Saturday, February 13, 2010

Valentine day

प्रेम दिबस !

बिर्सेको प्रसङ्ग,
नेटो काटिसकेको यात्रा,
मेरो संसार डटकमले सम्झायो,
टुङ्गो नलाग्ने बिसय बस्तु,
नाप्दा नाप्दै सकिएको द्रब्य,
पिउदा पिउदै प्यास नमेताउने,
छोप्न नसकिने, तर्पया तर्पया,
न राम्रो छ न नराम्रो नै!

तर,
तपस्या र योगदानको नाममा
दुखको निस्वास पिएर सुखी भन्ने चिज यो.
जस्तो ताज महलले कति खेपेको छ ताप, राप !
र पनि त्याग र तपस्यामा मख्खिएको मख्खियेकै छ.
पबित्र, श्री खण्ड भएर नि,
ठुलो सानो,दरबार र झुपडीमा नि उस्तै उचाई पाएर नि.
बेला बखत दुबिधामा परिरह्नाछ,
कहिले किल्तन संग त कहिले दाएना संग,
बिबादमा पर्छ, बेसहारा बन्छ.
एक्लै एक्लै
बेसहारा बनेर, त्रिसनामा प्रेम दिबस कुरिररह्न्छ.

अनुभवले भन्छ,
प्रेम दिबस रातो गुलाफमा झुटो माया साट्नेहरुसंग भन्दा,
बिस्वाश र निष्ठाहरुमा बिलाउन चाहन्छ.
बाबु आमाको इगोको प्रमाणपत्र, दाह सस्कार गरेर,
बाबु आमा र सन्तान सहितको सग्लो संसार हेर्न मारी हत्ते गर्छ.

यथार्थमा,
प्रेम दिबस,प्रेम भित्र संसार देखेछ.
संसारमा सक्ति भेट्छ,अनि दुनिया जित्छ,
फेरी फेरी जित्नलाई लागि परिरहन्छ,
नया नया,उत्सर्गमा प्रेमका कथाहरु कोर्न,
भौगोलिक दुरीलाई चिरेर,
सिङ्गो संसार, शान्ति, सुख र एउतै स्पन्दनले बच्न.





Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |