Saturday, January 30, 2010

स्मृति

घाटी सुकेर,
सुस्केराले,
स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै पानी लिएर,
जिउदो आवाज त पक्कै नै आउने छैन.
तर,
आखा नदेखेर,
छामे पनि,
पिदौलाको खतले, स्मिर्ती आउने छे त्यो पानी घट्टमा,
भन्ने छे - दीडोको पानी धेरै उम्लिंछ कि छिटै आयेस.
मायाले मुसार्ने छे, सारीको फुर्को च्यातेर पट्टि लाउनेछे.

कान नसुनेर,
हेरिरह्दा,
स्मिर्ती आउछे,जुरुक्क उचाल्छे,
काखमा राख्छे, माया गर्छे,मायाले सुताउछे.
स्मिर्ती आमा भएर माया गर्छे, बा भएर स्नेह गर्छे, प्रेमी भएर प्रेम गर्छे.

आखा, कान दुवै नभएनी,
स्मिर्ती आउछे,कानमा फुस्फ्सौछे,
भाग,दौड, सत्रु तिमीलाई पिछा गर्दै छ,
लुक्देउ,झाडीमा सुत्, बाघ पनि फर्कोस,
सत्रु तर्सोस,उठ, झन्डा गाड!भन्छे.

मेरी स्मिर्ती, जानकी मन्दिर जान्छे,
कहिले भुटन देवीको मन्दिर त कहिले, गडी माइको मेला बनेर,
स्मिर्ती आइरहन्छे,झस्काई रहन्छे,

स्मिर्ती,
तोते बोल्दै आमा भन्छे,
सताउछे, फकाउछे, जिती छाड़छे,
तेस्मै प्रफुल्ल,संसार देखौछे.


बिदेस होस् वा स्वदेश,
गाउमा होसकी शहरमा,
एक्नासकी स्मिर्ती,
थाके, सक्दिन, हुन्न जानेकै छैन,
कहिले यस. यम. यस. मा,
कहिले इमेलमा, भानिरह्न्छे,
ज्यानको ख्याल गर है,
धेरै नै गर्न बाकी छ,

डोल्पा जान्छे,
बादी र पहिरोमा परेकालाई उदार गर्दै,
स्मिर्ती अउछे, भन्छे,सुनेउ आज फुको चिउरा नै भएनी खान बेबस्था भो.

मेरी स्मिर्ती चिन्तित छ,र पनि हसिरहंछे,
मेरो स्मिर्ती म संगै बस्छे,
रक्सि खान्छे, नाएट क्लब जान्छे,
झुट बोल्छे,चोर्छे, झूकौछे,
भन्छे स्मिर्ती, गल्ति भयो, अब गर्दिन.

निद्रा नपरेर,
ओलतोकोल्टो परिरहदा,
स्मिर्ती आउछे,
गोडा मिच्दिन्छे, कथा हाल्छे,
दाउराको भारी बोक्न नसकेर रोएको कथा,
नजानेर सालका पोथरा खेपका खेप गरेको गाथा,
थुन्को सिषा कलमले दिएको जाचको कथा,

बेस्त शहरमा,
जान्ने टोप्लिनेहरुलाई,
नाग्दै, उछिन्दै,
स्मिर्ती आइ, र भनि,
देखेउ अन्तत हाम्रो जित भयो,
एक गास खान, एक सरो लाउन,
तिम्ले सरिर बेच्नु पर्ने छैन,
तिमि अब एकलै पर्ने छैनौ,

स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै जिउदो आवाज त पक्कै नै आउने छैन.
तर
यो एक सर्को सास तेही स्मिर्तीका लागि तनिरहेछ.
स्मिर्ती लाई कुरिरहेछ

Saturday, January 23, 2010

शान्ति आउछे .

बाहुनबाले,
घिउ थप्दै थप्दै, बोलाए,
शान्ति ! शान्ति!! शान्ति !!!
बोलिन शान्ति, आइन .

