Saturday, January 23, 2010

शान्ति आउछे .

बाहुनबाले,
घिउ थप्दै थप्दै, बोलाए,
शान्ति ! शान्ति!! शान्ति !!!
बोलिन शान्ति, आइन .

मातिएर, पातियेर,
ऋण ले थाचारियेर,
गरुला, होला र खाउला,
भन्ने आसमा, बिदेसिएकाहरुले
प्रेमले, वियोगले,स्रदाले,
ब्लग र इमेलमा,
मरिहत्ते गरेर बोलाउदा,
सायेरी, गीत र कविता मा फक्कौदा,
साढे दुइ कि पाच,
अछरमा,
खुनसियेर,
कम्पुतेरको नानो झ्यालमा,
चेप्तिएर, लेसियेर बसेकी छे शान्ति,

त्रिकोड़े यात्रा,
बल्खु, सानेपा,कोतेस्वोरको,
टाएर संग धुलिंछे,धुवा संग फुस्सिन्च्चे,
लतारिएर घसारियेर,
दुब्ली, काली, ख्यौतियेकी छ शान्ति,
किचकन्या जस्तै बिलायेकी छे,

आफै तर्सिन्छे, उछितिन्छे, फुत्किरहंछे शान्ति,
राहत को आसमा,
कहिले गधा बनेर,कहिले झाकी हालेर,
लोत परेकी शान्ति,
बासुरीमा बज्न नसक्ने भएकी छे,
बहौलायकी शान्ति,
निबस्त्र, कहिले शिह दरबार, कहिले बनेस्वोर पुग्छे,

डाक्टर र नर्स आन्दोलनमा छन्,
अस्पतालमा ताला मारेको छ,
शान्ति बेहोस् छे,
शान्ति मरी भने,
मरेकी मरै हुन्छे,
फर्किन्न, खोला बगे जस्तै,
उदौउन्ना फेरी,हिउ पग्ले झैँ सकिन्छे,
तेसैले,
आन्दोलन फिर्ता गर,सफा हावा फेर्न देउ,
चिसो पानी छार्किदेउ,
तिम्रै हातको पानी,
तिम्रै माया, तिम्रै प्रेममा,
जाग्छे, उठ्छे, हासछे, नाच्छे,
तिमीलाई जबाफ पठाउछे, फेसबुकमा,
मैले तिमीलाई थपे,स्वीकार,
म तिम्रो उही,उस्तै, थाने शान्ति !

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...