Saturday, July 24, 2010

जिउदै जल्दै मर्ने छैन.

देख्नेले,
सर्लक्क देखे,
सपक्क देखे,
सम्पन देखे,
सर र देखे,
समान देखे,
सबुद्धि देखे,
सबथोक देखे,
देख्नु देखे.
+
भोग्नेले,
खण्डहर भोगे,
भात्रक भुत्रुक भोगे,
असमान भोगे,
अशिसडू भोगे,
नाङ्गो रहे,
भोकै सुते,
भोगे नभोग्नु सबै भोगे.
+
तेसैले,
हेलिएर मरे,
सन्तान संगै पासो लाएर मरे,
जर् पिएर मरे,
मट्टीतेलले जलेर मरे,
मरे सेकेन्ड सेकेन्डमा मरे,
+
दुरी,
तिमि र म मा,
देख्ने र भोग्ने मा,
गाउने र अनुभव गर्नेमा,
लेख्ने र गर्नेमा,
दुरी!
टाडी दै छ,
टाडा टाडा झन् टाडा,
+
तेसैले,
छामेर हेर,
छाला तेही भएनी स्पर्स फरक हुनेछ.
भोगेर हेर,
आखा तिनै भएनी, दृस्टी छुटै झुल्किने छ.
तिमि उही भएनी,
अनुभूति भोग्नेको हुनेछ.
सभावना धेरै छ,
भोग्ने र देख्नेको दुरी,
नजिक नजिक आउनेछ,
अनि,
म,
हेलिएर मर्ने छैन,
सेरिएर मर्ने छैन,
जिउदै जल्दै मर्ने छैन.
पल पल रोएर जिउने छैन.

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.