मातिएर, पातियेर,
ऋण ले थाचारियेर,
गरुला, होला र खाउला,
भन्ने आसमा, बिदेसिएकाहरुले
प्रेमले, वियोगले,स्रदाले,
ब्लग र इमेलमा,
मरिहत्ते गरेर बोलाउदा,
सायेरी, गीत र कविता मा फक्कौदा,
साढे दुइ कि पाच,
अछरमा,
खुनसियेर,
कम्पुतेरको नानो झ्यालमा,
चेप्तिएर, लेसियेर बसेकी छे शान्ति,

त्रिकोड़े यात्रा,
बल्खु, सानेपा,कोतेस्वोरको,
टाएर संग धुलिंछे,धुवा संग फुस्सिन्च्चे,
लतारिएर घसारियेर,
दुब्ली, काली, ख्यौतियेकी छ शान्ति,
किचकन्या जस्तै बिलायेकी छे,

आफै तर्सिन्छे, उछितिन्छे, फुत्किरहंछे शान्ति,
राहत को आसमा,
कहिले गधा बनेर,कहिले झाकी हालेर,
लोत परेकी शान्ति,
बासुरीमा बज्न नसक्ने भएकी छे,
बहौलायकी शान्ति,
निबस्त्र, कहिले शिह दरबार, कहिले बनेस्वोर पुग्छे,

डाक्टर र नर्स आन्दोलनमा छन्,
अस्पतालमा ताला मारेको छ,
शान्ति बेहोस् छे,
शान्ति मरी भने,
मरेकी मरै हुन्छे,
फर्किन्न, खोला बगे जस्तै,
उदौउन्ना फेरी,हिउ पग्ले झैँ सकिन्छे,
तेसैले,
आन्दोलन फिर्ता गर,सफा हावा फेर्न देउ,
चिसो पानी छार्किदेउ,
तिम्रै हातको पानी,
तिम्रै माया, तिम्रै प्रेममा,
जाग्छे, उठ्छे, हासछे, नाच्छे,
तिमीलाई जबाफ पठाउछे, फेसबुकमा,
मैले तिमीलाई थपे,स्वीकार,
म तिम्रो उही,उस्तै, थाने शान्ति !

Thursday, January 7, 2010

मेरो परिचय !!

हासो र ठट्टाको तालमा,
साथीहरु कमेन्ट गर्छन,
म हरेक पलमा अस्तित्व खोज्छु रे,
हत्केलाको कापबाट झरेको चना जुठेल्न्मा टुसाए झैँ,


बसन्तको लाली गुरास फुर्के सरि,
म गौरबले छचल्किएको थिए,
मानौ समुन्द्रको पानि ठाउँ नपाएर छाल बनेका होउन.


औला भाच्दै गुनिरहे-सगरमाथा, लुम्बिनी, जुम्ला आदि आदि.......
कुन भनू, कुनको गुण के, सम्झिनको हतारो.....

नया साथीले हात पसार्दै सोध्यो कहाँबाट?
उत्तौलिएर मैले प्रतिप्रस्न गरे,
येव्रेस्ट सुनेका छौ?
सुनेकी छु?
म प्रफुल्ल हुदै उसको बोलि छुट्न नपाउदै सोधे,
कहाँ पर्छ?
भारतमा,

म पोखिए,
फुटे, राजमार्गमा मित लाएका बसको सिषा झैँ!
दातबाट पसिना छुट्यो,
जान्ने टोप्लियेकोमा पछुतो पनि,
समलिएको पारामा सुनाए, वृत चित्र देखाए गूगलअर्थमा.



पगोडई पगोडा को देश,
सयेकड़ा नब्बे बौध्हमर्गीहरुको देश,
पुन: प्रस्न गरियो!
मेरो घमण्डले नेटो काट्यो र प्वाककै बोले,
तिमि बौद्ध मार्गिहरुको देश,
तिमीलाई थाहा छ, बुद्ध कहाका हुन्?
आकासका ताराहरु गन्दै,उत्तर आयो फेरी उही,
मानौ उ तेही देसको नागरिक होस्!
सदासहएताको सिमा नागेर केहि गरिहाल्न हामी नेपालीको गीतले रोक्यो.

मेरो परिचयले मलाई सुकसुकाएर भनिरह्यो,
बुधबार जन्मेकी दिदि बुधिनी,
मंगलबार जन्मेका तल्लाघरे सान्दाई मंगले,
स्मिर्ती, प्रकिर्ती, सम्झना, बिनिता आदि आदि
सबैको त परिचय,तर ?

मेरो परिचयको रछ्यर्थ,
सगरमाथाको फोटो निधारमा टासेर,
लुम्बिनीको स्तम्भ काखीमा राखी.,
जुम्लाको धान पसरमा देखाउदै,
म हिडिरहेको छु, फगत् मेरो परिचयका लागि,

सगरमाथा पग्लेको छ रे,लुम्बिनीमा खिचातानी,
कहिले कुन प्रदेश त कहिले कुन राज्य,
मेरो परिचय अझै नि उस्तै अन्धधुन्ध !!!

