Sunday, September 27, 2015

Appeal for Dialogue, Peace and welcome to constituion

       
 
तराइमा बलेको आगो र बर्बर बन्दै गएको सस्कारले एती बेचैनी बनाएको छ कि त्यो शब्दमा उद्द्रित गर्न सक्दिन। बिर्सिन खोजेर गाउ गाउ त डुले तर मैले शान्ति पाईन ।
समाज गतिशिल छ, जतिसुकै गरीब र सानो भएनी कुनै पनि देस एक्लो र सानो छैन तेसैगरी कुनै देस ठुलो र धनी छैन, हामीले कसरी हेरेउ हाम्रो भित्रको म र त को बिस्लेशन्ले मुख्य भूमिका खेल्दछ ।
लोक्तान्त्रिक समाज एसरी नै चल्छ जहाँ कसैका सबै सरोकार पुरा होवोइनन।
लोग्ने र श्वासनी, अर्थात एउटै बा आमाले जन्माएका छोराछोरि अर्थात जुम्ल्यहा बच्चामा त सबै एकै हुन सक्दैन ।
हामी बर्तमानमा बाच्नु पर्छ, देस केन्द्रबिन्दुमा राखेर हाम्रा माग राख्नु पर्छ । आमा नै मरिन भने आमालाई खाइ नखाइ बनाइदिएको हिराको गहना को के मतलब छ र, जसरी नि पहिले त आमालाई बचाउनु पर्नेमा दुई मत नहुनु पर्छ ।
आमालाई आइ सि यू मा राखेर कुनै पनि सन्तानले मलाई कल्ले के भन्यो, के गर्‍यो भनेर भन्नेहरुसँग झगडा गर्दै हिड्यो, आमाको मतलब गरिएन भने आइ सि यू मा आमा कतिदिन बाँच्न सक्लिन र ?
आमासँग रिसाएर आमाको कुरा अरुहरु सँग काट्दै, उनिहरुले छनिक रुपमा दिएको सहयोग समर्थन्ले के आमालाई आइ सि यू बाट सन्चो बनाएर बाहिर निकाल्न सकिएला ? के आमाको  गुन, रिन तिरिएला र ? सकिदैन। कदापी सम्भब् पनि छैन।
भन्नेहरुले जे पनि भन्छन, सुन्नेहरुले जे पनि सुन्न सक्छन, सबै देखेका, सुनेका कुरा सत्य हुन्नन, सबै भोगेका कुरा सबैलाई योग्य नलाग्न सक्छन।
अरुको पछी नलागी  आफ्नै हैसियतामा मरिमेटे अबस्य सम्भब् छ एकदिन ।
मैले महिलाको अधिकारमा जान्ने बुज्ने बेलादेखी नै लागे जतिखेर म आफ्नो घर, आमा बा मात्र जान्दथे र अहैले सम्म पनि मेरा माग पुरा भएका छैनन तर म आतिएको छैन, रिसाएर केही सार्वजनिक अहित गर्दै हिंडेको छैन।
हिरासतमा बस्ने देखी प्राय सबै खालको बिरोधको अनुभब  छ, पहुच नभएका कारण बाहिर आएनन वा सुनुवाई भएनन ।
तर बिग्रेको के छ र आधार बनेको छ, म एही देशको नागरिक हो, शान्ति पूर्वक मेरा अधिकार माग्न लोकतन्त्रले  अधिकार दिएकै छ्।
मन मिल्ने साथीहरु सँग बहस चल्दैछ, फेरी बार्तामा बसेर आफ्ना  अधिकार स्थापित गर्न सकिन्छ भन्नेमा बिस्वस्त छु र झन्डै ८ बर्षपछी  संबिधान आएकोमा खुशी पनि छु।
दिदी बहिनी, दाजु भाई, बाउ आमा घरभित्रैका परिवारसँग विश्वाश नगरेर कतिन्जेल स्वाभिमान टिकाउन सकिन्छ र .
भन्ने कुरा धेरै छन, अहिले एती नै, मेरो विचारमा सहमत् हुन पर्छ भन्ने छैन तर यो सत्य हो बार्ता बाहेक अर्को बिक्ल्प छैन .
चिनी, ग्यास त हिजो नभएर नि भाथ्यो, दुई चार दिन नभएर नि चल्छ , घर भित्र र बाहिर बैकल्पिकबाटा खोज्न सकिन्छ
तर गुमाएको मान्छे, सम्पत्ति, सस्कार फिर्ता हुन सक्दैनन .
मैले के गरे हुन्छ म गर्न तयार छु , म नेपाली हो , मलाई पहिले नेपाल चाहिन्छ चाहे नखाएर, बलात्‍कृत भएर वा कुनै बिसम परिस्थितीमा बाँच्न नै किन नपरोस .

I love my Country, My Love, My Pride,     

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...