Friday, October 30, 2015

किताबका मिठा कुरा,

किताबका मिठा कुरा, तिमी अड्की अडकी भन्छौ,
मानिस् हरु तिमीलाई विद्वान भन्छन, गला जोड्छन ।
म खरर बोल्छु, हतार हुन्छ, शब्दहरु खान्छु,
जिबन बोल्छु, अनुभुती बोल्छु, सत्य बोल्छु सबैलाई तितो लाग्छ ।
तिम्रो तलब मेरा निम्ती, तिम्रो सुख सुबिध मेरा कारण,
तिमीले लेखे पनि, खाए पनि, बोइङ उडे पनि मेरा लागि ।
म केबल देखाउनका लागि, म केबल तिमीलाई जिताउनका लागि ।
म नाँगै छु, तिम्रो फ्रेम भित्र पर्दैन, तिम्रो हाकिम् भुज्दैन,
म अदालत र वकिल धाउछु, तिम्रा कानुनलाई प्रमाण छैन ।
म मान्छु, तिमी बेस्त छौ, जिम जान भ्याएकै  छैनऊ ।
कनिकुथी अर्काले हानिदिएको फोन गर्छु, तिमी उठाउनौ ।
फेस्बुकमा सबैले भेट्छन रे, मै सित हराउछौ सधैं ।
मेरा अधिकार मलाई था छैन तर तिमी बोलेर थाक्दैनौ रे ।
जे गर गर , मलाई नछोइ गरे के हुँदैन त्यो ?

Journey of Menstrual Dignity, from Canada and Swizerland to Jumla

I went to Jumla after Long gap. I promised to visit Jumla at least once in a year. I visited in September 2022 so have to go in September 20...