Monday, May 28, 2018

Menstrual Hygiene: Background, Challenges and Opportunities


http://www.onsnews.com/artical-of-radha-paudel/

महिनाबारी दिबसपृष्टभूमि, चुनौती र अवसर
अंग्रेजी महिनाको यो पाचौ महिना 'मे' संसारभरी नै 'स्वस्थ महिनाबारी' अधिकारको महिनाका रुपमा मनाइरहेको छ | नेपालले पनि सन् २०१४ देखि महिनाबारी दिबस कुनै न कुनै रुपले मनाउन थालेको छ|महिलाहरु महिनाबारी हुदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाच दिन हुने भएकोले पाचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनाबारी चक्र सालाखाला २८ दिनको हुने भएकोले २८ तारिखलाई दिबशको रुपमा मानिएको हो | जब सन् २०१४ मा सयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनाबारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि बिश्व बिकाशको इतिहासमा महिनाबारिले थोरै भए पनि ठाउँ पाएको छ | अर्थात् प्रकिर्तिक रुपमा प्राप्त महिनाबारी जुन संसार भरिकै महिलाहरुले अनुभब गर्छन र जन्मेदेखि मर्ने वेलासम्म यसको प्रकिर्तिक प्रभाब र सामाजिक मूल्य मान्यता भए पनि लामो समयको अन्तरालमा मात्र महिनाबारिलाई एक सबालको रुपमा हेर्न थालियो |
संसारकै इतिहास हेर्ने हो भने सन् १९४८ देखि मानब अधिकारको बहस शुरु भयो | सन् १९७९ देखि महिला बिरुद हुने सबै खाले भेदभाव बिरुदको महासन्धि घोषणा गरि संसारभरी नै महिला अधिकार र शाश्क्तिकरनका छेत्रमा उल्लेखनीय कामहरु नभएका होएनन तर दुर्भाग्य नै भन्नु पर्दछ महिनाबारीले कतै स्थान पाएन |


विशेषगरी अमेरिका, यूरोप र अस्त्रलियामा दोस्रो बिस्व युदपछी राजनीतिक, सामाजिक, प्राबिधिक, चिकित्सा  छेत्रमा उल्लेखनीय फड्को मारेकोले महिनाबारी स्वतः स्वीकारियो भलै आजका दिनमा पनि ती मुलुकहरुमा महिनाबरिका बारेमा सार्बजनिक रुपमा कुराकानी अझै पनि गरिन्न| उसो त प्रजनन अधिकारको बहस हुन् थालेपछि महिनाबारी शब्द आउन थाल्यो तर यसको अभ्यास र असर बारे भने न बिस्लेषण भयो न चर्चा नै | सबै मुलुकमा महिनाबारीलाई एक सामान्य प्रक्रिया को रुपमा मात्र लिईएन कि अघोषित रुपमा तै चुप मै चुपको रुपमा रह्यो | महिलाहरुको सामाजिक, आर्थिक, राजनैतिक शक्ति सरचानाका कारण कहिल्यै पनि बोलेनन्, पुरुषहरुले यौन अगसंग जोडेर हेर्ने, महिलाको बिषय मान्ने अबस्था रह्यो भने मनोबैज्ञानिक रुपमा सबैतिर लाजको रुपमा हेरियो |
सयुक्त रास्ट्र संघमा काम गर्ने महिलाहरु सुरुका दिनमा कम हुने, भै हालेका महिला पनि सभ्रान्त वर्गबाट गएका, उनीहरुले पनि महिनाबारिलाई समस्याका रुपमा हेरेनन् अर्थात् 'सम्मान' वा 'अधिकार ' संग जोडेर कहिल्यै पनि हेरेनन् | यो लेखकले यस्ता सयुक्त राष्ट्रमा, बिस्व बिध्यलायामा काम गर्ने  व्यक्तिहरुसंग सछात्कार गरेको छ जो सन् १९८५ मा मुगु, बाजुरामा काम गर्थे तर महिनाबारी भएका बेला गोठमा नै सुते त्यतिबेला उनीहरुले महिनाबारीलाइ अधिकारसंग जोडेर हेर्न सकेनन्, जानेनन  | यो सामाजिकीकरण र पितृसत्ताको प्रभाब थियो |

