Tuesday, April 21, 2020

Good Men or Real Men

This piece challenge the men's thoughts, behaviours and suggested few points for way forward for transformed as Real Boy or Real Men. In Nepali, there is no exact word for Real thus use good but its more than good in descriptions. Enjoy the reading.
असल पुरुष अर्थात् रियल म्यान
सामान्य भाषामा असल पुरुष अर्थात् रियल म्यान त्यस्तो पुरुष हो जसले महिला, पुरुष, वा कुनै पनि व्यक्ति, समुदायको बिरुदमा कुनै पनि किसिमको विभेद, हिंसा गर्दैन र यदि कसैले गरेको देख्यो, सुन्यो भने त्यसका बिरुद्दमा बोल्छ, पिडितलाई सम्मान गर्छ, सहयोग गर्छ | अर्थात् व्यक्तिगत रुपमा जिम्मेबार हुन्छ र आफु वरपर भएका वा अरुहरुलाई पनि जिम्मेबार हुन् र  लिन पहल गरिरहन्छ | यो नियमित प्रक्रिया हो अर्थात् कुनै पाहुनालाई देखाउन,प्रोजेक्टमा जागिर खान, ताली र तारिफ पाउन वा कुनै देखावटी प्रयोजनलागि गरिने कार्य हैन |   


यो माथिको भनाइ पढ्दा सबैलाई म अशल पुरुष त रहेछु नि भन्ने लाग्न सक्छ किन भने मैले महिला वा कसैलाई पिटेको,  बलात्कार गरेको छैन, फुर्सताका बेला घरको काममा, पाहुनाको सम्मानमा खटेको छु, दुख गरेको छु, कमाएको छु, उनीहरुको खुशीको लागि सकाएको छु आदि आदि |

तर बास्तबमा यो माथिको अवस्था असल पुरुष भएको अवस्था मान्न सधै गार्हो हुन्छ | महिला र पुरुष बिच व्यक्तिगत र पेशागत सम्बन्ध कस्तो छ, लिने र दिने प्रवृतिको छ कि, सहानुभुति वा दया हो कि मानब भएको हैसियतले गरिएको मर्यादित ब्यबहार हो | संसारैभर जति महिलाहरुलाई मर्यादापुर्बक जिउन गाह्रो छ त्यतिनै पुरुषहरुलाई पनि छ | पुरुषहरुलाई महिलाहरुलाई महिनाबारी हुन् जान्न पर्छ भने झैँ जानिफकारको पगरी गुथाईन्छ | महिला र पुरुष बाहेकका अवस्था भएका व्यक्ति समुदायका लागि झन् गार्हो हुने नै भयो | तर के सत्य हो भने सामाजिक, राजनीतिक, आर्थिक, आदि सबै क्षेत्रमा रहेको संरचना र नितीका लागि कारण पुरुषहरु शक्तिमा छन्, जहाको, जो भए पनि परिस्थिती अनुरुप अवसर पनि धेरै पाउछन | त्यसैले पुरुषले असल पुरुषको भूमिका खेलेर जो कोहीमाथि विभेद, हिंसा नगर्ने र गर्न नदिने मूल आशय हो | अर्थात् पुरुष जन्मदै हिम्स्र्क हुदैनन, सबै पुरुषले हिंसा गर्दैनन र सबै पुरुष विभेद, हिंसा भएको हेरेर बस्दैनन्/ सक्दैनन् | तर दुर्भाग्य संसारभर नै हिंसा गर्ने दर पुरुषहरुको धेरै छ महिलाहरु पिडित छन् | यो अबस्था हिजो मानब अधिकारको बहस हुनुपुर्ब देखिकै अभ्यास हो | आज शिक्षा, प्रविधिले सजिसजाउ भएको परिबेशमा जन्मदै हिम्स्र्क नहुने, सबै पुरुषले हिंसा नगर्ने र हेरेर नबस्ने तथ्यलाइ बृहत र बैज्ञानिक बनाउनका लागि पुरुषको सहभागिता वा रियल म्यानको अबधारणा अस्तित्वमा आएको हो | अझै गहिरिएर हेर्ने हो भने यो ब्रमाण्डको स्थायित्व दुबैको साझेदारी बिना सम्बभ नै छैन | मर्यादित वा न्योचित साझेदारीका लागि पुरुषको सहभागिता आबश्यक भएको हो | यसको मतलब पुरुषको अग्रगामी, प्रोयेक्तिभ भूमिका खोजेको हो | आफूले अलिकति पछाडी वा दाया बाया सरेर, उनको आत्मसम्मानमा ठेस नपुराइ  अवसर नपाएकी, पिडित, हेपिएकी  महिलालाई आत्मबल बढाएर, क्षमता बृदी गरेर, पद, अवसर दिएर महिलाको अस्तित्व, नेतृत्व सम्मानपुर्बक स्वीकार्नु हो | हाम्रो घर, स्कुल,कार्यक्षेत्र, सबैतिर खोजेको असल पुरुषको मानक हो | क्याबिनेटको बैठक होस् वा बाराको एक गरिब, दलितको घरको भान्सा (पहिलो संसद) यसका लागि  धन, पद, पढाई कुनै पनि मानक होइनन | यो सस्कार हो, सम्पदा हो | आम पुरुषको लागि परिक्षा र चुनौती पनि हो | असल पुरुषको भूमिका ओछ्यान देखि कार्यक्षेत्र चाहे त्यो राष्ट्र प्रमुखको भूमिका किन नहोस चौबिसै घण्टा न्यायसंगत हुनु पर्दछ | मदिरा पिएको, थाकेको, टेन्सनमा भएको, अफिसमा वा घरमा झगडा, रमाइलो गरेको, जिस्केको, गीत गाको वा कुनै बहानामा असल पुरुषको मानक परिबर्तन हुदैन |    