मेरो परिचय अनसन, बन्द हड्तालले कहिले देलान,
मेरो नाम भन्न नजान्नेहरुलाई, मेरो नाम कहिले सिकाई देलान ,
अब फेरी पनि मेरो नाममा भित्र वा बाहिरबाट, षड्येंत्र भयो भने,
म सगरमाथाको अठोट लिएर, बुद्धको सिद्दान्तमा,
यार्स्वगुम्बा टिपे झैँ
मेरो परिचयको एक एक मूल्य चुकाउन सकिन भने......?
म सक्दिन……


स्कुलबाट फर्कदै गर्दा,
सरुवा घारी र मन्दिरको एकान्तमा,
म बलत्कृत भए.

ट्युशन पड्ने बाहानमा बलत्कृत,
छिमेकी दाई,
काका र बाउ भन्नेहरुबाट,
म पटक पटक मेरै घरको पूजा र भण्डार कोठामा.


महिनाबारी बार्ने बहानमा,
लुक्न बसेको घर र गोठमा,
म गाउका भद्रहरुबाट लुटिए,


मिठा मिठा सपनाहरुको साथमा,
ठुला ठुला होटेलहरुमा,
हयुस्कीको चुस्कीको साथ म बलत्कृत भए.


बिबाहको औपचारिकता सकियो,
कहिले पति ब्रताको नाममा, कहिले सुशीलाको नाममा,
मुर्दो सरि म बलत्कृत भइरहे.


आत्मा निर्भर बन्ने रहरमा, कार्यालय छिर्दा,
सिप सिकाउने र बदुवाको साथमा,
म बलत्कृत भइरहे.


मनको भरि, बिसाउने निर्णय गरेर,
दुनियाको लच्मन रेखा पर गर्दै, कानुनविद्कोम़ा गए,
प्रतिउत्तरमा म बलत्कृत भए.



बलत्कारको चित्कार बाट, आत्महत्यालाई, पन्छाएर,
अधिकार र न्यायेको भिख माग्दै,
म पुलिसकोमा गए,
तुरुन्त सहयोगको नाममा बलत्कृत.


अन्यायसग जुध्नलाई म,
आवाज बिहीनका आबाज बोल्नेहरुका गए,
मेरो कथा सुनाईएन, मेरो बेथा छापिएन,
रेक्डरम़ा कैद गरिएको म,
पुन पुन बलत्कृत भइरहे.


म दिदि बहिनि रहन सकिन,
आदर्श श्रीमती पनि,
म आमा र हजुरआमा बन्न सकिन,
मैले जन्माएका छोराहरु,
रुप फरक, स्वरूप,फरक, फरक गर्दै,
मैले स्याहरेका पासुलाहरु मलाई बलत्कार गरिरहे,
म सम्झिन सक्दिन, म कति पटक,कहाँ कहाँ बलत्कृत भए?

(Indeed, I wrote this version first,I do not why I like to translate in Enligh and posted, I also put it here later)

Tuesday, January 5, 2010

Karnali and its Rights

कर्णाली र यसको अधिकार !
गरिब राष्ट्रहरुको सुचिमा १४ मा परेको नेपाललाई पूर्व मेची देखि पश्चिम अञ्चल,उत्तर हिमालदेखि दछिडमा भारतको सिमानामा एक एक गर्दै केलाउने हो भने चाए त्यो ताप्लेजुंग होस् वा धनुषा को सम्म फाट वा धनगडी, कर्णालीको बिडम्बना उस्तै उस्तै हो. साचिकै ब्व्हान्ने हो भने ललितपुर, भक्तपुर र कठ्मंदुं का छेउछौका बस्तीहरु पनि उस्तै मारमा परेका छन्.उनीहरुको पनि टाउको लुकाउने बास छैन,उभिने जग्गा छैन, बिहान खायो बेलुका के खाने, बेलुका खायो बिहान नभयेनी हुन्थ्यो जस्तो अवस्था छ. तर यो भन्दा पनि अलिक फरक र गम्भीर प्रकृतिको भने कर्णाली बासीको अबस्था छ.
कसै कसैको मनमा प्रस्न उठ्नु स्वाभाविक हो किन कर्णाली फरक?गरिबी सबै उस्तै त हुन्छनी?
हो फरक छ किन भने तपाई कि छोरि काली हुनुमा, तपाइको छोरा लाम्घरे हुनुमा, तपाई फरक दंगले शसक्त जन्मिनुमा, तपाई कि श्रीमती गोरी हुनुमा तपाइको, तपाई कि श्रीमती, तपाई का बा आमा, तपाई क़ा सासु ससुराको के दोस? तेसरी नै त्यो गरिबीमा फरक पनि छ दोस पनि हामी कर्णाली बासीको छैन.
सायद, तपाई को छोरिलाई ब्ल्याक बिउटी भनेर पछाडी लाग्नेहरुको घुएच्यो होला, तपाइको छोरालाई बा हर्मोन मा गडबडी भयो कि भनेर राजधानिका राम्रा र गतिला टोप्लियेका अस्पताल र डाक्टर को मा लाइन बसेर थाक्नु भएको छैन होला? तपाइको प्रेम बिबाह होस् वा मागी बिबाह होस्, पक्का पक्कि भएका दिन कति भाग्येमानी ठान्नु भयो होला, अरु यस्तै कति कति ....