यो दिबसको पृष्टभूमिलाई हेर्दा जब जब बिकसित मुलुकका महिला पुरुषहरुले अफ्रिका वा एसियामा घुम्ने वा कामको सन्दर्भमा केटी वा महिलाहरुको स्थिति भयाबह देखे, महिनाबारी भएको बेला छुटिएर बसेको वा फोहोर गोठमा बसेको,केटीहरु स्कुल नजानुको धेरै कारण मध्य चर्पी, सरसफाइको सामग्री र पानी नभएको देखे वा बुझे उनीहरुले व्यक्तिगत रुपमा साना साना प्याड र चर्पी सम्बन्धि च्यारिटी कार्यक्रम गर्न थाले, कथा वा डायरी वा वकालत गर्न थाले तब मात्र यो बिस्तारै छलफलको बिषय बन्न थाल्यो |  बिषय प्रवेश पनि त्यसरी नै सरसफाई वा चर्पी, पानी, स्यानिटरी सामग्री भएर भयो र अभियान नै बन्यो |

साना, अविकसित देशमा भएका अभियान र दृस्टीकोणले ठाउँ पाउने कुरै भएन |  यो अभियान जर्मन स्थित खानेपानी सरसफाईसंग सम्बन्धित सस्थाले सन् २०१४ बाटै 'महिनाबारी स्वस्थता दिबस' भनेर मनाउन थाल्यो | त्यो सस्थाका साझेदार सस्था तथा त्यो सस्थाबाट प्रभावित भएका सस्था वा एकोहोरो महिनाबारिमा काम गरिरहेका व्यक्ति र सस्थाहरुले पनि उत्साहित भएर मे २८ लाई महिनाबारी दिबसको रुपमा मनाउन थाले र अहिले झन्डै ४०० भन्दा बढीको संख्यामा सस्थाहरु आबद्ध छन् र दिबस मनाइरहेको छन् |
तर यो अभियान अर्थात् 'स्वस्थ्य महिनाबारी 'चाहे जुन देशको महिला होस् उसले महिनाबारीका कारण भोग्ने जिबनभर {जन्मे देखि मर्ने बेलासम्मको प्रभाब], छेत्रगत प्रभाब {सामाजिक आर्थिक, मनोबैज्ञानिक, शारीरिक, राजनीतिक], प्रभाब, र एकोलोजिकल प्रभाब {ब्यकिगत, पारिबारिक, सामाजिक र रास्ट्रिय] स्तरमा पार्ने प्रभाबका बारेमा सम्बोधन गर्न सक्दैन |

नेपालको सन्दर्भमा महिनाबारी भएका बेला महिनाबारी भएकी महिला, उनको रगत, उनले प्रयोग गर्ने सामान, उनको बासस्थान, खानेकुरा, उनको गतिशीलताला आदिलाई लिएर  झन्डै ४० भन्दा बढी बार्नुपर्ने अभ्यासहरु छन् | छोटकरीमा भन्दा 'स्वस्थ्य महिनाबारी ' महिनाबारीका लागि आबस्यक र महत्वपुर्ण छ तर यो कदापी पुर्ण हुन् सक्दैन वा यसले कुनै पनि केटि वा महिलालाई महिनाबारी भएका बेला 'सम्मानपुर्बक जिउन पाउने अधिकार 'प्रत्याभूत गर्न सक्दैन | अझ स्पस्टसंग भन्दा, महिनाबारी भएकी केटीलाई स्कुलमा छुटै चर्पी छ,पानी छ, रगत लुकाउन गुणस्तरीय सामग्री पनि छ भन्दैमा उनी सम्मानपुर्बक जिउन सक्छिन भन्न सकिदैन किनकी यी कुराहरुले नेपालको संबिधान वा अन्तरास्ट्रिय अधिकारले दिएको उनको स्वतन्त्र पुर्बक हिडडुल गर्न पाउने अधिकार, समानताको अधिकार, विभेद बिरुदको अधिकार, खानाको अधिकार, स्वस्थ्यको अधिकार आदिको ग्यारेन्टी गर्न सक्दैन | सरसफाई अन्तर्गत यदि सफा कोठा वा घरमा बस्ने कुरालाई मुख्य मान्ने हो भने पनि सफा घर चाहे त्यो पश्चिम नेपाल वा काठमाडौँ वा बेलायतको घर होस् त्यो सफा घरले माथि उल्लेख गरेको अधिकार प्रदान गर्न सक्दैन |अझ मसिनो गरि केलाउने हो भने सफा घरमा बस्ने महिनाबारी भएकी केटीले भोक लागेका वा तिर्खा लागेका बेला भान्सामा गएर मन लागेको खाना वा पानी खान सक्दिनन |उनीले आफ्ना परिबारका सदस्य वा बा, आमालाई  छुन पौदिनन अनि कुभान्सामा संगै खाने वा कुनै नै सस्किर्तिक सभा समारोहमा सहभागी हुन् पौदिनन | भैहालेमा पनि मनमा तिब्र तनाब हुन्छ कसैगरी कसैले थाहा पौछान कि, कसैलाई केहि पो भै हाल्छ कि आदि |त्यसैगरि नेपालको विकासे बजारमा  देखिएको कुनै सामग्री नि सुल्क बाड्ने वा बाड्न उत्प्रेरित गर्ने अभ्यासले माथि उल्लेख गरिएका अधिकार प्रत्याभूत गर्न त  सक्दैन सक्दैन, उनीहरुको आफ्नो छनोट गर्ने अधिकारलाई साघुरो त बनाउछ र परनिर्भर बनाउने र बाताबरणमा पर्न जाने प्रतिकुल प्रभावको बारेमा मौन रहन्छ |

