Saturday, February 6, 2010

DAMAI

दमै

औला थरर्थरी काम्दा काम्दै,
धुकधुकी बढ्दा बढ्दै,
दुसाहस गरे यो सिर्षकमा एकछिन भुन्लाई
माफ गर्दै पड्नु होला,चित्त कतै फाटी हाल्यो भने.

चैत मासको हुरीले खसालेका,
आप टिप्न जादा,
लछारिएको गुंड, खुरु खुरु मर्मत गरिरह्यो.
भदौरे घाम, घाम पछिको मुसलधारे पानि
लुरु लुरु,आफ्नो काम गरिरह्यो,

एकादसीमा सबै नारायणी गए,
मागे संक्रान्तिमा देवघाट,
सुरु सुरु आफ्नो धन्दा सकीरह्यो,

बच्चा बचीको सुसार,
सुत्केरीको थान्कोमानको
इस्ट मित्रको मान मनितो,
चाड पर्ब,सधै जुतीरह्यो

रिस छैन कसै संग,बोलेकै सुन्न रहर,
छोरा छोरि, ठुलो सानो सबलाई सम्मान बेब्हार.

सानो लामलामो डंदुर भित्र,
जति, जस्ता भएनी अट्न सकेको,
मेलमिलापको नमुना,
मायापिरतीको उन्माद,
राजेश, झरना र नारन गोपाल,

मेहनती हुनुपर्ने उसको नाम,
मिलन्सरी राख्नुपर्ने,
नमुना जोडी भन्दै सम्मान गर्नुपर्ने,
पत्रिकमा आउनुपर्ने,टि भी मा देख्नुपर्ने,
नोबेल पुरस्कारको मनोनितमा पर्नुपर्ने,
शान्ति को दुत भन्नु पर्ने,

मान्छेले
प्रकृति माथि गरेको सोषण,
जिम्मा लिन आतुर बन्दै,
मोचानार्थ, दमै चरालाई सम्मान छ,
गल्ति दोहोरिने छैन,
सुन्दर प्रकितिबाट सिक्छ, उड्छ मान्छे .
एकपटकलाई माफी पाऊ हजुर .....

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |