Saturday, December 15, 2018

पाच तारे होटेलमा छाउपडी, छाउगोठ



डिसेम्बर ११ तारिख (२०१८) नेपाल सरकार, महिनाबारी स्वास्थ्य र सरसफाई ब्यबस्थापनका छेत्रमा काम गर्ने सस्थाहरुको संजाल (एमएचएम अलाइन्स) को आयोजनामा आयोजित महिनाबारी सम्मेलनमा काठमाडौँको पाचतारे होटेल याक यन्ड यतीको दोस्रो तलामा निर्माण गरिएको छाउपडी, छाउगोठको फोटो संचार माध्यममा 
(https://www.mahilakhabar.com/news/2018/12/11/47486.html?fbclid=IwAR1jvXDXLm-g-lEvsWaWXd2ycljIejcf52usFkqB7ha6rOPrHNrSGV8fwL0) आएपछि, यसले केहि प्रश्नहरु उब्जाएको छ जस्तो छाउपडी, छाउगोठको अन्तर्निहित कारण, यसको ब्यापकता, स्वरूप, बैज्ञानिकपछ, अभियानका आयाम आदि | सदियौंदेखि अभ्यासमा आएको छाउपडी, छाउगोठ राजनीतिक, आर्थिक, सस्किर्तिक, सामाजिक, प्राबिधिक, शान्ति, शशक्तिकरण, बिकाश आदि बहुआयामिक, जटिल बिषयलाई एकै लेखमा स्पष्ट पार्न आफैमा गारो काम हुदाहुदै पनि बच्चाकाल देखिकै रुचीको बिषय भएकोले यो लेख पस्कने कर्त्यब्य ठानेको छु |



छाउपडी, छाउगोठको अन्तर्निहित कारण र ब्यापकता
पश्चिम नेपाललाई इकित गरेर, शाब्दिक र स्थानीय अर्थ हुदाहुदै पनि छाउपडी, छाउगोठ र छाउपडी महिनाबारी भएका बेला बार्ने वा छुटै बस्ने चलनलाई बुझाउन प्रयोग गरिन्छ | स्नातक नर्सिंगको थेसिस गर्दैगर्दा अर्थात् सन् १९९८ मा  मैले छाउपडी, छाउपडी, छाउगोठ भन्ने शब्द मेरो जिबनमा नै पहिलो पटक युनिसेफको रिपोर्टहरु पढ्दै गर्दा थाहा पाएको हु | पश्चिम नेपालमा महिनावारी र सुत्केरी भएको बेला छुटै राखिने चलन रहेछ | बेजिंग सम्मेलनपछी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत सुरछित मातृत्व कार्यक्रमले स्थान पाउदै गर्दा छाउपडी, छाउपडी, छाउगोठलाइ सुत्केरी र नवजात शिशु स्वास्थ्यको महत्वसंग सम्बोधन गर्न कोशिस गरिएता पनि  महिनाबारीको पाटो भने छोरीहरु/ महिलाहरु मरिसकेपछि बिशेष त अन्तरास्ट्रिय संचार माध्यम मार्फत सहानुभूतिमुलक र बाध्यात्मक परिस्थितिमा मात्र बहसमा आएको जस्तो देखिन्छ | उसो त अन्तरास्ट्रिय मानब अधिकार र बिकासको इतिहासमा हेलचक्र्याइ गरिएको बिषय हो महिनाबारी |

महिनाबारिका बेला किशोरी वा महिलालाई छुट्टै राख्ने, र यसरी राखेका बेला उनीहरुलाइ खान, छुन र हिडडुल गर्न समुहभित्र (झन्डै ४० भन्दा बढी प्रकारका अभ्यासलाई बुझ्न र बुझाउन सजिलो होस् भनेर मैले नै तीन समुहमा बिभाजन गरेको हो ) थुप्रै गतिबिधि गर्न रोक रहेछ |छुटै गोठमा राखिने अभ्यास पहिलो पटक झट्ट सुन्दा म स्तब्ध भएको थिए तर एक्कै छिन | किनभने मैले मेरा तीन दिदीहरूलाई महिनाबारी भएका बेला छिमेकीको धन्सार वा गोठमा पहिलो पटक २१ दिन, दोस्रो पटक १४ दिन तेस्रो पटक ११ र ७ दिन राखेको कुरा भुसुक्कै बिर्सेछु र गोठ भन्ने शब्दले तर्सिएछु ? बिचरा भन्ने भाबको प्रभाब ममा हाबी भएछ |

मेरी आमा मैले चिन्दा कतिपटक महिनाबारी हुनु भएको थियो मलाई थाहा छैन, उहा र दिदीहरुले नियमित महिनाबारीमा सधै सुत्ने ठाउमा सुत्नु हुन्थेन अर्थात् छुटिएर सुत्नुहुन्थ्यो र खान, छुन र हिडडुल गर्न समुहभित्र बार्ने कुराहरु कम थिएनन् | मैले निर्क्योल गरे छाउपडी, छाउपडी, छाउगोठ त मेरा घर अर्थात् चितवनमा रहेछ | लमजुंगबाट बसाई सरेको मेरो परिबार पर्बत र कास्कीबाट बसाई सरेर आएको छिमेकमा बस्थ्यो तर सबैको झन्डै उस्तै प्रकारको अभ्यास थियो | थेसिस कै क्रममा तत्कालिन गोकर्नेस्वर गाउ बिकास समिति, काठमाडौँमा  मैले भेटेका नेवारी महिलाहरुको छुटाएर राख्ने र खान, छुन र हिडडुल गर्न समुहभित्र गर्ने अभ्यास पनि उस्तै थियो |कुनै घर बिशेष वा गुफा राखेकोमा केहि अभ्यास तल माथि भए पनि मोटामोटी उस्तै अभ्यास थियो तर उनीहरु पश्चिम नेपालको जस्तो झट्ट जो कोहिले देखिने खालका थिएनन् अर्थात् मेरै घरका जस्ता थिए  |केहि घण्टा वा दिन लगाएर मात्र थाहा पाउन सकिने | सन् २००१ बाट जुम्ला हुदै पश्चिम नेपालको अनुभब, सन् २००५ मा उदयपुर, महोत्तरी र बाग्लुंगमा काम गर्दा पनि प्रमाणित भयो कि महिनाबारी हुदा छुटै राख्ने, खान, छुन र हिडडुल गर्न समुहभित्र बार्ने कुराहरु नेपालभरि नै छ | समयक्रममा मैले युरोप, अमेरिका एसियामा बसोबास गर्ने नेपालीहरु माझ पनि यो अभ्यास निरन्तर भएको पाए र अरु अनुसन्धान (निकी शर्मा, २०१४) ले प्रमाणित गरेका छन् | यसरी जुनसुकै जात, धर्म, छेत्रका समुदायले बारेको र सबैको कारण प्रत्यछ वा अप्रत्यक्ष रुपमा महिनाबारीको रगतलाई अशुद, फोहोरी मानिएको छ र अशुद र फोहोरी विचारबाट डर, त्राश सिर्जना गरिएको छ |

छाउपडी, छाउगोठको स्वरूप

छाउपडी/छाउपडी, छाउगोठको निर्माण वा अभ्यासलाई अधिकाम्स किशोरी वा महिलाको परिबारको भौगोलिक, आर्थिक, सामाजिक, सास्किर्तिक, राजनीतिक, शैछिक परिबेशले निर्धारण गरेको हुन्छ | बास्तबमा यसरी छुटिएर बस्ने चलन कहिलेबाट चल्यो भनेर किटान नभएपनि सरसफाईलाइ ध्यान दिएर छुट्टै राखेको हुन् सक्ने र पछी त्यही नै परम्पराको रुपमा निरन्तर पाएको अनुमान गर्न सकिन्छ |