बास्तबमा महिनाबारी बार्ने चलनका कारण महिला, परिवार, समाज र देशको शान्ति, मानब अधिकार, शशक्तिकरण, शिक्छा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाताबरणमा अल्पकालिन र दिर्घकालिन नकारात्मक प्रभाब परेको हुन्छ| जुन मर्यादित महिनाबारिको अनिबार्य शर्त पनि हो |सबै अंग संग संगै कम गर्ने बाताबरण भए मात्र मर्यादित महिनाबारी पूर्ण र सफल हुन्छ |अन्यथा महिनाबारी बार्ने चलन जुनसुकै देशको शान्ति र सम्रिधि हासिल गर्न बाधक हुन्छ किनभने महिनाबारी  महिलाहरुको मात्र सबाल कदापी होइएन र हुन् सक्दैन |तसर्थ यो 'स्वस्थ महिनाबारी' एकदमै अपुरो, अधुरो, एकतर्फी, पुर्बग्राही छ |

नेपालको सन्दर्भमा महिनाबारी सम्बन्धि भएका अधिकाम्स गतिबिधि पुर्बग्राही छन्, त्यसको छोटो बिस्लेष्ण गरयौ |नेपालका महिला वा पुरुष अधिकारकर्मी वा राजनीतिककर्मी कसैको लागि पनि महिनाबारी सबाल बनेन | जब दोर्स्रो प्रजातन्त्रको आगमन संगै महिला सशक्तिकरण, मानब अधिकार, शान्ति वा सरसफाइको कामहरु हुन् थाले सबै आयातित नै थिए | आफ्नो माटोलाई के आबस्यक छ भन्ने कसैले पनि हेक्का गरेनन | महिनाबारी बार्ने चलन केटा होस् वा केटि कम्तिमा पनि ५ देखि सात वर्षमा घर, छिमेकमा भएका महिलाहरुबाट थाहा पाउने, शक्तिशाली र शक्तिबिहिनको अबस्था महसुस गरेर महिलाहरु आफै हेपिन खोज्ने, पुरुषहरु हेप्न खोज्ने सामाजिकीकरण हुर्कन्छन | यहि सामाजिकीकरणका कारण केटीहरु वा महिलाहरुमाथि हुने सामाजिक, शारीरिक, मनोबैज्ञानिक, राजनीतिक, आर्थिक विभेद र  हिंसा देखिन्छ तर नेपालको विकास वा महिला आन्दोलनले निर्देशित सबाल जुन अन्तरनिहित कारण वा जरामा भन्दा पनि बाहिर बाहिर बढी केन्द्रित भयो |सन २०१८ को जुनमा नेपाल सरकारले र सेप्टेम्बरमा नागरिक समाजको तर्फबाट  नेपालले छैटौ प्रतिबेदन पेश गर्दैछ जहाँ महिनाबारी बार्ने चलनलाई परम्पराबादी हानिकारक कुरुती भित्र जस्तै छाउपडी भनेर ब्याख्या गरिएको छ | नेपालमा छाउपडीको स्वरूप फरक फरक रुपमा सबै खाले समाज: सबै जात, छेत्र, धर्म, वर्ग मा पाईन्छ, सबै महिलाहरु महिनाबारी हुन्छन |यसको गम्भीरतालाई अबमुल्यन गर्दै त्यसरी ब्याख्या गर्दा कुनै पनि न सरकार गम्भीर देखिन्छ न त्यो रिपोर्ट र समितिमा रहने प्रतिनिधी नै गम्भीर छन् | महिनाबारी बार्ने चलनले नेपालको सगरमाथा त घरि घरि निउरिन्छ, संसारैभरि हाम्रा छोरीको मृत्यु समाचार बन्छ  तर नेपाली अधिकारकर्मी यसमा बोल्न र गर्न तयार छैनन् | शान्ति, मानब अधिकार , शःक्तिकरणमा काम गर्ने सस्थाहरु अझै बोल्न हिच्किचाएको अबस्था छ |हालसालै अन्तरास्ट्रिय दबाब र  सहयोगमा बोल्न जमर्को गर्नेहरु पनि सिमित घेराभित्र राखेर बिरालो बानीरहेका छन् |जुन आफैमा नेपालको महिला आन्दोलनको दुखद पछ हो |हिजो मात्रै सम्रिधिको व्याख्याता सरकारको नीति तथा कार्यक्रमको ८३ बुदामा महिनाबरिलाई पुन कुरीति भित्र जस्तै भनेर उल्लेख गरिएको बाट स्पस्ट हुन्छ सरकार गम्भीर त छैन छैन मर्यादित महिनाबारिमा जानकारी पनि राख्दैन |

