Friday, April 16, 2010

New YER 2067

नया वर्ष२०६७,

नया वर्ष,
भयो नि पुग्यो किन आएको होला,
ऋणको पोको,सुत्केरा परेनी हुनी,
को भन्दो हो?

धनीहरुलाई खर्च गर्ने बहाना, गरिबहरुलाई मिठो जोर्ने मेसो.
नया वर्ष हरेक पटक नया नभएर के हुन्छ र?
यो वा त्यो बहानामा नया, हुने र नहुने दुबैका लागि,
न कार्यालय जानु पर्छ न बालुवा चाल्नु नै?

२०६७ को नया वर्ष,
कोहि कोहिहरुका लागि एक पन्थ दो काज बनेको छ,
बिगतमा जस जसले आमा लाई जलाए नया बर्समा,
यसपाली बर्सको एकपटक मात्र सम्झे पुग्ने संयोग जुरेको छ

हुनसक्छ कोहि छाती पिटेर रोए होलान,
आमाको मुख हेर्ने औसी र देहाबसन को दिन एकैदिन पर्यो भनेर?
दैबले पनि जिस्कायो भनेर कुर्ले होलान
तर
राधाक़ा लागि यो सन्जोग फेरी फेरी यसरी नै जुरीरहे हुन्थ्यो,
नया बर्सले आमा बिनाको दुनियालाई यसरी नै बिर्साए हुन्थ्यो.
नया वर्ष यसरी पनि नया बनि रहे हुन्थ्यो.
किन भने
हाम्री आमा सबै सधै खुसि भाको हेर्न मन गर्छिन
हाम्री आमा नया बर्सको येसरिनै शुभकामना दिन्छिन
नया बर्समा नया नेपाल बनाउन हतारो छ, सुर्तायेर नबस है भनि रहन्थिन

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...