नमस्कार !
यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
कोशी बाढी देखि आजसम्म आइपुग्दा रसुवागढी महाबिपत खेपिरहेका छौ | यो दुखको
क्षणलाई ब्याख्या गर्न कुनै शब्द नै छैन |
यो दुखद घडीमा सरकारको प्रयत्न प्रसंशनीय छ |
एकद्वार प्रणाली राम्रो हो तर एकद्वार प्रणाली नै कति संबेदनशील, सक्षम छ ?
बिपतमा किताबमा पढे जस्तो वा पहिलो विपदमा सिकेको अनुभवले पनि भ्याउदैन | हरेक
विपत फरक फरक प्रकृतिको हुन्छन |
हुन् त चाहे विपदमा काम गर्न जो सुकैलाई पनि सजिलो छैन/हुँदैन |
थुप्रै घुसपेठ पनि हुन्छन | राजनीति हुन्छ | विपद टुरिजम हुन्छ | विभेद हुन्छ
| हिंसा हुन्छ | भ्रष्टाचार हुन्छ | नराम्रा मानिएका सबै कुरा हुने सम्भावना हुन्छ
|
तर नराम्रो पनि हुन् सक्छ भनेर हात नै बाँधेर बस्न पनि भएन नी |
अनुभव र अनुसन्धानले भन्छ, यतिले पुग्दैन | पुग्दै पुग्दैन |
जब बाँचेका, उद्दार गरिएका मानिसहरुसंग फोन हुनेछ, उनीहरुले लाईभ आएर भन्नेछन,
राज्य/सरकार कहाँ थियो, कहाँ थिएन |
कसैले जस दिनु नदिनु भन्दा पनि पहिले हर इच्छुक नेपाली जहाँ भए पनि हातेमालो
गर्न पाउनुपर्छ |
केहि दिनमा सहयोग गर्न तम्सिएका मानिसहरुले पीडा बिर्सनेछन्, आफ्नै लयमा
फर्कने छन् | उनीहरुले बिर्सनु अघि उनीहरुलाई सहयोग गर्ने बातावरण दिनुपर्छ |
परिस्थिति र इच्छा अनुसार कोहि प्रभावित क्षेत्रमा नै जाने कोहि घरबाट नै
गर्ने हुन्छन |
लामो समयदेखि विपद ब्यबस्थापनमा काम गरेका, पढेका, प्रभावित क्षेत्रमा जान
चाहनेहरुले जान पाउनुपर्छ |
पक्कै पनि सरकारले त्यस्ता ब्यक्ति/संस्थालाई अनुकुल बतावाबरण बनाउनु पर्छ |
बिपदले न महिनावारी, न सुत्केरी, न महिनावारी सुकेकी महिला न अपांगता भएको, न
सिमान्तकृत, लैगिक तथा यौनिक अल्पसंख्यक आदि केहि, कोहि पनि हेर्दैन |
प्राय: उनीहरुको संख्या आधा भन्दा बढी हुन्छ (पाठेघर लिएर जन्मिएकाहरुको
संख्या) |
तर उनीहरुलाई आबश्यक पर्ने सामग्री, उनीहरुको प्राथमिकता राहतको काममा परेको छ
होला त ?
प्रभावितहरुलाई पनि शसक्तिकरण गर्न, उनीहरुको मर्यादा केन्द्रमा राखेर राहतको
काम अघि बढाउन, सरकारको अहिलेको संरचनाले पुग्दैन |
हिलोबाट निकालेको गर्भवती, वा महिनावारी भैरहेको व्यक्तिलाई ध्यानमा राखेर
ब्यबस्थापन गर्न जति सजिलो सुनिन्छ त्यति सजिलो छैन |
बालबालिकाहरुलाई एक छाक चिउराले मात्र उनीहरुको मन मस्तिष्कलाई पुनस्थापना
गर्न सकिदैन |
काठमाडौँ वा सम्बन्धित जिल्लाको चेकपोस्टको पायक पर्ने प्रस्थानबिन्दु खडा
गरेर, आबश्यकताको आधारमा, सरकारले प्रभावित समुह वा क्षेत्रमा राहत वितरण र
ब्यबस्थापन गर्न सक्यो भने मात्र हामी थप पीडा विना नै यो विपतिलाई पार लगाउन
सक्छौ होला | बिगतका विपति ब्यबस्थापनले यिनैकुराहरु सुझाउछन् |
त्यसैले सरकारले पुराग्राही नभई सहयोग गर्ने व्यक्ति/संस्थाहरुलाई अर्थपूर्ण
परिचालन अबिलम्ब गर्नुपर्छ |
बिदेशी संस्था हाम्रो फोटो देखाएर प्रभावित क्षेत्रमा छन | बिदेशमा रहेका
संस्थाहरुले पनि त्यसै गरिरहेका छन् |
समाज कल्याण परिषद पनि सहयोग गर्न अपील गरिरहेको छ तर स्थानीय संस्थाहरुलाई
फेरि एकद्वार प्रणाली भनेर फिल्डमा जान सहजीकरण गरिरहेको छैन |
सबै त हैन, केहि संस्था र व्यक्तिहरु यो देशमा भुइँ मान्छेका सवाल उठान गर्न,
विपद ब्यबस्थापनमा अनुभवी छन् उनीहरुलाई सरकारले कल गर्नु पर्छ |
फेरि पनि बाटोको निकास, खानेकुराको पोको आकाशबाट खसाल्ने जस्ता देखिने,
सोलोडोलो देखिने काम मात्र विपद ब्यबस्थापन होइनन |
प्रधानमन्त्रीको राहतकोषमा रकम कति जम्मा भयो भन्ने मात्र हाम्रो नतिजा वा
समाचार बन्नु हुँदैन |
हात मुख जोर्न जुम्ला देखि रसुवा हाइड्रोपावरमा मजदुरी गर्न गएको मान्छे बल्लबल्ल
बचेको छ उसले के पायो, जुम्लामा उसको परिवारलाई कसरी राहत मिलाउन सकिएको छ भन्ने
कुरा मुख्य र केन्द्रमा राखिनुपर्छ जस्तो लाग्छ (जुम्ला यो एउटा उदाहरण मात्र हो,
हरेक प्रभावितले यो हक राख्छन)|
बचेका हरेक व्यक्ति यो देशका उही हैसियतका व्यक्ति हुन्, कोहि पनि छुट्नु
हुदैन | कोहि पनि फेरि पिडामा पर्नु हुँदैन |