Monday, July 19, 2010

नया सुभारम्भ गरौ.

जहाजले,
घु हु ..गर्दै, पाग्रा लुकौदई गर्दा,
तिम्रो अन्तिम खबर,
मुटु नै गाठो पर्यो, बर र आसु खस्यो,
खबर नै पडन सकिन,
घाटी तन्काएर झ्याल बाट हेर्ने कोसिस गरे,
सेता फुलेका केश नै देख्न पाए हुन्थ्यो भनेर.
घुक्क घुक्क गर्दै,
म हराए, तिमि बिलायेउ,
झितिजमा, अनि समुद्र माथिको बादलमा!
+
जहाजले,
उड्ने प्रकिर्ती नै भएनी,
सधै सधै त कहाँ उड्न सक्छ र?
न झितिजमा अट्छ, न उड्छ बादल संगै.
आज,
घर र..घर..र.. पांग्राले,
जमिन छुन खोज्दै छ.
फेरी मुटु ढक्क फुल्यो,
सास बढ्यो,आशु बर र ..बर र ...
+
तिमीले सहमति गुमायेउ?
मैले कति प्रयत्न गरे,
तिम्ले भनेका एक एक शब्दहरु,
खेर गएनन्, तिम्रो मूल्य चुकेनन्,
म हासे तिमीसंगै, रोए तिमिसगैं,
तिम्रो अस्तित्व, मेरो पहिचान भयो,
लडे एक्लै एक्लै.
+
ठुला ठुला होटेलमा,
रातभर रातभर बैठक,
लामा लामा श्रेस्ता,
हाम्रो सहमतिको नाम,
नाम माथि फर्लके औठेछाप.
+
मसि आलैछ.
म खुला छु,
म उस्तै छु,
तिमीले छोडेजस्तै,
तिमीले भनेजस्तै,
तेसैले,
आऊ,
आंगल,
पहिले जस्तै, उहिलेजस्तई,
सहमति, सम्मानको सस्किर्ती जोगाऊ,
नया इतिहास कोरौ, तिमि मेरो,
मेरो तिम्रो,
एउटा नया सुभारम्भ गरौ,
सहमतिको.

Karnali Province, Menstrual Discrimination, Dignified Menstruation

  जनवरी २२ २०२५ आदरणीय मन्त्रि घनश्याम भण्डारी ज्यु