Sunday, January 28, 2018

My Village

मेरो गाउ, 
शहर  भएछ, 
हेर्दा हेर्दै शहर भएछ ।  

चुलो चम्कोमा , 
धुलो, धुवा पुगेछ, 
खेत भरी घर फलेछ, 
घर भरी मान्छे फलेछन, 
मेरो गाउ, शहर भएछ
हेर्दा हेर्दै डहर भएछ ।  

मकै, पप कर्न भएछ, 
रोटी, पाउरोटी भएछ, 
दुध  डेरिले दिन्छ, 
घिउ शोपिङ मल्मा मिल्छ, 
मेरो गाउ, शहर  भएछ,
हेर्दा हेर्दै बिकासे ठहरियेछ ।  


छिमेकी बिरामी फेस्बुकमा भेट्छ, 
जन्म दिन, दसैं उतै मान्छ,
आफ्नो जति बिर्सिएछ, 
भ्यलेन्ताइन भित्राएछ, 
मेरो गाउ, शहर भएछ, 
हेर्दा हेर्दै बिदेशी भएछ ।  

दुई बर्षमा स्कुल जानै पर्छ, 
अाइस्यो, गैइस्यो भन्नै पर्छ, 
अङ्रेजी गीतमा घुम्नै पर्छ, 
मोबाइलमा लोरी गाउनै पर्छ, 
मेरो गाउ, शहर भएछ. 
हेर्दा हेर्दै उट भएछ ।  

मेरो गाउ सम्झिएर, 
आए म् फार्किएर,
पाखे भन्यो गाउले कन्नो फर्काएर 
आँखा बोले तर ओठ बोलेनन थर्थराएर ।
मेरो गाउ शहर भएछ, 
हेर्दा हेर्दै प्रदेश भएछ ।  

Journey of Menstrual Dignity, from Canada and Swizerland to Jumla

I went to Jumla after Long gap. I promised to visit Jumla at least once in a year. I visited in September 2022 so have to go in September 20...