Tuesday, April 12, 2016

New Year 2073

नयाँ बर्ष,
हरेक दिन नयाँ बर्ष लाग्यो,
फेरी एसो सिक्का पल्टाए,
पुरानै, पुरानो लाग्यो।
आशु नाप्न खोजे,
कताकति लेग्रा लेग्री मात्र ।
खुशी समाल्न खोजे,
बिजुली चम्केजस्तो ।
बर्सौ  भयो मागेको तेही खुशी,
दिन खोजेको पनि तेही ।
शुभकामना को खात, म भन्दा नि ठुलो,
तेही कबिता, गीत, प्रेम, आशा, जिबन ।
तर
एथार्थ बेग्लै,
खुशी च्यातिएको,
हासो आशुसँग सती गएको,
म संगै छैन,
तर सुनामी सँग छु  लडिरहेको,
भुकम्प्ले च्यापिरहेको,
चर् चर् आगो दन्किरहेको
म चुपचाप् हेरिरहेछु, सुनिरहेछु ।
म नाटक गरिरहेछु,
फगत नाटक।
झुटको पराकास्ट ।
गर्ने अर्कै, शुभकामना अर्कै,
फेरी गोहिका आशु किन ?
म एक्लै जन्मे, मर्नु पर्छ,
तर एक्लै बाँच्न सक्दिन,
अरु तान्डब गर्छन्,
भोगी रहेछु म ।
भयो, पुग्यो ,
तिम्रो शुभकामना तिमी संगै राख,
यो थुप्रो के गर्नु, बेकामका शुभकामनाहरु,
सबै तिमीलाई नै फिर्ता दिदैछु
फिर्ता लगेकोमा धन्यवाद !

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,