मेरो परिचय !!
हासो र ठट्टाको तालमा,
साथीहरु कमेन्ट गर्छन,
म हरेक पलमा अस्तित्व खोज्छु रे,
हत्केलाको कापबाट झरेको चना जुठेल्न्मा टुसाए झैँ,
बसन्तको लाली गुरास फुर्के सरि,
म गौरबले छचल्किएको थिए,
मानौ समुन्द्रको पानि ठाउँ नपाएर छाल बनेका होउन.
औला भाच्दै गुनिरहे-सगरमाथा, लुम्बिनी, जुम्ला आदि आदि.......
कुन भनू, कुनको गुण के, सम्झिनको हतारो.....
नया साथीले हात पसार्दै सोध्यो कहाँबाट?
उत्तौलिएर मैले प्रतिप्रस्न गरे,
येव्रेस्ट सुनेका छौ?
सुनेकी छु?
म प्रफुल्ल हुदै उसको बोलि छुट्न नपाउदै सोधे,
कहाँ पर्छ?
भारतमा,
म पोखिए,
फुटे, राजमार्गमा मित लाएका बसको सिषा झैँ!
दातबाट पसिना छुट्यो,
जान्ने टोप्लियेकोमा पछुतो पनि,
समलिएको पारामा सुनाए, वृत चित्र देखाए गूगलअर्थमा.
पगोडई पगोडा को देश,
सयेकड़ा नब्बे बौध्हमर्गीहरुको देश,
पुन: प्रस्न गरियो!
मेरो घमण्डले नेटो काट्यो र प्वाककै बोले,
तिमि बौद्ध मार्गिहरुको देश,
तिमीलाई थाहा छ, बुद्ध कहाका हुन्?
आकासका ताराहरु गन्दै,उत्तर आयो फेरी उही,
मानौ उ तेही देसको नागरिक होस्!
सदासहएताको सिमा नागेर केहि गरिहाल्न हामी नेपालीको गीतले रोक्यो.
मेरो परिचयले मलाई सुकसुकाएर भनिरह्यो,
बुधबार जन्मेकी दिदि बुधिनी,
मंगलबार जन्मेका तल्लाघरे सान्दाई मंगले,
स्मिर्ती, प्रकिर्ती, सम्झना, बिनिता आदि आदि
सबैको त परिचय,तर ?
मेरो परिचयको रछ्यर्थ,
सगरमाथाको फोटो निधारमा टासेर,
लुम्बिनीको स्तम्भ काखीमा राखी.,
जुम्लाको धान पसरमा देखाउदै,
म हिडिरहेको छु, फगत् मेरो परिचयका लागि,
सगरमाथा पग्लेको छ रे,लुम्बिनीमा खिचातानी,
कहिले कुन प्रदेश त कहिले कुन राज्य,
मेरो परिचय अझै नि उस्तै अन्धधुन्ध !!!
मेरो परिचय अनसन, बन्द हड्तालले कहिले देलान,
मेरो नाम भन्न नजान्नेहरुलाई, मेरो नाम कहिले सिकाई देलान ,
अब फेरी पनि मेरो नाममा भित्र वा बाहिरबाट, षड्येंत्र भयो भने,
म सगरमाथाको अठोट लिएर, बुद्धको सिद्दान्तमा,
यार्स्वगुम्बा टिपे झैँ
मेरो परिचयको एक एक मूल्य चुकाउन सकिन भने......?
Thursday, January 7, 2010
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...