स्मृति
घाटी सुकेर,
सुस्केराले,
स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै पानी लिएर,
जिउदो आवाज त पक्कै नै आउने छैन.
तर,
आखा नदेखेर,
छामे पनि,
पिदौलाको खतले, स्मिर्ती आउने छे त्यो पानी घट्टमा,
भन्ने छे - दीडोको पानी धेरै उम्लिंछ कि छिटै आयेस.
मायाले मुसार्ने छे, सारीको फुर्को च्यातेर पट्टि लाउनेछे.
कान नसुनेर,
हेरिरह्दा,
स्मिर्ती आउछे,जुरुक्क उचाल्छे,
काखमा राख्छे, माया गर्छे,मायाले सुताउछे.
स्मिर्ती आमा भएर माया गर्छे, बा भएर स्नेह गर्छे, प्रेमी भएर प्रेम गर्छे.
आखा, कान दुवै नभएनी,
स्मिर्ती आउछे,कानमा फुस्फ्सौछे,
भाग,दौड, सत्रु तिमीलाई पिछा गर्दै छ,
लुक्देउ,झाडीमा सुत्, बाघ पनि फर्कोस,
सत्रु तर्सोस,उठ, झन्डा गाड!भन्छे.
मेरी स्मिर्ती, जानकी मन्दिर जान्छे,
कहिले भुटन देवीको मन्दिर त कहिले, गडी माइको मेला बनेर,
स्मिर्ती आइरहन्छे,झस्काई रहन्छे,
स्मिर्ती,
तोते बोल्दै आमा भन्छे,
सताउछे, फकाउछे, जिती छाड़छे,
तेस्मै प्रफुल्ल,संसार देखौछे.
बिदेस होस् वा स्वदेश,
गाउमा होसकी शहरमा,
एक्नासकी स्मिर्ती,
थाके, सक्दिन, हुन्न जानेकै छैन,
कहिले यस. यम. यस. मा,
कहिले इमेलमा, भानिरह्न्छे,
ज्यानको ख्याल गर है,
धेरै नै गर्न बाकी छ,
डोल्पा जान्छे,
बादी र पहिरोमा परेकालाई उदार गर्दै,
स्मिर्ती अउछे, भन्छे,सुनेउ आज फुको चिउरा नै भएनी खान बेबस्था भो.
मेरी स्मिर्ती चिन्तित छ,र पनि हसिरहंछे,
मेरो स्मिर्ती म संगै बस्छे,
रक्सि खान्छे, नाएट क्लब जान्छे,
झुट बोल्छे,चोर्छे, झूकौछे,
भन्छे स्मिर्ती, गल्ति भयो, अब गर्दिन.
निद्रा नपरेर,
ओलतोकोल्टो परिरहदा,
स्मिर्ती आउछे,
गोडा मिच्दिन्छे, कथा हाल्छे,
दाउराको भारी बोक्न नसकेर रोएको कथा,
नजानेर सालका पोथरा खेपका खेप गरेको गाथा,
थुन्को सिषा कलमले दिएको जाचको कथा,
बेस्त शहरमा,
जान्ने टोप्लिनेहरुलाई,
नाग्दै, उछिन्दै,
स्मिर्ती आइ, र भनि,
देखेउ अन्तत हाम्रो जित भयो,
एक गास खान, एक सरो लाउन,
तिम्ले सरिर बेच्नु पर्ने छैन,
तिमि अब एकलै पर्ने छैनौ,
स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै जिउदो आवाज त पक्कै नै आउने छैन.
तर
यो एक सर्को सास तेही स्मिर्तीका लागि तनिरहेछ.
स्मिर्ती लाई कुरिरहेछ
Saturday, January 30, 2010
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...