Thursday, December 24, 2009

बाटुली !

अलच्छिनी !
कुलान्ग्घरनी !
कुजात!
गधेनी!आची खुवाई !
कति धेरै छन् उनका नाम.

जे नामले बोलाएपनि,
मुस्कुरौदै, दुइहत जोडेर निउरुनु धर्म मान्छीन उनि.
के उनि साच्चिकै अलच्छिनी हुन् त?
के जात थीयो ? के गयो? अनि आयो के?
आज सबैले वकालत गर्दैछन.
रेडियो, टेलिभिजन तेही नै बोल्दैछ ,
सरकार बजेट भासन प्रभाबकारी बनौदैछ.
यिनै कामको प्रससा गर्छ.
सबै जातकै छन् रे, राम्रो नै मानदैछन

तेसो हो भने,
के बिराईंन त बाटूलिले ?
पचास वर्ष अगी अंतरजतिये बिबाह गरेर,

उनको नाम परिबर्तन!
उनको घर उठिबास !
उनका छोराछोरी कोचेचामे!
तेतिरम्रो नाम छ उनको बाटुली.
उज्जल्यो, रातो बर्नाकी,जवानीमा कस्तो !


बाहुनकी छोरि भएर,
दमैसंग बिबाह गर्ने आट !
के उनि माओबादी हुन्? समाजसेबी हुन् त ?
हुन् उनि केवल सामान्य महिला.
उनको साहस पासंग्को सगरमाथा भन्दा अग्लो छ!
उनको विश्वास प्रिथिबी भन्दा अटल छ!

बिडम्बना!!
आज भए सेलिब्रेटी हुन्थे!
बोलिरहंछन, गाइरहन्छन्,
तर,
कन्जुस छन्, गर्न सक्दैनन्,
नबोल्नेहरू गर्छन!


अफसोच!
बास पईनान्नी बाटुलिले!
गासको को त के कुरा!
जंगलेको छेउमा, सेउलाले बारेर,
हरेक रात पुनर्जन्म लिईन,
धन्य हो बाटुली!

तिम्रो बिसौ हजार पुनर्जन्म!
तिमीलाई साधुबाद छ.

दूसल्ला त कसैले नओड्लाउला,
तिमि र तिम्रो लाशलाई,
तर म जहाँ भए पनि सलाम गर्छु.
तिम्रो आट्टीमा तिमि संगै ,
कूचिएको शिलाबतक्को लोताले,
मुख फाटेको गाग्रीबाट उबाऊदै पानि पिउन सक्छु.

तिम्रो सामाजिक क्रान्ति,
न कम्युनिष्ट न कांग्रेसलाई सुहाउछ ?
किनकी,
तिनीहरु बोल्नलाई मात्र हुन्.
इमान्दारिता र बिस्वासको लागि हैनन!


हरेक रातको पुनर्जन्ममा तिमि कति रोयेउ होला?
पश्चातापमा कति परेउ तिमि?
कति सरापेउ आफुलाई?
नानाबाला नभएको भए,रापतिमा हेलिने थियेउ!
बरनाबर्को जंगलमा पासो!
कति धिक्कारेयूनी बागले लतारेंन भन्दै खुला आकाशमा सुत्दा !

बाटुली !
म सक्दिन कल्पना गर्न पनि!
तिम्रा ति नानाबाला र तिमीलाई,
एकलासमा , बिधवा भएर बस्नुपर्दा,
आज चक्काजाम गर्दैछन, सिह्हदर्बर धेर्दैछां.

बाटुली,
तिमीलाई पो चक्काजाम गरेनी हैन?
पानी पनि खान पाएनौ!
थाग्ना घसेतेलो पुछेर सुखायेउनी !

तिम्रो लोग्ने बिरामी पर्दा, औसदी त कुरै भईन,
बोलि मीसाउने पनि कोहि पाइनेउ नि!
लाश बोक्ने कोहि नभएर, आफैले डोकोमा बोकेर सतिगति गर्दा!
तिमि महान महिला !

बाटुली !
म बिर्स भन्नता सक्दिन,
किनकी,
चोट चोट नै हो !
बिर्सेको नाटक मात्र गर्न सकिन्छा तर बिर्सन!

म एती मात्र भन्न सक्छु, बाटुली,
दिन फेरिए,
तिम्रो कथा एतिहस्नै भएनी,
नया पुस्ताले स्विकर्नेछा.
मान्छे मान्छे बिचको विभेद नीर्मुल पार्नेछ .
तिमीलाई ढिलाई भएनी मुरी मुरी बध्हाई र शुभकामना ! !!

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...