पश्चिम नेपालको हिउपर्ने ठाउहरुमा घर बनाउदा भुइँतला गाईबस्तुको लागि बनाइएको हुन्छ, त्यही तलामा कसैको छुटै सानो कोठा हुन्छ, कोहि गाईबस्तुसंगै एक कुनामा बस्छन | हिमाल भन्दा अलिक तातो छ भने घरको आर्थिक अबस्था राम्रो छ भने अर्थात् जग्गा जमिन छ भने छुटै घर (धन्सार) वा गोठ बनाउछन् | जग्गा नहुनेहरु वा काम हुनेहरुले सामुहिक गोठ पनि बनाएका हुन्छन | मन मिल्ने छन्, जात पनि मिल्छ भने मिलेर पनि बस्छन तर अधिकाम्स अबस्थमा दलित महिला छन्, झगडा परेको छ भने छुटै बस्छन | बरु रातभर दाउराको हारमा, कान्लामा हिउ, पानी छेकिएर होस् छुट्टै बस्छन तर घर बस्दैनन् |कोहि समाजलाई देखाउन बस्छन, कोहि आफै डराएर बस्छन, कोहि रहरले, (पहिले पहिले महिनाबारी भएका, घरको किचकिचबाट वाक्क परेका) कोहि अज्ञानले कोहि ढोगी भएर बस्छन | कोहि एक कोठा मात्र भाडामा लिएर बसेका छन् भने त्यही कोठाको कुनोमा छुटिएर बस्छन |कोहि सधै सुत्ने कोठामा सानो ओछान बनाएर सुत्छ्न भने कोहि पुजाको सामग्री मात्र छुटाएर बस्छन फेरी पनि कुनै छुटिएको संरचना देखिन्छ कुनै देखिदैन | बिशेष त पश्चिम नेपालमा देखिन्छ बाकी नेपालीहरुमा देखिदैन | अन्तरास्ट्रिय संचार र सस्थाहरुले गर्दा विकिपीडियामा पनि पश्चिम नेपालको मात्र समस्या भनेर भएको छ जुन आफैमा सतही विचार मात्र नभई गलत नै हो |

छाउपडी, छाउगोठ अन्त्य भएको अबस्थाको परिकल्पना
छाउगोठ्मा एक्लै बस्छे भन्ने थाहा पाए नियत नराम्रो भएका पुरुष आउछन | बलात्कार हुन्छ | कहिले निसास्सिएर मर्छन, कहिले सक्रमण भएर प्रजनन र मुत्र प्रणाली सम्बन्धि रोग लाग्छ |कहिले सर्प र अन्य जंगली जनावरको मुखमा पर्छन |यी यहाँ उल्लेखित अवस्थाहरु वा छाउगोठ्मा नै बसेको कारणले मृत्यु भएको वा बलात्कार भएको कुरा आशिक सत्य हो वा त्यस्ता अवस्था सिर्जना हुनसक्ने खतरा पक्कै पनि बढ्छ तर छाउपडी, छाउगोठ भत्काउने कुरा समधानको उपाय भने पक्कै हैन |राम्रो घरको, एउटा कोठामा संसारमा नै पाइने गुणस्तरीय सरसफाई सामग्री प्रयोग गरेर बसेकी किर्शोरी वा महिलाले भोक लागेका बेला भान्सामा गएर खान, तिर्खा लागेका बेला पानी झिकेर खान सक्दिन भने त्यो सफा घर वा छाउपडी, छाउगोठ को के अर्थ रह्यो र ?