हो यसरि नै कर्णालीले पनि उसको प्रकिर्तिको प्रसंशा पाउनु पर्ने होएँ र? कर्णाली को बिसेषता किताबका पाना, पानामा लेखिनु पर्ने हैन र ? जुम्ला, डोल्पाका स्याऊ बिदेसिनु पर्ने होइएन्न र ?तेया उम्रेका गुची च्याउ र यार्सागुम्बा सिलबन्दी गरेर संसार का कुना कुना का रेस्टुरेन्ट र होटेल हरुमा पाक्नु पर्ने होइएनन् र? हिउमा चिप्लेटी खेल्ने बिदेसी ठिटाठिटी समुन्द्रका छेउमा लर्को लागे झैँ लाग्नु पर्ने होइएनन् र? विदेश बाट अत्तर र जडिबुटीहरु माग पुरा गर्न नसकेर माफ माग्नु पर्ने थिएन र? नेपाली युवाहरु ले नभ्याएर बिदेसिहरुले काम सघाई दिनु पर्थ्यो हैन र?

तर तेसो हुन् किन प़ाउथ्यो र? कसलाई टाउको दुखेको छ र? न बाउ पट्टिको न आमा पट्टिको!उल्टो बच्चा बच्चीहरु कोहि गातो च्यातिएको किताब च्यापेर बाकल्ले छाएका स्कुल, नागो खुट्टा र भोको पेटमा पढे झैँ गर्दै होलान त कोहि खियौटे गाईको गोठालो जादै होलान, कोदोको लोप्र्यो नुन र खुर्सानी सग बल्ल तल्ल निल्दै होलान.कोहि भाई बहिना हेर्दै होलान, आमालाई सघाउदै होलान.किन भने भोका पेटहरु भर्न, नागो हरहरु छोप्न सकिन्छ कि भन्ने आसै आसमा दाईहरु, बाहरु कुम्लो बोकेर परदेश गएका छन्.

परदेशबाट के के लेउ छन् ति अबोध श्रीमती र केटाकेटीलाई के थाहा?भारी नै बोकेर, भाडा नै माजेर, ल्याएका दुइ चार जोर लुगा, एक दुइ पुरिया बिस्कुट, एक पाउ नरिबल,मिस्री र जिरा हातमा रहनुन्जेल त त्यो स्वदेश र विदेशको अपमान त बिर्सियेला तर तेसले परेको दिर्घ कालिन असरका बारेमा कल्ले सोच्ने?कसले जिम्मा लिने?
सन् २००३ मा कर्णालीको जुम्ला अस्पतालमा कर्णालीकै एतिहासिक रक्त संचार सेवा र सुत्केरी अप्रेसन गर्ने सन्दर्भमा एक एच आइ भी र हेपातैटिस बि पोजेटिब देखियेको आज सम्म के भो होला?बर्सेनि भारत जानेहरुले नजानेर वा बैरागीयेर बाटो बिरौदा आज त्यो संख्या कति पुग्यो होला? गोठालो जिबन मा रमाएका केटाकेटीले भाबिस्येको कर्णधार कसरि बन्छन होलान? एक पेट दरो खान नापुने हरुले पिरल कसरि बोक्दा हुन्, बर्सेनि कसरि सृस्ती भर्दा हुन्?

तेसो त कर्णाली बासीले राजधानी सरकारलाई गुण नलगाएको नै कहाँ हो र? २००७ साल होस् वा २०३६ साल, २०४६ होस् वा २०६१/६२ हरेक आन्दोलनमा कर्णाली तात्छ!बन्द पनि गर्छ! ताला लाउछ! तेतिले नपुगे २०५९ मा माओबादीको भिसन आक्रमण पनि खेपेकै हो?शहिदहरु पनि जन्माएकै हो, नेताहरु हुर्कायेकै हो. तर आज केहि पनि नगरे झैँ भाको छ.

