Friday, February 12, 2010

मेरो लोग्ने

हजारौ नर नारीहरुको धुइरो,
गाजा बाजा,नाटक,नतर्की,
भासन,प्रसंसा,बख्यनबाट, मेरो लोग्ने,

गराबाट आलीमा घाम तापेका भ्यागुता झैँ
गलाले थाम्न नसक्ने,माला पन्छाउदै,
पालै पालो सम्बोधन,र सुभकमनामा बेस्त मेरो लोग्ने,

श्रीमतीलाई माया गर्ने,सहयोगी लोग्ने,
लुगा धुने,भाडा माज्ने, मान्छे,नमुना पुरुष,
रक्सि नखाने, जुवा नखेल्ने,
वल्तिर,पल्तिर आखा लाउन नजानेको पत्नीब्रत,
कलियुगको सास्वत देवता,
जिबनी लेखिदै छ, एउटा एउटा .
मेरो आधा जिबन, मेरो लोग्ने.

महिला हिसाको बिरोधि,
महिला अधिकारको पहेरदार,
समाज रुपन्तरन्को अगुवा,
सबैले चिन्ने, आखाको नानी, मेरो लोग्ने,

बीच बीचमा परर ताली,
प्रतिबद्द गर्नेहरुको घुइचो,
किसिम किसिमका कसम,
नमुना पुरुषहरु मद्येको पनि नमुना मेरो प्यारो लोग्ने,

पत्रकारको मारामारी,
रेडियो, पत्रिकामा छ्याप्छ्याप्ती,
बाटो घाटो दुनियानै मेरो लोग्ने परि,

लाग्छ, उल्टा असर नभएको,
बांगे पानीको निर्माण कसैले गरिदिए,
म अधिकार उपभोग गरिरहन्थे, सधै नमुना मेरो लोग्ने.
(I wouls like to extend my sincere gratitude to women who traust me and share their stories)


Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |