Friday, December 27, 2019

Two Opportunities for Nepal Government: Dignified Menstruation or Chhaupadi


नेपाल सरकारलाई दुइ अवसर: मर्यादित महिनाबारी कि छाउपडी

गत महिना प्रदेश सातको कार्यक्रममा एकजना नगरपालिका प्रमुखलाई चित्त दुख्यो `जब मैले नेपाल सगरमाथा र बुद्ध जन्मेको देश हैन छोरीहरु महिनाबारी हुदा छुट्टाउने, विभेद गर्ने देश हो भनेर चिनिएको छ भने' |  चित्त त मेरो पनि दुखेको छ, बिदेशी भूमिमा त्यो पनि एक्कैछिन एरपोर्टमा भेटिएको विदेशीले प्याच्च सोध्या कति चित्त दुख्योहोला | फेरी बास्तबिकता पनि हो | विधुतीय  संचारको जमानामा लुकाउन के नै सकिन्छ र ?



बास्तबमा महिनावारी भएका बेला केहि नै केहि बार्ने, लाज मान्ने, निषेध गर्ने चलन संसारभर नै छ तर गरिब, सानो देश भएको, कुनै कुनै नकारात्मक परिणाम झट्ट हेर्दा देखिने र अन्तरास्ट्रिय संचार माध्यमका कारण हाम्रो बढी गम्भीर कतिपय बेला भयो, कुनै बेला देखाइयो पनि | जस्तो सबै सर्पले टोकीएका किन मर्दैनन ? सफा घर र गुणस्तरीय महिनाबारी सामग्री प्रयोग गर्नेहरु किन मानसिक, शारिरिक, राजनैतिक आदि हिंसामा परिरहन्छन वा मर्यादापुर्बक बाच्न सकिरहेका छैनन् |

मानब अधिकार, लैगीकतामा आधारीत हिंसाको परिभाषा बनायौ, घरेलु हिंसा कसुर एन जस्तै महिनावारी सम्बन्धित धेरै नीति, कार्ययोजना पनि बनायौ  तर त्यहाभित्र हामी कसरी अटेका छौ छैनौ हेरेनौ भन्ने लाग्छ वा ब्यबहारिक पक्ष बिर्सियौ | दैलेखको महाबूगाउपालिका जुन करिब दुइ वर्ष अघि मानबअधिकार मैत्री गाउ घोषणा भएको तर सबै परिवार महिनावारीका सबै अर्थात् झन्डै ४० भन्दा बढी बार्नु पर्ने कुरा  बार्छन | त्यही जिल्लामा जातिय छुवाछूत उत्तिकै चरम छ भन्नलाई गत महिना मात्र दलित महिलालाई पधेरोमा छोएको नाममा टाउकोमा कुटेको समाचार नै काफी हुन्छ होला | यी त  प्रतिनिधी उदाहरण मात्र हुन् |

अमेरिका, युरोप जस्ता मुलुकहरुले एसिया, अफ्रिकामा काम गर्दागर्दै सिके तर फेरी पनि गरिब वा शरणार्थी वा घरबिहिन महिलाहरुलाई महिनाबारी सामग्री ब्यबस्था गर्न आर्थिक कारणले गारो हुन्छ भनेर ट्याक्समा काम गर्न थाले तथापी उनीहरुकोमा पनि हामीसंग मिल्ने, अलिक फरक स्वरुपमा महिनावारी बार्ने चलन हुदै नभएको भने होइन |

