
८० बर्से बाउलाई भेट्ने दिन आयो ।
दिदि, भिनाजु छोराछोरी सबै भेला हुन्छौ,
भाई बुहारी बा पेट मिची मिची नाच्छौ ।
घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,
गाउ घरका सङिहरु भेट्ने दिन आयो ।
+++++++
कोही सम्जन्छन् आमाको नाच, कोही मिठो अचार्,
मैले सम्झिये गीत, दिदिले भाचिन कम्मर ।
घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,
घरै रमाइलो, टोलै रमाइलो, सबै रमाइलो ।
+++++++++
ब्रत बस छोरीहरु भन्नु हुन्न बाले,
महीनाबारी कहिले भएउ सोध्नु हुन्न बाले ।
घुम्दै फिर्दै, बर्सै दिनको तीज आयो,
८० बर्से बाउलाई भेट्ने दिन आयो ।
Dedicated to my real men dad and real women late mom