Friday, August 14, 2015

Protest will be continued

नशा नशामा,
जुगौ हेपिएको रातो र तातो रगत छ,
नेता ज्यु,
धैर्य गर भन्ने अधिकार तिमीलाई कल्ले दियो ।
हरेक निश्वास,
तातो र कुइरिमन्डल छ,
पोल्छ,डाम्छ र टट्टाउछ,
नेता ज्यु,
हुन्छ भन्दै जुगौ टार्ने हक तिम्लाई कल्ले दियो ।
हर पल,
म बलात्‍कृत छु,
मरेको छु,
जिउदो लाश घिचौदै घिचौदै,
बानेशोर छिर्न लागेको छु।
नेता ज्यु,
काडे तार र डन्ठे पुलिश्ले छेक्ने हक तिम्लाई कल्ले दियो ।
पल पल दुई मन्सित हुन्छु,
एउटा मरिरहन्छ, अर्को लडीरहन्छ,
तेही पनि तिम्लाई इर्स्या भो,
नेता ज्यु,
मलाई गोली हान्ने आदेश कल्ले दियो।
म मरुला,
मेरो बिचार  मर्ने छैन,
मेरो साथी मर्ला तर मेरो आन्दोलन मर्ने छैन।
मेरो अधिकार,
मेरै हातहरुले नलेखदासम्म
जुगौको छतिपुर्ति नगर्दा सम्म,
नेता ज्यु
मेरो आन्दोलन जारी छ।

मेरो आन्दोलन जारी छ । 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,