Monday, December 9, 2019

Dignified Menstruation Day, Dec 8, 2019


This is speech is delivered during the Dec 8, Dignified Menstruation Day ever first globally in front of the Ministers of Women, Children and Senior Citizen, Vice-Prime Minister and many distinguished delegates from government of Nepal and CSOs at National City Hall, Kathmandu. 
This speech dedicated to all girls and women who were and are suffering from death, abuses, discrimination due to menstruation in Nepal and globally. 




बाच्दीन बाबा, बाच्दीन आमा, एकछिन नी बाच्दीन
भएर पापी, थुनिएर दिउसै नै राती, सहन सक्दिन
पाउन्न खान, रोजेको जस्तो, पाउन्न तिर्खा लाग्दा पानी
भाइ पनि टाढा, बाबा पनि टाढा, उकुसमुकुस भो जिन्दगानी

सर्बप्रथम लैगीकतामा आधारित हिंसा न्यूनीकरणका र मानब अधिकारको लागि पुरुषको सहभगितालाइ सार्थक बनाउंदै महिला मंत्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका महिला मंत्री माननिय पार्बत गुरुंगज्युलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस समारोहमा सहभागी हुने अवसर दिनुभएकोमा अनुग्रहित हुदै दक्षिण गोलार्दिय मर्यादित महिनाबारी संजालको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु  | तथापी नब गठित मंत्रीमण्डलमा, संबिधान प्रदत महिलाहरुको ३३ प्रतिशत सहभागिताको सुनिश्चिततामा चुकेको कुरा नकार्न सकिदैन र हुदैन पनि |
एक, पिडित, अभियानकर्मी, अनुसन्धानकर्ता, लेखक भएर झन्डै तीन दशकदेखि देश भित्र र बाहिर काम गरेको दौरानमा मर्यादित महिनाबारी सम्बन्धमा संघर्ष, सफलताको लामो सूची नै भएपनि म यहाहरु समक्ष छाउपडीको बारेमा छोटो टिप्पणी मात्र गर्न चाहन्छु |

१. छाउपडी सम्बन्धमा गलत बुझाई - महिनाबारी बार्ने चलन संसारभर नै छ मात्रै सजिलै देखिने नदेखिने, धेरै थोरै, र नाममा बिबिधता मात्र हो | नमस्तेलाइ जात/ठाउँ अनुसार झोर्ले, ज्वजलपा, सेवारो, गुड मर्निंग भनेजस्तै छाउ, छुइ, छाउपडी, पाखा सरेको, पन्छिएको, नछुने भएको आदि नामले चिनिन्छ | सबैको अन्तर्निहित कारण डर वा धर्म वा सस्कार हो जुन संसार भर नै छरिएर रहेका नेपालीहरु बीच अभ्यासमा छ |

२. बार्नुपर्ने कुराहरु: निजी र सार्बजनिक रुपमा महिनाबारी भएकी महिला, उनले भोग चलन गरेको सामग्री, बिरुवा, ठाउँ आदिका हिसाबले खान हुने नहुने, छुन हुने नहुने, हिडडुल गर्न हुने नहुने गरि झन्डै ४० भन्दा बढी बार्नुपर्ने कुरा हाम्रो समाजमा बिध्यमान छ |