नागो हर र भोको पेटमा स्वाभिमान कति दिन टिक्छ र ? सिनेमाको एक्लो हिरोले सबैलाई मारेर जित गरे झैँ जित कहाँ सम्भब छ? देसको माया कति दिन लाग्ना सक्छ र ? रितो पेटले राष्ट्रिय गीत गाउँन थाकेर आत्मा समर्पण गरेर कुल्ली र दरबान हुन् जानेहरुलाई प्रधान मन्त्रि ज्यु आफ्ना भाई भातिजोलाई जागिर लगाउने छोडेर के सोच्द्थ्ये? राजधानी गए तेही दरबार, नेपालगंज गए तेही घर,कर्णाली गए साहेब बन्न पाएकाहरुलाई जमुनियामा पोको काखी च्यापेर बोडर तिर हानिएको धुएरो रोक्न के रहर? सिमन्नामा उता गए उताका, यता आए येताका पुलिस र आर्मीले झोला छ्ताछुला पारेको रमाइलो मान्नेहरुलाई फरक दाई, फर्क दिदि, तिम्रो मेरो बराबरी अधिकार छ, हामी मिलेर माग्ने हो, लिने हो भन्न लाई कसको मुटु पोलेको छ र?
तिस लाख जनतालाई बेमौसम मा कति अन्न चाहिन्छ,कति आयोनुन आबस्यक पर्छ?बिरामी दर, कति छ? औसधि कति चाहिन्छ, डाक्टर, नर्स कति हुनुपर्छ भनेर दुइ घन्टाको हिसाब गर्न छोडेर, यो सरकार पखाला लाएर मरेपछि सुन्ने, भोकमरी लाएर लड्दै,पर्दै विदेसिए पछी मात्र सुन्ने कस्तो हुतिहारा सरकार हो? के लोकतन्त्रको सरकार यस्तै हो? यसकै लागि हामी लडेको हो? मरेको हो?

कर्णालीबासीहरु यसरी एक एक गर्दै पलाएन भएर जाने हो भने ति सामन्तहरुलाई कल्ले खबरदारी गर्छ? बारम्बार झुटा कुराको खेति गरेर नअघाउने कोरी सरकार सग को लड्छ? लोकतन्त्र मा साथ दिनेहरुसग मिलि यो निस्र्मी सरकार सग लडौ, हाम्रो आफ्नो अधिकार लिएर छाडौ, कहिले कहिँ लाग्ने गरेथ्यो हामीले लडेको पुगेन कि? हामीले हाम्रा लागि लडेका छैनेउ कि, उनीहरुलाई भर्यांग मात्र बनायेउ कि? आज साबित भएको छ- हामी आफ्नो लागि एक हुनै छ,आफ्नो लागि लड्न छ, तेसैले फर्क, फर्क !
(It is publishes in Jan 6, 2010 in www.onsnews.com)

Monday, January 4, 2010

I Can’t ………how many and where I raped?

While returning from school,
Lonely place of bush and temple,
I raped.

At a cost of home tuition,
Brother of Neighborhood,
So called uncle and fathers,
Profoundly raped at my worship and store room,

At a cost of menstrual taboo,
Hiding home and cowshed,
I victimized from so called intelligent,

Many dreams along with my lover,
At nice and large hotels,
I raped with sips of whisky,


Formality was over of marriage ,
At the name of ideal wife and greatest lover,
I accept rape without any comment.

Wishing for independent, entered at office,
At a name of skills learning and promotion
Continuously I raped!!

Determined to put off my mind’s load,
Crossed the customary law, reached at a door of lawyer,
In response, I raped!!

Escaped from suicide, blowout from raped and sorrows,
Begging rights and justice,
Reached to police,

I raped at a cost of prompt response!
Fighting for injustice myself,
Reached to institute who speaks for voiceless
Neither broadcasted not printed my story and pain,
Confined at recorder,
I raped time and again.

Unable to remain sisterhood,
Neither ideal wife as well,
Nor mother and grandmother,

My Sons!
Differs in nature and forms,
I raped by these muscles, endurance which I cared,
Can’t remember, how many times and where I raped!


(Government announce 2010 for VAW year having with poor law enforcement, what governemnt doing?)




World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,