गोयाबेल्सका सिद्दान्त वा महिला र पुरुषको मुल्य मान्यता स्थापन गरी, आफ्नो विचार, इच्छा अनुसार उठबस गराउन सक्ने, भौतिक सहजतामा आफु अनुकुल वा `एस' बनाउन सक्नु अशल पुरुषको मानक हुदै होइन |
कतै नाम राखिदिएर, तालिममा पठाएर, काजमा खटाएर, उपहारले पुरिदिएर, कन्सल्टेन्सी आदि काम वा अवसर सिर्जना गरिदिएर आफ्नो फाइदा र इच्छा बमोजिम उपयोग गर्नसक्ने पुरुषलाई अशल पुरुष मान्न सकिदैन |
आफुलाई फाइदा वा अनुकुल हुनेगरी, महिलाले थाहा पाउने वा नपाउने गरि अर्थात् देखिने वा नदेखिने गरि  महिलामाथी गरिने ब्यबहार असल पुरुषको पहिचान हुन् सक्दैन | महिलाले गरेको काममा परामर्श  र सहयोग भन्दा पनि सार्बजनिक जिबनमा महिलालाई गाली बेजती गर्ने, हतोत्साही बनाउने, माफी माग्न बाध्य पार्ने अबस्थाको सिर्जना गर्ने, भाषा वा खाका वा क्षमताका आडमा कमजोर साबित गर्न खोज्नु पनि असल पुरुषको सूचक हुन् सक्दैन |    
महिलालाई आबश्यक वा अप्ठेरो अबस्थामा सहयोग गर्दा, हस्तक्षेपकारी कार्य वा कुनै चुनौती वा गाली बेजती सहन परे पनि ग्लानीको सट्टा गौरब र शान महसुश गर्न सक्ने पुरुष असल पुरुष हुन् |
बाटोमा हिडदा चिन्दै नचिनेकी वा नाता नपरेकी महिलाको लुगा, शरीर वा केहीलाई इंकित गरेर जिस्काइरहेका हुललाई रोकिएर बोल्नु, कुनै कार्यक्रममा जानु अघि को को किन आउछन भनेर उद्देस्यानुरूप महिलाहरु सहभागिता गराउन पहल गर्नु वा घरमा महिला सदस्य महिनाबारी कहिले भैरहेका छन् भनेर सरोकार राख्न सक्ने पुरुषलाई असल पुरुष मान्न सकिन्छ | महिलाहरु अझै कपोलकल्पित हैसियत नभएका महिलाहरुसंग एकै मन्चमा बस्न, फोटो खिच्न, एउतै भोजमा एक्कै टेबलमा बसेर, एक्कै खाना खान, आदि नसक्ने पुरुषलाई न्यायमूर्ति पुरुष
मान्न गार्हो छ |
आफु भन्दा शसक्त ज्ञान, पद, पैसा आदि हुने देखियो वा आफु अनुकुल उपभोग गर्न नसकिने भयो भने सकिन्छ भने महिलालाई नै प्रयोग गरेर, औपचारिक ,अनौपचारिक समुह गठन गरि, चरित्र हत्या गर्ने, पल पल यती दुख दिने कि एकदिन महिला नै आफै आजित भएर हिड्ने बाताबरणका लागि लागिपर्ने पुरुष जतिसुकै ठुलो पद, पैसा वा शक्तिमा रहे पनि त्यस्ता पुरुषलाई असल पुरुष मान्न सकिन्न |   
महिलालाई सहयोग गरे जस्तो गरेर महिलाको पैसा, समाबेशी पद, शरीर उपभोग गर्नु वा गर्न खोज्नु के हो भनेर प्रश्न नै नगरे भो | तर नेपाली समाजमा  हुने हिंसा भनेको सबै यस्तै , झट्ट नदेखिने हो, थाहा पनि नपाउने प्रकिर्तिका छन् | यो मानिसले खुबै ख्याल गर्छ, असल छ भन्दा भन्दै उसले कुन परिवेशलाई कसरी मौका छोपेर दुर्ब्यबहार गरिसकेको हुन्छ, आफुलाई नै कल्पना गर्न डर लाग्छ अरुहरुले पत्ताउन, सहयोग गरुन भनेर सोच्नु त आकाशको फल आखा तरी मर भने जस्तै हो | अर्थात् सबै महिलातिरै खंनिन्छन, महिलालाई नै दोष लगाउछन ...मुखाले ....चरित्रहीन ....  |  अधिकाम्स महिलाको आफ्नो जिबनमा रोल मोडेल पुरुष नै छैन |   