हाम्रोमा महिनावारी अभ्यास स्वीकार गरे, नगरे पनि थप जटिल र बहुमुखी छ जुन हामीले सिक्यौ | हामीले हाम्रा मात्र समस्या सिकेनौ, समस्या पनि पत्ता लगायौ, आगन्तुकहरुलाई प्रमाण सहित भन्न र गर्न सक्ने भएका छौ | यो प्राकृतिक नियम नै हो | समुन्द्रमा खेल्दा खेल्दै हो कोलम्बसले अमेरिका पत्ता लगाएको, राइट दाजुभाइले साइकलसंग खेल्दाखेल्दै हो जहाज उडाएको | आज पनि गहिरिएर हेर्ने हो भने अस्ट्रिया करिब सात महिना हिउ पर्छ हिउनै बेचेका छन्, अर्थात् हिउमा ब्यबसाय गरेका छन् समुन्द्र छैन भनेर टाउको समातेर बसेका छैनन् | गल्फ देशमा मरुभूमि छ, तर त्यसैमा ब्यबसाय गरेका छन्, अहो डाँडाकाँडा छैन भनेर रोएर बसेका छैनन् | फिलिपिन्स टापू नै टापूको देश हो जो त्यसैमा सम्भाबना देख्छ | जापान युद्दमा भेलियो तर त्यसैबाट सिक्यो | हाम्रा वरपर धेरै उदाहरण छन् जहाँ शोकलाई शक्तिमा रुपान्तरण गरेका छन् | चुनौतीलाई अबसरमा बदलेका छन् |अब पालो हाम्रो |

महिनाबारीको सबालमा सदियौंदेखि मरेका,हेपिएका, हिंसामा परेका, पलपल आत्म सम्मान गुमाएर मरेका तर जिउदा महिलाहरुको भुक्तभोगी हामी-हामीले समाधान नखोजे कल्ले खोज्छ, हामी जति जानिफकार अरु को हुनसक्छ, साच्चै हामी नेपालीहरु महिनाबारीका बिज्ञ हौ तर संगठित, बैज्ञानिक र नीतिगत ढंगले अघि बढ्न हामी हिचकिचाएका छौ, एक अर्कालाई स्वीकार्न अपमान ठानेका छौ | विदेशीले हेपेको पनि ठिक, जे भने पनि ठिक तर आफु भित्रै भएको जुक्ति, जागर बेठिक | कतै हामी    आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका त छैनौ | हामी सबैले गम्भीर हुनुपर्ने बेला आएको छ |

कुनै परिस्थितिबश अभ्यासमा आएका चलनलाई आत्मसात गर्दै प्राथमिकतामा राखेर संगठित, बैज्ञानिक र नीतिगत ढंगले अघि बढ्न हामीलाई कल्ले र केल्ले छेकेको छ ? रोकेको छ हाम्रो इच्छा शक्ति | नेपाल सरकार विशेषगरी महिला, खानेपानी, स्वास्थ्य, शिक्षा मन्त्रालयको | अनि मानब अधिकार, शान्ति, दीगोबिकाश लक्ष्य, शशक्तिकरण, स्वास्थ्य, शिक्षा, सरसफाईमा काम गर्ने गैर सरकारी निकायहरुको | स्वास्थ्य, शिक्षा, खानेपानी, शशक्तिकरण सबै महत्वपूर्ण र एक अर्कासंग जोडिएका सबाल हुन् तथापी मर्यादा जोडिएन भने सबै पक्षले सार्थकता पाउन सक्दैनन् |

हामीले हाम्रा सबल पक्षहरु जस्तो महिनाबारी कानुन, मर्यादित महिनावारी संसारमा नै शुरुवात गर्ने देश, मस्यौदा मर्यादित महिनावारी नीति २०७४, डिसेम्बर ८ लाइ १६ दिने महिला हिंसा बिरुदको अभियानमा मर्यादित महिनाबारी दिबस मनाउन नेपालले अगुवाई गर्नु, स्वतस्फुर्त मर्यादित महिनाबारीमा बिभिन्न तहमा काम गर्ने अभियन्ता, लेखक, सस्थाहरु आदिको आडमा गर्न सक्ने आधार र अवसर प्रशस्त छन् | हामीले यी सबल पक्षहरुलाई पहिचान र परिचालन गर्न नसक्नु हाम्रो आफ्नै समस्या हो | जब्बरजस्त आफैले समातेर, शंकैशंकाका पालेको समस्या हो |

