Friday, March 27, 2020

If I were Prime Minister during the era of COVID-19


यदि म प्रधानमन्त्री भएको भए ?
मोबाइलको सानो झ्यालबाट विश्व हेरी/सुनिसकेपछि सानो काठको झ्यालबाट काठमाडौँ हेर्न मन लाग्छ | केहि महिना अघिमात्र अस्ट्रेलियामा लागेको आगोको मुश्ला जस्तो पेटबाट हुड्ल्दै घाटितिर उकुसमुकुस गर्दै आउछ | आखा धमिलो हुन्छ, एकसरो हातले पुछ्न खोज्छु फेरी झसंग हुन्छु- कोरोना | झिमिक झिमिक गरेर आखाको पर्दा सफा बनाउछु, काठमाडौँ हेर्न खोज्छु, कस्तो धमिलो देख्छु | पहिले घुइघूइ घुईकिने गाडीको आबाज आउदैन, घुक्क घुक्क रोएको आवाज सुन्छु | बच्चाहरु रोएको सुन्छु |ओह नो | केहि पनि गर्न सक्दिन | आफैलाई उल्टोबाट सम्झदै सम्झदै गएर झन्डै तीस वर्ष पहिले यदि तिमी प्रधानमन्त्री भएमा के गर्छौ भनेर सोधिएको प्रश्नमा अड्किन्छु | साच्चै म प्रधानमन्त्री भएको भए बिश्व महामारी आफ्नै आगाडी आएर छमछम नाच्दा के गर्थेहोला |



हुनत म आफै अप्रेशनपछी आराम गर्नुपर्ने अबस्थामा छु | बेला बेला मास्क लगाएर गरिने बैठकमा पनि म नगए हुन्थो भन्ने अनुरोध छ | तर पनि मन कहाँ मान्छ र | मन्त्रीहरुलाई काम जिम्मा लगाएको छु, अनुगमन गरेको छु, जनताको गुनासो जान्ने, सुन्ने, समाधान गर्न तल्लिन छु | बालुवाटारमा जनतालाई यस्तो विपद परेको बेला बिर्सिएर बस्न म कल्पना पनि गर्न सक्दिन | अहिलेसम्म सन्तोषजनक नै छ, अबस्था नियन्त्रण भित्रै छ |

जनता जिम्मेबार छन्, लक्डाउन अनुशासनपुर्बक अनुसरण गरेका छन् | लक्डाउनको सूचना, जनताले गर्नुपर्ने दायित्व सरकारी, सामुदायिक र निजी संचार तथा अन्य माध्यमले स्थानीय भाषा, सांकेतिक भाषामा प्रचारप्रसार गर्न थालेको चीनको युहान शहरबाट बिद्यार्थी ल्यायेदेखी नै हो | कोरोना कस्तो भाइरस, कसरी सर्छ, के के गर्नुपर्छ, किन सबै व्यक्तिमाथि शंका गर्नुपर्छ भन्ने के बच्चा के वृद्द, के गाउ के शहर, के पढेको के नपढेको सबैले जानेका र गरेका छन् | क्या बात जनता, धन्यबाद छ | नियुजील्याण्डका भन्दा पनि अशल | हुनत मलाई पनि कि उनीजस्तै कि क्यानाडाको जस्तै प्रधानमन्त्री बन्न मन छ | जनताको प्रधानमन्त्री |  मात्रै जनताको |

यो अबस्था लम्बियो भने पटक्कै पीर नगर्नु | सरकारले दैनिक ज्यालादारी गरेर बाच्ने समुहलाई आधारभूत खाना, बासको लागि बिशेष ब्यबस्था भोलिसाँझ सम्ममा घोषणा गर्दैछ | भोलि अन्य समूह, उधोग धन्दा, कर, ब्याज आदि वितिय कुरा सम्बोधन गरिनेछ |     

तपाइलाई ज्वरो आयो, सुख्खा खोकी लाग्यो भने सरकारलाई पैसा नलाग्ने फोनबाट तपाई वा कसैले सूचनामात्र दिए मात्र हुन्छ | झन्डै दुइ महिना भन्दा बढी समय हामीले पाएका थियौ, तसर्थ हामी भाग्यमानी पनि छौ, चीनको सट्टा नेपाल भएको भए हामी के हुन्थ्यौ | आभुही, कल्पना पनि गर्न मन छैन | सुचनाको त्र्यास गर्दै दक्षिण कोरियाको स्क्यानिंग क्यामेरा जस्तो क्या, पिपीई लगाएको एम्बुलेन्स ड्राइभर, स्वास्थ्यकर्मी, किटाणुमुक्त पारिएको एम्बुलेन्स तपाइलाई खोज्दै खोज्दै आउछ | तपाइले केहि चिन्ता गर्नु पर्दैन, बिरामी संगै कोहि जानुपर्दैन | मेरो लागि सबै बिरामी हुन् | सबैलाई एकै खालको प्रोटोकल प्रयोग हुन्छ | अस्पतालको आकस्मिक वा कोरोना स्किनिंग कक्षबाट तिन किसिमको बर्गिकरण गरेर वार्ड पनि ब्यबस्था गरिएको छ |

