Tuesday, September 9, 2014

तिमीले के गरेउ, कस्लाई सोधु म?

तिमीले के गरेउ, कस्लाई सोधु  म?
ताराहरु देख्दैनन मलाई,
जुन हास्छ जिस्काउछ अनी लुक्छ कतै,
बारम्बार म कुरिरहन्छु,
जुन गरिरहन्छ तेसै तेसै ।
लाग्छ जुन पनि मिलेको छ कतै,
एक चुस्की बाङे पानीमा फसेको छ उतै ।
तिमी साछी खोजेर चुनौती दिएरहेछौ,
तिमी शक्ती प्रदशनमा झुमिरहेछौ ।  
तिमीले के भनेउ, कसलाई साछी राखु म ?
रतिभर नझुक्ने सुर्य मसँगै थियो
तर अोठहरु नखुलेरै जितेको छ ,
लाग्छ उ तिमीलाई मतदान गरिरहेछ ।
हाबा नदी जुन घाम सँग सँगै हुँदा पनि
म एक्लै परेको छु,
साछी बक्नेहरु नभेटेर अन्याय खेपिरहेछु ।
लाग्छ ढलमा कुहेर मर्नु भन्दा,
हाबा पानी जुन् घाम सब्लाइ बहिस्कर गरु ।
अबिबेकी नेता, निक्म्बा सरकार,
मलाई पल पल बलत्कार गरिरहन्छ,
भन्छ छतीपुर्ती मैले भर्नु पर्ने छ ।
आउनुस् सबै एकै स्वरमा मोर्चा बनौ
यो परालिएज्ड सरकार सँग हिस्सा खोजौ
योन हिन्सा अन्त गर,
बिबेध्कारी कानुन् चहिदैन,
हिन्सा गर्न कसैलाई छुट छैन ।      
     

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,