यस परिबेशमा नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्रालयले सन् २०१७ देखि महिनाबारी अधिकारलाई जसरी नेतृत्व गरेको छ त्यो केहि सुखद र प्रसंसनिय छ | तथापी यसको पृष्टभूमि पनि उस्तै  रोचक र आयातित नै छ | खुला दिशा मुक्त अभियानमा बनेका चर्पीले महिनाबारी भएकी महिलाको पहुच स्थापित गर्न सकेनन् | किनकी त्यहाँ चर्पी छ तर केटीको लागि चर्पी छैन, भैहाले ढोका छैन, चुकुल छैन,  छिर्न सकिन्न, पान नमिलाएर राखेको छ, प्रशस्त ठाउँ छैन जहाँ कपडा फेर्न गारो छ, बिसर्जन गर्ने बेबस्था छैन, साबन, पानी छैन आदि| कतिपय ठाउमा महिनाबारी भएका बेला केटि तथा महिलाहरुले चर्पी प्रयोग गर्न निषेध छ | यो परिबेशमा महिनाबरिलाई दिगो बिकाश लछ्य ६.२ लाई केन्द्र मानेर अघि बढेको हो तर यसले माथि उल्लेख गरेका मर्यादित महिनाबरिका सबै पछ्लाई बेबहरता आत्मसाथ गरेको छैन | पहिले देखि नै खानेपानी र सरसफाई सम्बन्धमा काम गर्ने सस्थाहरुको पल्ला भारी भएको अवस्था छ |आत्म सम्मानको अभियान र काठमाडौँको  छाउपडी  नभात्कैकन गाउका गोठहरु जब्बरजस्ती भात्कौना तत्पर छ जुन दिर्गकलिन र एकीकृत समधान हुनै सक्दैन| किनभने महिलाहरुले महिनाबारी भएका बेला आत्म सम्मान सहित बाच्न सक्दैन | उनीहरु नया नया स्वरुपका छाउपडी गोठ वा छुटिएर बस्छन, बसिरहेका छन् जस्तै रातभर घुम वा पलास्तिक ओडेर बाहिर बस्नु, दाउराको घार वा पहाडको थुम्को को आड लिएर बस्नु|  