अस्पतालमा नाक, घाटीको स्वाब, रगत, एक्सरे आदि जाचेर तालिमप्राप्त स्वास्थ्यकर्मीको निगरानीमा राखिन्छ | रिपोर्ट पोजेटिभ भए नभएको पुस्टि भएपछी बिरामीको अबस्था अनुसार उपचार गर्ने वा घर पठाउने काम हुन्छ | बिरामीलाई के के हुदैछ भनेर याप्स्बाट हेर्न सकिन्छ | केहिगरी इन्टुवेट वा भेन्टिलेटरमा राख्न पर्ने भए पनि त्यसको राम्रो ब्यबस्था छ | संघियता लाएको यसै हैनन् नि | प्रदेश प्रदेशमा कम्तिमा पनि २००० पोजेटिभ भएपनि धान्न सक्ने ब्यबस्था  गरिएको छ | हामीले न कोलम्बस बन्नु पर्छ न लुइस पास्चर | अरु देशले मरिहत्ते गरेर पत्ता लगाउछन हामीले राम्रो ब्यबस्थापन वा प्रयोग मात्रै गर्ने हो | त्यसैले केहि पीर छैन | गरिब देश पैसो के गर्छ होला सरकारले सोच्नु भएको छ भने त्यो पनि बिर्सिनुस अबबाट | हामीकहा अघोषित ज्याकमाहरु छन्, आर्थिक सहयोग बढाबढमा गरिरहेका छन् | हामी अझै दश महिना आफ्नै खुट्टामा उभिनसक्ने अबस्थामा छौ त्यसैले छिमेकीहरुले अनुरोध गर्दा पनि हामी हस भनिरहेका छैनौ | आत्मबिस्वाशका भनिरहेका छौ   -पखन |    
स्वास्थ्यकर्मीलाई काम गर्दा चाहिने सामाग्रीहरु करीब एक महिना अघि नै कम्तिमा एक प्रदेशमा २०००, काठमाडौँमा ५००० हजार पोजेटिभ बिरामीलाई उपचार गर्न विदेशबाट किन्ने, बिशेष कपडाबाट सिलाएर तयारीमा छौ | यसको लागि पनि बिश्व स्वास्थ्य संगठनले भनेको मापदण्ड पुरा गरिएको छ | केहि गरि थप आबस्यक भएमा सिलाउने कम्पनी स्ट्यान्डबाई छन् | अरु देशमा जस्तो रेन कोट वा बिस्कुटको पलास्टिक लगाउन पर्ने दिन गए | छिमेकी देशमा बिरामी बढ्नु र बिस्व स्वास्थ्य संगठनले महामारी हो भनेर घोषणा गर्नु अघि हामी, हाम्रो संयन्त्रले  तयारी शुरु गरिसकेको थियो | हाम्रो उच्च स्तरीय समिति लिंग, बिग्यता, अनुभब सबै किसिमले समाबेशी भएको फाइदा हो नि नि |  म भिरोलोजी पढेको प्रधानमन्त्री त हैन तर पढेका विज्ञहरुको सहयोग, स्व अनुसन्धानले कोरोनाको प्रकिर्ती हामीले अनुमान गरेररै तयारी थालेका थियौ |  हामी इटाली जस्तो हुदैनौ | न अमेरिका जस्तो | हामी अर्थात् सरकार मुलुक र जनता प्रति गम्भीर छ | यसकै लागि त मैले आजिबन खेर फालेको | अझ भन्नुस जेल, नेल, भोक आदि सबै | तर म तपाईहरु र म आफूप्रति बिलकुल खुशी र सन्तोष छु |     
स्वास्थ्यकर्मीका परिबार कोहि नअतिनुस | केहिगरि घरमा छुटै बस्ने ब्यबस्था छैन भने सरकारले होटलहरु लिएको उहाहरुलाई आराम पनि होस् संक्रमण पनि नफैलियोस भनेर हो | उहाहरुलाई बिशेष ब्यबस्था जस्तो खाना, भत्ता, बिमा, पुरस्कारको ब्यबस्था गरिएको छ | सरकार बिस्वाश गर्दछ कि हरेक स्वास्थ्यकर्मी लडाइमा गएको सिपाही हो, उ रहे मात्र जनता स्वास्थ्य रहन्छन | सर्टिफिकेट वा लाइसेन्स भएका डाक्टर, नर्स अन्य स्वाथ्यकर्मी हामीकहा जतिपनि हुनुहुन्छ | उहाहरुलाई अभिमुखीकरण गरेर स्ट्यान्डबाइ राखिएको छ | भेन्टिलेटर पनि हामीले अनुमानित गरेको संख्यमा छन् | केहि गरि हाम्रो अनुमानले पल्तांग खायो भने पायक पर्ने होटेल, कलेजलाई  अर्ध तयारी अबस्थमा राखेका छौ |  

