Sunday, July 3, 2016

comments on quality of women in literature

आपको मौसम छ, आप मात्रै भनेर के गर्नु थरी थरिका आप छन । कुनै कुनै आप हिउदमा पनि फलाईंछन । तेस्तै हो साहित्य पनि ।
हिजोको समाज हैन, आज हामी सामबेशिको गीत गाउन नाच्न सक्ने अनी तेस्लाई अभ्यास गर्न किन कन्जुस गरिरहेका छौ । कुनै पनि हालतमा आरु र आप एकै हुन सक्दैन,फेरी तेही आरु जुम्लामा आप सँग हैन ओखर र स्याउ सँग एकै बगैचामा फल्छ । के आप र ओखर् को तुलना गर्न मिल्छ, तुलना त दशरी र माल्दा आप सँग पनि गर्न मिल्दैन । दुबैको  आफ्नै अस्तित्व छ, परीबेस छ र महत्व पनि । तेही आप पनि काठमाडौं फल्दा, चितवनमा फल्दा र सर्लाहीमा फल्दा प्रकृया, समय फरक फरक हुन्छ। कि साथीहरुले म काठमाडौं बसेर सर्लाहीको आप मात्रै राम्रो हो तेही मात्र खान्छु भन्नु पर्‍यो भनेर अडडी कसे जस्तो कुरा हो। संसारभर नै साहित्य वा अन्य बिषय घामले पोल्ने जस्तो सत्य छैनन । पहुच भएका, अबसर पाएकाहरुले गरेको व्याख्या र बिस्लेशन्मा चल्ने हो । के कुरा सत्य छ र, फेरी मेरो सत्य तपाईंको सत्य नहुन सक्छ ।

 प्रबिधीको कारण साहित्य सबैतिर सजिलै घुलेको छ,रङहिन चिनी जस्तो हैन, होलिको पानी जस्तो। हरेक बेक्तिमा बुद्धत्व भये जस्तो हरेकसँग सहितिक् मन छ अनुकुल र अबसर पाउदा सिलाजीत बनेर निस्कन्छ नत्र कि लेउ लागेर काला पहाड उस्तै परे पहिरोको मीत।
तसर्थ जस जस्ले महिलाको अस्तित्व स्विकर गर्दा आफ्नो भाग खोसिएको अनुभुती गरेर मोर्चा कसिरहेका छन उनिहरुको कलम् ताली र बाजी मार्न बहिस्करनमा परेकाको वकालत गर्छन् तर मुटु भने थर्थरएकै हुदो रहेछ भन्ने कुरो बिगत केहीको बहस्बाट स्पस्ट हुन्छ। काग करौदै गर्छ पिनश सुक्दै गर्छ साथी हो, अघी बदी रहौ, तपाईंलाई विश्वाश भएको अनुभुती र शब्द साहित्य हो, तपाईंको सिर्जनाको पन्डित तपाईं नै हो ।अगी बडी राखौ ।

       

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...