सन् २०१७ बाटै झन्डै ४० {बेक्ती र सस्था गरेर ] सदस्यहरुको महिनाबारी दिबस मनाउन थाले, जुन राम्रो पछ हो | यसरी दिबश मनाउने १४ वटा निकायको प्रतिबेदन पुनरावलोकन गर्दा फेरी पनि सम्मानपुर्बक जिउन पाउने अधिकार एक वटा सस्था बाहेक कसैको पनि सबाल बनेको छैन, खाली सरसफाई, स्यानिटरी सामग्रीमा जोड दिइएको छ |सन् २०१८ को महिनाबारी दिबश मनाउन बनेको समितिहेर्दा पनि परम्परालाई नै निरन्तरता दिएय्को प्रमाडीत हुन्छ | महिला मन्त्रालय, सिछा मन्त्रालय, स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्व भए पनि उनीहरुको मातहतमा काम गर्ने संघ साथ अर्थात् शान्ति, शःक्तिकरण, मानब अधिकार, स्वास्थ्य, शिछा अधिकारमा काम गर्ने निकाय र विज्ञको उपस्थिथि सुन्य छ | खानेपानी मन्त्रालय अग्रगामी पहल नचाल्ने, अधिकारमा काम गर्ने सस्थाहरु कुरुतीहरु जस्तै छाउपडी हो भनेर बस्ने हो भने नेपालमा महिनावारी बार्ने चलन थप जटिल बन्दै जाने छ |अभियान पुरा भएन वा गलत गरिएछ भनेर फेरी पनि दशकौ पछी विदेशीले नै भन्दिनु पर्ने अवस्था नआउला भन्न सकिन्न |

अबको दशक संसार भर नै महिनाबारिमा बृहत काम गर्नेमा शंका छैन तर नेपाली माटोको महिनाबारीको पृष्टभूमि र जटिलतालाई भने नेपाल सरकार र गैर सरकारी निकायले भुल्न हुदै हुदैन |नेपालको महिनाबारी बार्ने चलन अफ्रिकाको जस्तो गरिबी र लाज, वा बंगलादेश र पाकिस्थानको जस्तो गरिबी र लाज हुदै होइन |नेपालको महिनाबारी धर्म, सस्किर्ती, लैगिक विभेद, गरिबी संग गासिएको जटिल प्रकिर्तिको छ | अशिछित, गरिब मात्र नभएर छाउपडी हटाऊ अभियान वा मानब अधिकारमा काम गर्ने कर्मचारी देखि पत्रकार, राजनीतिकर्मी, स्वस्थ्य कर्मी, शिछक,  आदि सबै महिनाबारी बार्छ्न वा बोल्न हिचकिचाउछन्|दशकौ विदेश बसेर विज्ञानको चमत्कार भोगेकाहरू पनि धर्म र सस्कृतिको नाममा छोरिहरुहरुलाई छुटै कोठामा बन्दक राख्छन |

यी चुनौतीहरुका बाबजुद पनि नेपालमा  सम्रिधि ल्याउन मर्यादित महिनाबारीमा बार्ता, बहस, छलफल एउटा अपुर्ब अवसर हो | नेपालले अधुरो नै भए पनि कानुन ल्याइसकेको छ| खानेपानी मन्त्रालयको नेतृत्वमा मर्यादित महिनाबारि नीतिको मस्यौदा पनि तयार गरिसकेको अबस्था, अन्तरास्ट्रिय बजार र दबाब छ, सरकार सम्रिधिको भोक र  सपनामा हिड्न चाहेको परिबेशमा अबको बाटो सजिलो  देखिन्छ | आधि आकाश ओगटेको महिलाको सम्मानित जिबन बिना सम्रिधि असम्भब भएकोले मर्यादित महिनाबारी जातीय, छेत्रीय, धार्मिक आयोजना भन्दा माथि उठेर सबैले घर घरबाट मर्यादित महिनाबरिको बारेमा बोल्न र गर्न सके हाम्रा आमा, सृस्ती, हाम्रो गौरब अपमानित भएर बाच्ने दिनको अन्त्य गर्न सकिन्छ |दिगो बिकाश लछ्य: भोकमरी, गरिबी, शिछा, स्वास्थ्य, लैंगिक समानता र बताबर्नाको को लागि मर्यादित महिनाबारी पूर्व सर्त पनि हो |मर्यादित महिनाबरिको बार्ता घर घरबाट जागोस, सुभकामना सहित |
राधा पौडेल
नेपालको पहिलो महिनाबारी अधिकार कर्मी तथा लेखक
rpaudel456@gmail.com

  

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,