विदेशबाट आउनेहरुलाई जाच भएन भनेर अतालिएको पनि जानकारी पाए | कसरी सूचना गलत हुन् पुगेछ कुन्नि ? इटाली, स्पेन, फ्रान्स, सिंगापुर, जापान, दक्षिण कोरियामा सक्रमण फैलिएपछि नै हामी सचेत थियौ | हामीले एस ओ पी अर्थात् निर्देशिका बनायौ | उडेर र गुडेर आउने देशी विदेशीलाई त्रेसिंग,  अनुसन्धान वा जाच, क्वारेन्टाइन, आइसोलेशन,आदि सबैको ब्यबस्था गरिएको छ | तपाईहरु कसैले हेलचक्र्याइ गर्ने व्यक्ति आफ्नो छरछिमेकीमा भए सरकारलाई सूचना दिनुहुन म अनुरोध गर्दछु |

कोरोना पोजेटिभ देखिएको बिरामीलाई गालीगलौज गरेको पनि हामीले थाहा पायौ | कोरोनको बारेमा भ्रम सिर्जना गर्ने, बेतुकका भिडियो बनाउने, सामाजिक संजाल तरंगित बनाउने, बिरामीको आत्मसम्मानमा चोट पुराउने जो कोहि पनि कानुनी दाहेरामा नाइकनै सुखै छैन | जो कसैलाई कोरोना पोजेटिभ भएका शंका छ भने ढुक्कका साथ दिइएको पैसा नलाग्ने फोन वा सोझै अस्पताल जानुहोला | कोरोना पोजेटिभ हुनु कुनै दोष वा अपराध हैन, तपाइको सहयोगले तपाई, तपाइको परिवार र सिंगो देशलाई नै गुण हुनेछ | सरकारले हिजोबाट मात्र त्यसरी आउने वा खबर गर्नेलाई पुरस्कारको ब्यबस्था गरेको छ | त्यतिमात्रै हैन बिपताका बेला कालाबजारी, भ्रस्टाचार गर्न खोज्ने जो कसैलाई पनि सरकारले छोड्दैन | भूकम्पमा जस्तो पाल तानातान हुन्छ कि भनेर डराउन स्वाभाविक हो त मेरो त्यसमा शुन्य सहनशीलता थियो र रहनेछ | एसियामा कोरोनाको महामारी फैलदैन, यो भय मेटाई दिनु पर्यो बिज्ञ ज्यु जस्ता कुरा सामाजिक संजालमा लेखेर बस्ने मेरा कार्यकर्तालाई पार्टीले कारबाही गर्दैछ |
गुडेर बिशेषगरी भारतको सिमानाबाट आउनेहरुलाई सिमानामा आइपुग्नु अघि नै के के गर्नुपर्छ सूचना नेपालमा भएका आफन्त मार्फत सूचना पुराउने कोशिश भएको छ | नाका नाकामा हेल्थ डेस्क छ, १ -१ मिटरको दुरीमा आएर जाच गरिसकेपछि उनीहरुलाई फेरी परामर्श गरि मर्यादित रुपमा खाना, चर्पी, बास, सुरक्षा, परिवारसंग सम्पर्क गरेर झन्डै खरिपाटीमा गरिएको ब्यबस्था गरिएको छ | सरकारको लागि बैज्ञानिक होस् वा भरिया जनता जनता नै हो | संबिधानमा दुबैको अधिकार बराबरी छ |     

बसपार्कमा पनि त्यस्तै ब्यबस्था गरिएको थियो तपाईहरुलाई जानकारी नै छ | हरेक गाडी किटाणुमुक्त बनाए पछी, धनगडी जाने बस ६० जना परिबार वा छिमेकि मिलेर किटाणु मुक्त बनाउंदै, मास्क र स्यनितैजर दिदै बोलायौ | हामीले भन्यौ, आतिन वा हतार गर्न पर्दैन कुनै पनि अबस्थामा तपाइको गाउसम्म सुरक्षित रुपमा लग्छौ | गाउको घर जान चाहनेहरुले फोन र अनलाइनमा नाम लेखाउनु भयो, आनन्दले हामीले त्यो काम फच्चे गर्यौ |
सरकार चाहिने भनेकै यस्तै दुखका घडीमा त हो | त्यसैले हामी आतिएका छैनौ बरु होशियार पुर्बक काम गर्न कोशिस गरिरहेका छौ |  