गरिब र सानो देश भएको कारण यूरोप र अमेरिकामा सजिलै उचाई लिएका अभियान नेपाललाई लिन गारो त हुन्छ नै तर असम्भव भने छैन | मर्यादित महिनाबारी सुन्दा जति साधारण, र निजी   लागेको छ, त्यो कदापी होइन यसले अन्तरास्ट्रिय बजारमा अर्थ राख्छ | यो राजनीतिको सबाल हो |  मर्यादित महिनाबारीमा अनुसन्धान हुन थालेका छन्, डकुमेन्ट्री बन्न थालेका छन्, मर्यादित महिनावारी शब्दको प्रयोग कल्ले र कसरी भयो इतिहास खोजिन थालेको परिबेशमा नेपाल सुस्त वा ढलमल भयो भने सगरमाथा र लुम्बिनीमाथि धावाको प्रयास भए जस्तै नहोला भन्न सकिन्न |

मर्यादित महिनावारी नेपाललाई गौतम बुद्धको दर्शन झैँ नेपालको सिदान्त हो | मानब अधिकार, महिनावारी अधिकार, नारीवादी आन्दोलनमा नेपालको परिचय बन्नु चानचुने कुरा हैन भलै यसमा   यसलाई थप अनुशन्धान, अभिलेखीकरण, अभियान गर्दै, स्रोतहरुको परिचालन गरेर शशक्त गर्दै लानुपर्ने छ |

यसै पृष्ठभूमिमा नेपालले संसारैभर महिनाबारी सम्बन्धि जुनसुकै काम गर्दा पनि `मर्यादित महिनाबारी' वा `मर्यादा' लाइ केन्द्रमा राख्नुपर्छ भन्ने बिषयमा बिश्वब्यापी अभियानका लागि अपिल गर्नुपर्ने देखिन्छ | जस्तो आगामी जेठ १५ गते अन्तरास्ट्रिय महिनावारी सरसफाई दिबस मनाउदा पनि नेपालले `महिनाबारीका कुरा, मर्यादाले हुन्छ पुरा' वा `मिन्स्रुअल् टक, डिग्निटी फस्ट' नारा मार्फत संसारलाई नै आफ्नो पहिचान स्थापित गर्न सक्छ | दक्षिण गोलार्द्यीय मर्यादित महिनाबारी संजाल नेपालबाट पहल हुनु वा सचिवालय नेपालमा हुनु आफैमा अर्को अबसर हो | त्यही संजालले पहल गरिरहेको २०७७, जेष्ठ १३, १४ र १५ हुने अन्तरास्ट्रिय कार्यशाला गोष्ठीको अगुवाई नेपाल सरकारले अगुवाई गर्न सकेमा सुनमा सुगन्ध साबित हुनेछ | यसर्थ फेरी पनि  नेपाल सरकारसंग मर्यादित महिनाबारी स्थापित गर्ने र नेपालको पहिचान छाउपडीबाट मर्यादित महिनाबारीको देश बनाउन प्रशस्त अबसरहरु छन् उपयोग गर्ने कि नगर्ने, देख्ने कि नदेख्ने गर्ने भन्ने दुइ बिकल्प छन् |  हुन त माननीय महिला मन्त्रीज्यूले डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिबस घोषणा गर्न सयुक्त रास्ट्र संघमा पहल गर्ने प्रतिबद्ता सार्वजनिकरुपमा गरिसक्नु भएको छ जुन आफैमा सकारात्मक पक्ष हो |  

मर्यादा पश्चिम नेपालमा कुनै महिलाको महिनाबारी हुदाको पाच दिने बग्ने एक पसर रगतको मात्र कुरा होईन | सिदान्त त मानब अधिकारको कुरा हो, ब्यबहार त संबिधान कार्यान्यन गर्ने कुरा हो, सांकेतिक रुपमा स्वतन्त्रता, आत्म सम्मान कुरा हो | नेपाल सरकारलाई एउटा अवसरको कुरा हो |




World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,