चाहे कोठाको एक कुनो होस् वा बारीको पाटोको गोठ ठाउँ, साघुरो हुन्छ, मौसम अनुसारका लुगा नभएर वा भए पनि छुइंछ भनेर प्रशस्त हुदैन | खेत, जंगल वा कार्यालयको काम भए काम गर्यो नत्र त्यही साघुरो ठाउमा पुराना, मैला, रगत लतपतिएका लुगा लगाएर ३-४ दिनसम्म बसिरह्यो | भोक र तिर्खा लागेको बेला झिकेर खान, पाउदैन |नुहाउन पाउदैनन | कतै साथीसंगीको जान, जात्रा, मेला वा बैठकमा जान पनि पाउदैनन |कोहि हिड्न लागेका बेला हेर्न र पढ्न पनि पाउदैनन |

यसरी छुटिएर वा छाउगोठ्मा बस्दै गर्दा संगसंगै बार्नुपर्ने कुराहरु पनि अभ्यास गर्नुपर्दछ | यी बार्नुपर्ने कुराहरुले अझै थप शारिरिक, मनोबैज्ञानिक, राजनैतिक असर पार्छ | म पुरुष जतिक्कै मानब हो, म गर्न सक्छु, भन्ने खालको आत्म सम्मानमा ह्रास आउछ र आफूले आफ्नो बारेमा निर्णय गर्न पनि सक्दैनन् | यस्ता मानसिक, शारिरिक, सामाजिक, राजनीतिक, प्राबिधिक सबै हिसाबले महिलाको जिबनको सबै छेत्रमा असर पार्दछ | महिनाबारी भएका बेला मर्यादपुर्बक जिउन पाउने अधिकारको हनन हुन्छ | जुन सबिधान र मानब अधिकारको बिपरित छ |

छाउपडी, छाउगोठ अबैज्ञानिक र फोहोर  
धेरै मानिसहरु भन्छन  छाउपडी, छाउगोठहरु अबैज्ञानिक र फोहोर छन् | यहि तर्कका आधारमा सामुहिक छाउपडी, छाउगोठ बन्छन, छाउपडी, छाउगोठहरु भत्काईन्छन अनि तारे होटेलमा बनाइन्छन छाउपडी, छाउगोठहरु | माथि उल्लेखित दृस्टन्तमा कुन छाउपडी, छाउगोठ हो फोहोर र अबैज्ञानिक ?

अधिकाम्स काम गरी खाने समुदायले जे काम गरिरहेको हुन्छ, त्यही काम गरिरहेको हात, दुइ हत्केला मडारेर फोहोर झार्छन, त्यही वा  छेउछाउ लाएर, केहि जस्तो घास, पराल, दाउरा, वा जे छ, जे मेसो पर्छ त्यही ओछाएर खान्छन र फेरी काम गर्न थाल्छन | कतिपय बेला पानी हुन्न, कतिपय बेला ज्ञान हुन्न, कतिपय बेला हतार हुन्छ यस्तै यस्तै कारण हुन्छन | नै नभएको समयमा पनि खाने तरिका त्यही हो |रोटी पकाउदा पकाउदै अगेनाको छेउमा राख्छन, कतिदिन देखि काम गर्दा लगाएको लुगा माथि राख्छन अनि पकापक खान्छन |उनीहरुको हेराइमा त उनीहरुले लगाउने लुगा, बस्ने ठाउँ भन्दा पनि फोहोर, अबैज्ञानिक त रगत हो त्यसैले उनीहरु भएको घर, जग्गा, लुगा, खानेकुरा केहि पनि छुन चाहदैनन् | महिनाबारी प्रकिर्या र महिनाबारी रगतसित लतपतिएर, डराएर छुटिएर बसेको कुराको अन्तर्निहित कारणलाई सम्बोधन नगरी गोठहरु अबैज्ञानिक र फोहोर भन्नु, उनीहरुको परिवेशलाइ उपेछा गर्नु, अपमान गर्नु अझै भनु भने पश्चिम नेपाललाई थप विभेदको ट्याग लगाउनु हुन्छ जस्तो लाग्छ |अर्थात् उनीहरुको बृहत परिवेश, आत्म सम्मानको पाटो रुपान्तरण नगरी छाउपडी, छाउगोठ भत्काउने, सामुहिक गोठ बनाउने, सफा गोठ बनाउने सबै गलत अभ्यास हुन् भने तारे होटेलमा छाउपडी, छाउगोठ बनाएर पश्चिम नेपालका महिलाहरुले महिनाबारी भएका बेला खेप्ने सास्ती अनुभुत गर्न सक्छन भन्ने तर्क त झनै बालुवाको जगमा दरबार बनाउछु भन्ने तर्क जस्तो हो |अझै किटेर भन्ने हो भने हाम्रो जस्तो समाजमा छाउपडी, छाउगोठ सकारात्मक भएको वा छाउपडी, छाउगोठ सस्थागत भएको संदेश जान्छ |

