Friday, March 11, 2016

अघोसित नागाहरुको शहर

पशुपतिको जात्रा हैन,
जहाँ घोसित नागा बाबाहरु बग्रेल्ती भेटिन्छन्,
यो त हो,
कल्पनै गर्न नसकिने,
महंगा बस्त्रले छोपेका,
ठुला ठुला कहलिने,
माथि माथि कुर्सिमा बस्ने,
अघोसित नागा बाबाहरु ।
वा रे वा ....
ठुला अस्पाताल्का,
तेस्तै नागा बाबाहरुको,
महँगा औषधीले च्यापेर,
मुटुको प्रेसर .
माइकको स्टान्ड्ले,
धानियेर् कामेका गोडाहरु,
बल गरेर न्वर्नदेखिको,
चर्को चर्को भाषान,
तर नागै,
उ पशुपतिमा छैन,
तर नागै छ,
एउटा अघोसित तर नागो बाबा।
बिचरा ,
टिठ लाग्ने हुल मान्छेहरु,
शिव खुशी हुन्छन रे जस्तै भ्रम पालेर,
झुमिन्छन, चाकरी गर्छन्,
अनी गर्छन् फोटो सेसन ।
नपुगेर टाल्छन् फेस्बुके भितोभरी,
बिचरा, नागा भक्तिहरु !
नागाहरुको कदर हुन्छ,
नागै छ यो संसार,
अघोसित नागाहरुको शहर,
तेसैले म भागदै छु।
जहाँ नागाहरु नभेटिउन ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,