३.    शक्ति निर्माण: करिब ६-१२ वर्ष भित्र केटा र केटीले महिनावारीका कारण बार्नु पर्ने कुराहरु थाहा पाउछन परिणाम स्वरूप केटीहरु आफु अशुद, पापी, सहनुपर्ने, प्रश्न गर्न  नहुने सामाजिकीकरण मा हुर्कन्छन  जहाँ उनीहरु विभेद, हिंसा भोगिरहेका हुन्छन भने केटाहरु शुद्, बोल्न सक्ने जस्ता धेरै सुविधाहरु लिएर हुर्कन्छन  र अन्तत पीडक बन्दछन | पिडित र पीडक अथवा शक्तिहीन र शक्तिविहीन अबस्था महिनाबारिले सिर्जना गर्यो |
३.यसर्थ महिनाबारी बार्ने चलन चाहे एउटा बारोस चाहे ४० वटा, चाहे घर भित्र होस् वा बाहिर जे भए पनि महिलाको स्थान दोस्रो स्थापित गराएर महिलामाथि सामाजिक, सास्कृतिक,मानसिक, शारिरिक राजनैतिक, आर्थिक, प्राबिधिक हिसाबले अल्पकालिन र दिर्घकालिन प्रभाब पारिरहेको हुन्छ | अझ स्पष्टसंग भन्ने हो भने नेपालमा महिलामाथि हुने यौन दुर्ब्यबहार, बलात्कार, चाडो बिबाह, पाठेघरको क्यान्सर, लगायत सम्पूर्ण यौनिक र प्रजनन अधिकारको हनन भएको हुन्छ | महिनाबारी बहुमुखी र जटिल प्रकिर्तिको भएको कारण यसलाई एकिकृत रुपमा सम्बोधन हुनु जरुरी छ | हाम्रो अभियानमा त्रुटी भएको गाठी कुरा यहि हो |

४. जसका लागि करिब दुइ बर्षअघि खानेपानी मन्त्रालयको अगुवाइमा महिला मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयको संयोजनमा मर्यादित महिनाबारी (मस्यौदा) नीति २०७४ तयार भएको भै सकेको छ, जसको आधारमा खास मन्त्रालयको खास कार्य योजना बनाएर सम्बोधन गर्नु पर्ने कुरा अपिल र अनुरोध गर्दछु |  

 मर्यादित महिनावारी एक खाका हो जसले  महिनाबारी सम्बन्धमा रहेको गहिरो अन्धबिस्वाश, डर र मौनतालाइ घर घरबाट, टोल टोल, स्कुल स्कुल वा जहातहीबाट महिनाबारीको जैबिक महत्वको बारेमा बाउ छोरी, आमा छोरा, दिदी भाइ आदिबीच बार्ता, बहसको माग गर्दछ |

मर्यादित महिनाबारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसस्कारलाई फोर्दै, चिर्दै शशक्तिकरण गर्दछ | जहाँ पिडितहरु अभियानकर्मी हुन्छन र राज्यले उनीहरुलाई सम्मान गर्दछ |

 मर्यादित महिनाबारीले हरेक केटि वा महिला वा तेस्रो लिंगीको महिनाबारी हुदा मर्यादा पुर्बक जिउन पाउने अधिकार सुनिस्चित गर्न सबै सरोकारवालाहरुलाई खबरदारी गर्दै उत्तरदायी बनाउछ |
तसर्थ नेपाल छाउपडीको देश नभई मर्यादित महिनाबारीको देश हो | यसका लागि हामीले गर्दै आएका गतिविधि र मान्दै आएका मान्यतामा पुनराबलोकन गर्नुपर्ने भने पक्कै छ र यसका लागि म माननिय मंत्री ज्युलाई पुन स्मरण गराउन चाहन्छु - शोकलाई शक्तिमा बदलौ, पुरुषको सहभागिता सार्थक पार्यौ |

बिस्वमा नै पहिलो पटक नेपालको नेतृत्वमा लैगीकतामा आधारित हिंसा न्यूनीकरण र मानब अधिकारको लागि मर्यादित महिनावारी दिबस मनाइरहेको आजको दिन मशिर २२ गते वा डिसेम्बर ८ यहाँहरुसंग मनाउन पाउदा ज्यादै नै खुशी र गौरभानित महशुस गर्दै सबैको घरमा महिनावारी भएका महिलाहरु मर्यादापुर्बक बाच्न पाएका छन् कि छैनन् म म गर्दै स्व मुल्याकन गर्नु हुन् अनुरोध गर्दै बिदा हुन्छु |

दारी र जुगा बरदान हुने, बाबा र दादा, प्रकृतिको उपहार,
महिनाबारी प्रकृति कै उपहार, हुन्छ कसरी पाप, श्राप र फोहोर
किताब..., धर्म ....सस्कार..., अनि कानुनको कुरा, म कस्को पताउ
महिनाबारी नभएरै कुन पुरुष जन्म्यो, लेखियो कुन धर्म, म कसरी बुझाउ



World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,