सरकारले ढिलो गर्यो, यो गरेन, त्यो गरेन भन्ने गुनासो पत्रपत्रिकामा र सामाजिक संजालमा देखेको हुन्छु | कुनै कुनै बेला हामी ढिलो भएकै हो, जस्तो लक्डाउन गर्न |  तपाईहरुलाई सरकार धन्यवाद दिन चाहन्छ | प्रतिपक्ष, अन्य दल, जनता हामी एकजुट भएर जाग्ने बेला हो | सचेत गराउने बेला हो, खुचिंग गर्ने, हेरेर बस्ने, कहाँ दोष लगाउने भनेर रमिता हेर्ने बेला होईन हरेक पलको जुटेर र डटेर सामान गर्नुपर्नेछ | हामी इटाली हुने हैन, त्यहाबाट सिक्ने हो | सरकारमा रहनु भएका मन्त्रीज्युहरुले विशेषगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी  कसैलाई गाली वा दोष लगाएको भए सरकारको नेतृत्व गरेको हैसियतले म माफ माग्दै रतिपनी आत्मबल नगुमैकन यो जीवाणु युदमा लागिपर्न म पुन सबैलाई अपिल गर्न चाहन्छु | मैले मात्र चाहेर पनि केहि गर्न सक्दिन | 
      
घर, अस्पताल सबै ठाउमा बिशेषगरि बच्चाबच्ची, किशोरी, गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्ग, आदि जस्ता जोखिममा रहेका व्यक्ति र समुहलाई बिशेष प्राथमिकता दिएर भूकम्पका बेला झैँ थप खाना, स्याहार, महिनाबारी सामग्री, नियमित खाने औषधि आदिमा ध्यान पुराउन पुन स्मरण गराउन चाहन्छु | एउतै घर वा कोठामा ३-५ जनाको परिबार २४ सै घण्टा नियममा बस्नु सजिलो छैन | कसैले कसैको चित्त दुखाउने वा हिंसा गर्ने नगर्नुहुन र कसैले गरेको देखेमा प्रहरीमा उजुरी गर्नुहुन पनि अनुरोध गर्दछु | हामी कति समयमा लक्डाउनमा जानुपर्छ अहिल्यै किटान गर्न सकिने अवस्था छैन त्यसैले मितव्ययी रहन पनि मेरो अनुरोध छ |  हरेक सरकारले बजार, मल आदि सार्बजनिक स्थानहरु पनि किटाणु मुक्त गराउन काम गरिरहेको वा औषधि छरिरहेको छ | मजदुरी गरेर खानुपर्ने समुदायको लागि स्थानीय सरकार मार्फत दुइ महिनाको लागि खाना, बास र भत्ताको ब्यबस्था गरेका छौ |

सरकार इमान्दरिपुर्बक आफ्नो जिम्मेबारी पुरागर्न प्रतिबद्द छ र हरेक जनताबाट यस्तै इमान्दारिताको पनि अपेक्षा गर्दछ | सरकारले कुनै पनि सूचना नलुकैकन हरेक दिन दिउसो ४ बजे विधुतीय प्रणालीबाट प्रधानमंत्री कार्यालयको आधिकारिक पेजबाट २४ घन्टाको अपडेट गराउने छ | यदि केहि गर्नुपरेमा पनि यहि पोर्टलबाट गरिनेछ |

हाम्रो बिसेशगरी  स्वास्थ्य, अर्थतन्त्रका लागि अल्पकालिन र दिर्घकालिन रुपमा गर्नुपर्ने कुराहरु धेरै छन् तर अहिले हैन | अहिले अझै पनि केहि गर्न पाए हुन्थ्यो भन्ने लागेमा मेरो सामाजिक संजालको पेजमार्फत वा फोनबाट टिपाउन हिचकिचाउन पर्दैन |  

यती ब्यबस्थापन गर्न साच्चै के गार्ह्रो छ र | सरकार र संयन्त्र भईसकेपछि त त्यसलाई चलायमान मात्र बनाउन, मर्मत गर्न किन गाह्रो हुन्छ होला | नानीहरु खुशी खुशी स्कुल गएको देख्न, नेपाल यातायातमा खचाखच भएर ढोकामा खुट्टो टेकाउदै, खलासीको ढाप खादै, न छत न झ्याल न स्ट्याण्ड कतै पनि नसमैकन अटेसमटेस पनि स्वीकार्दै, मुस्कुराउदै हिड्ने दिन कहिले आउछ होला | संसारको  उत्तर दिने यी दुवै झ्यालहरु मेरो प्रश्नमाथि किन मौन ? 


FYI-I sent this story to newspaper but not published so I decided to share here. 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,