नर्भिकले
निम्त्याएको निस्पटता
तिनग्टिंग....... तिनटिंग
....... आबाज आयो
बाहिर थिए,
दौडिएर भित्र गए ।
मलाई फोन मिस गर्न मन थिएन तर जे
लुगा लगाएको थिए त्यसमा गोजी थिएन । त्यसैले
फोन घरभित्र र बाहिर जताबाट
पनि सुनिने र् टिप्न मिल्ने गरी झ्यालमा राखेको थिए ।
घरमा ८१ बर्षको बा भित्र पल्टिरहनु भएको थियो । घरिघरि सोद्यै हुनुहुन्थ्यो किन
तीन घण्टा लाग्यो होला हगी
? भाई बहिनीले डाक्टरसँग कुरा गरे
होलान नि ?
बिचमा बेहोस् गर्ने डाक्टर आएर
भनेका थिए रे धेरै च्यातिएको रहेछ, त्यसैले ढिलो भो मैले जबाफ दिए |
मैले बेहोस् गराउने काम २०५१ -२०५५ सम्म गरेकोले मेरो परिवार
केही बुझ्छ र सहयोगिको भूमिका पनि
खेल्न कोशीस गर्छ ।