्ने एकल हुने छैनन ।
+++++
तर
होएन रहेछ,
किन भने,
डा के सि लाई मारिदैछ .
++++
उठ,
सब उठ,
डा के सि को जिबन रछाको लागि हैन,
तिम्रो काख रित्तो हुनबाट जोगाउन,
तिमी टुहुरो हुनबाट जोगाउन
++++
नहेर अरुलाई,
उठछ कि भनेर,
नसुन अरुलाई के भन्छ भनेर,
नडराउ पाटिले हेर्दैन भनेर ।
+++
तिम्रो आफ्नै ढुक ढुकि सुन,
तिम्रो आफ्नै श्वास ताप,
तिम्रै अामालाई सोध,
तिम्रै छोरीलाई सोध ।
++++
तिमी उठ,
किन एक्लै मार्न दिने ?
किन पटक पटक मर्ने ?
आउ सबै सङै मरु.
डा के सि सङै मरु ।
++++
चाहे डोजर ल्याहोस् वा सङीनका टुप्पी,
आउ सङै
बाटो भरी सामुहिक अनसन्मा बसु,
 हाम्रो सन्तान मर्न हुन्न,
लडी लडी ल्याएको प्रजातन्त्र, हामीलाई लुत्न हैन ।
http://www.nagariknews.com/news/25036/

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,