अपवादलाई बाहेक आज जसलाई महिलाहरुले रोल मोडल मानेका छन् जस्तो बा, दाइ, भाइ, श्रीमान, साथी, क्षिक्षक, प्रहरी, राजनीतिकर्मी, पण्डित  आदि,  उनीहरुको दिनहु देखिने, सुनिने, गरिने ब्यबहार पनि लैंगिक मैत्री छैनन वा पीडक नै उनै छन्  | भोलि घटना हुने पनि उनीहरुबाट नै हो, कुनै घटना घट्यो सहयोग गर कसरी भन्ने ? सहयोग गरे पनि कसरी लिने | सहयोग गर्नेले फेरी मैले सहयोग गरेको भनेर भन्दै हिडेको कथा शारिरिक हिंसा भन्दा पनि झन् पिरो र पेचिलो हुन्छ |
आमा बनेकोमा बधाईको सट्टा ओहो, बलात्कारी पो जन्माइस सुन्नु जति नराम्रो लाग्छ त्यतिनै जटिल र गहिरो अनुभूति छ भनेर बुझिदिने समाज र संयन्त्र कहिले बन्ला |
छोरा छोरा भएका बा आमाले मैले कसरी असल बालक बनाउने होला, आजका संबेदनशील आमा आमाबाले हुर्काएका छोरीहरुसंग कसरी बार्ता र समबन्ध बाध्न सक्लान बुझ्न ढिलो भैसकेको  छ | आज मेरी हजुरआमा, आमा, दिदी, बहिनी, साथी वा श्रीमती जस्तो लागेर भन्दा पनि उनी पनि यो पृथिबीमा म जस्तै प्रकिर्तिक जिबन हुन् तर उनीसंग महिनाबारी हुने, बच्चा पाउन सक्ने वा स्तनपान गराउन सक्ने थप क्षमता राखेकोले उनी म भन्दा पनि फरक छिन धेरै अधिकारकी भागी हुन् भनेर बुझाउन ढिलो भएको छ |
एक मात्र वा छोरी छोरी भएका अभिभाबकले सामाजिक जीबनमा थुप्रै चुनौती भोगेका त हुन्छन नै राजनीतिक वा सार्बजनिक जीबनमा पनि केहि भइ हाल्छकि भनेर उत्तिकै डराइरहेका हुन्छन |  यसका लागि महिलाको शरीर राजनीतिक र मानब अधिकारका मुद्दाका रुपमा बहस र निष्कर्ष निकलिएन भने हाम्रो पुस्ताले माफी पाउने छैन |
हिंसा कसैले कसैलाई गर्नु हुदैन र पाइदैन पनि | महिलाहरु कमजोर हुन्छन भन्ने धारणा पनि होइन | सामाजिक संरचनाले महिलाहरुलाई कमजोर साबित गर्दै विभेद र हिंसाको दलदलबाट उठ्न नदीरहेको अबस्थमा महिला मात्र सक्षम हुन् खोजेर/भएर हुदैन उसको साझेदार पुरुषले पनि महिलाका सबै पक्षहरु बुझ्नु पर्दछ तब मात्र सामाजिक न्यायको सस्कार बसाल्न केहीहदसम्म सकिन्छ भन्ने हो |
नेपालमा पुरुषत्वको गजुर एकछत्र फैलिएको छ | घरदेखि संसद सम्म जकडिएको यो शासन तोड्न सकिदैन कि यतिक्कै हो कि भनेर जिउ नै गरुङ्गो नहुने त होईन तर बच्चा बेलादेखि विशेष गरेर आमाबाबुहरू रोलमोडल भए भने छोराहरु असल पुरुष भएर र छोरीहरु कुनै पुरुषसंग नडराईकन हुर्कन सक्नेमा कुनै दुबिधा छैन | 
I submitted this article to Kantipur in 9 March, 2020. I uploaded because I thought that it is important piece for society.  

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,