छाउपडी, छाउगोठको गर्नु पर्ने कुरा  
हरेक छोरीहरु, महिलाहरुले महिनाबारी भएका बेला मर्यादित जिबन जिउन पाउनका लागि छाउपडी, छाउगोठ वा छुटाउने कुराको परिकल्पना पनि गर्न हुदैन भन्ने लाग्छ | समुदायलाई यो या त्यो तबरले हेप्न भन्दा महिनाबारीको बिषयमा बैज्ञानिक परिभाषा सिकाउने र कुनैपनि महिला वा पुरुषको मानब अधिकारको बारेमा बुझाउन मात्र सक्यो भने समुदायसंग मात्र दुइ बिकल्प हुनेछन मानब भएर बाच्ने कि जनाबार भएर बाच्ने | जुनपल मानब भएर बाच्ने निर्णय गर्न पुग्छ त्योदिन हामीले छाउपडी, छाउगोठ भत्काउन पर्नेछैन किनभने उसको मनको छाउपडी, छाउगोठ त आफैले भत्काइसकेको हुन्छ |झन्डै २०-४० हजार खर्चेर बनाएको छाउपडी, छाउगोठ त दाउरा, घास भण्डारण गर्न अर्थात् अन्य प्रयोग गर्न सकिनेछ | हामीले हाम्रा छोरी चेलीहरुको सकस कि रमिते बनेर हेर्यौ कि देखेको नदेखेकै गर्यौ, बोल्ने साहस नै गरेनौ | बोल्ने साहस गर्नेहरुलाई खुट्टा तानिरह्यौ, भनिरहेयौ समाज भडुवा |जब बिदेशीहरु बोल्न थाले, डलर आउन थाल्यो अनि फेरी हामीले अपब्याख्या गर्न थाल्यौ | मेरो देश बुझ्न मन छ भने, महिनाबारीको सकस बुझ्न मन छ भने, समाज रुपान्तरण गर्न छ भने जाउ, गाउ जाउ, त्यही गएर तिनै गोठहरुमा सुत, तिनै गोठहरुबाट मर्यादाको बिगुल फुक भन्न सकेनौ किनभने हामी बेफुर्सती छौ, हामीलाई पश्चिम नेपाल जान समय लाग्छ, डर जाग्छ अनि तारे होटेलमा छाउपडी, छाउगोठ बनाएर जग हसायौ |

नेपालमा झन्डै छ दशकको विकासे इतिहासमा नेपालको खासै बिकास नहुनुको पछाडी घाम जस्तै छर्लंग कुरो नै यहि हो |पद र पैसा हुनेहरुले दाताहरुले जे भन्यो त्यही मान्ने वा दाताहरुलाई आफ्नो अनुकुल काम गराउने | जसको कारण मेवा मिलेको हो उनीहरुलाई गुलियो मिश्री वा चकलेट दिएर आफुलाई नै लम्पसार परेर नमस्ते गर्न लगाउने प्रबिर्ती हो | पार्टी र नेतालाई गाली गर्दैगर्दा यस्ता बिकासेहरु सेता हातिका दात बाएर समाज आफु अनुकुल, अझै आधुनिक र परम्पराबादी दास संयन्त्रको जालो बुनिरहेका छन् यिनीहरु प्रति सबै बिशेष स्थानीय तह सजग हुन् जरुरी छ |   

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,