Tuesday, May 31, 2016

Letter to Daughter, #Childmarriage

प्यारी छोरी स्मारिका,
धेरै धेरै माया र सम्झना .

सधैं झै आशा छ तिमीलाई राम्रो र सञ्चै छ अनी राम्रो गरिरहेकी छौ।
म अहिले बिरगंजमा छु, तिमीहरुकै साथी रिन्कु ठाकुरलाई भेटेर भलाकुसारी गर्दै छु, जती प्रचन्ड गर्मी छ तेती नै पोल्दो छ उनिको काहानी । तिमीले पत्रीकामा पडी सकेकी हुनु पर्छ कि उनले टुँगो लागेको बिहे, छेक्या गरिसकेको बिहे, दाइेजो दि सकेको बिहे, बाबु आमा र छिमेकिले निर्णय गरी सकेको बिहे अस्विकर गरिन ।
रिन्कु, उन्का बा आमा, भाई बहिनी, छिमेकी, उनको जिल्लाको प्रमुख प्रहरी, महिला बिकास कार्यलए,प्रशासन कार्यलए अनी केही नेता, पत्रकार , 20 भन्दा स्थानीय महिला नेताहरु भेट्दै गर्दा मैले तिम्लाई मन र मस्तिस्क्बाट एक्छिन पनि हटाउन सकिन।   

के तिमी र तिम्रा साथीहरु रिन्कु जस्तै साहसि छन वा उनी जस्तै  हुन वा सिक्न सक्छन। 
रिन्कु पर्सा जिल्लाको छप्कैया १ म जन्मिन, हुर्किन तर त्यो शहरको शशक्तिकरन्लाई अबरोध गर्ने थुप्रै जालोहरुको जन्जाल्मा परीन्। प्याज्का पत्र कोटाउदै, उप्काउदै गर्दा त केही सहज् र एकोहोरो हुन्छ तर मकुराको जालबाट उम्कनु भने चान्चुने कुरो थिएन तर रिन्कुले त्यो काम को नेत्रित्व गरिन जुन म शब्दमा बेक्त गर्न सक्तिन ।

उनका बा नागेन्द्रर पुर्खौली पेशा गर्छन् अर्थात फर्निचर्को काम गर्छन् भने आमा मीनादेवी ४ वटा लुगा सिलाउने मेशिन राखेर आफ्ना स्रीमानलाई सगाएकी छन । भाई भर्खर एस् ल् सि दिएर आमालाई सगाएका छन भने दुई बहिनी कक्षा १० र सातमा पडदै छन। रिन्कुले गरेको निर्डय पछी ठुलि बहिनिको पदाइ छोडाइेएको छ अनी उनै केटा जो सात कक्षा पदेका, फर्निचर्स्को काम गर्ने भारतीय नागरिक सँग बिहे गरिदिने हल्ला चलेको छ। उनको जन्म घर हेर्दा सिमेन्टले बनेको ४ कोठाको दुई तले घर भये पनि सिङर पटार केही, कत्ती पनि छैन तर घरमा पहुनाको सम्मान् गर्ने सस्कार् छ चिया र पानी नखाइ सुखै भएन । आमा तेती नेपाली बोल्न सक्नु हुन्न तर अरुहरु सबै नेपाली हिन्दी र भोजपुरिमा पोख्त पनि। मैले तराइमा देखेका गरीब र दलित बस्ती भन्दा जे जस्तो भये नि निकै अगाडि लाग्यो । तर शिक्षक भएर सरकारी जागिर गर्ने वा राज खलक भएर आदिपत्य जमाएका छिमेकी हुन उनिहरु अझै पनि छोरीले बिन प्रश्न बिहे गर्नु पर्छ, तेही हाम्रो सस्कार् हो तेही निरन्तरता दिनु पर्छ, घरको त के कुरा छिमेकी कै नाक काटी भनेर दारा किटेको देखेर म अचममित् मात्र भैइेन् अती नै मर्माहित बने ।  तेस्ता शिक्षक र समाजसेबीबाट समुदायले रुपान्तरनको अपेछा गर्नु बलुवाको घर बनाउछु भन्ने भन्दा पनि अबिश्वासलो लाग्छ ।   

उनको समाज एती कत्तर थियो कि बिदेशी शिक्षा हासिल गरेका, देश बिदेश देखेका, बुझेका समाजलाई बदल्ने बर्ग पनि धेरै चुपचाप् थिए भने केही बोल्नेहरू बिच धारबाट सम्प्रेशित थिए । मधेस्को परीबेश बुज्नु पर्छ, मधेश अर्कै छ, मधेस्को सस्कार् बलियो छ, तपाईं अर्कै दुनियाँको मान्छे हो । उनिहरुले तेती मात्र भनेनन रिन्कुलाई कसैले उचाल्यो, उस्को पछाडि कोही केटा छ उस्ले प्रेम गरेकी छ कसै सित, आदी आदी ।

 छोरी म कती दुखी रहे कि साध्ये नै छैन । के एस्तो मन्साय भएका बेक्तिहरु समाज बदलियोस् भन्ने चाहन्छन त ? हैन पटकैइ होइेन, मधेश्, कर्णाली, जनजाति आदी सस्किर्तिको नाममा,  उनिहरु पनि महिला लाई त्यसरी नै दबायेर् राख्न चाहन्छन, किन भने त्यो सस्कार् भित्र सम्पत्ति, शिक्छाका अधिकार छेकिने मात्र हैनन लैगिक अधिकारको सुनिस्चित गर्न गर्नु पर्ने पहिलो, सजिलो तर जिन्दगीभर  नगरेको चिया पकाउने जस्ता काम बाट पनि सजिलै छुट्करा मिलेको छ ।   


बाबु आमाले खोजेको हो भनेर १८ बर्षमा गरिने जबर्जस्ती बिहे, २० बर्ष पुग्यो भनेर भनेर गरिने बिहे या सस्किर्ती हो, धर्म हुन्छ भनेर या दाईजो कम या कती पनि दिनु पर्दैन भनेर गरिने बिहे, सबै मानब अधिकारको हनन हो वा हिन्स हो जुन दन्ड्निय छ। छोरी यो समाज अर्थात् मनिषहरु जती सभ्य देखिन्छन, जती बुजकी देखिन्छन त्यो सत्य होइन र हुन सक्दैन, मेरो अनुभब तेही भन्छ । तेसैले तिमी र मन मिल्ने साथीहरुले एस्को बारेमा बारम्बार कुरा गरिरहने वा सम्झाइ रहने गर्नु पर्दछ । कथम् कदाचित एस्तो कुरो चल्यो, थाहा भयो वा नचिनेकै भये पनि देखियो भने सहयोग गर्न पछी पर्नु हुन्न, तुरुन्तै नजिकैको पुलिस चौकी वा महिला बिकास वा गा बि स वा कुनै आमा समुह वा युबा कलब लाई खबर गर्नु पर्दछ। यसरी गर्ने बिहे कुनै पनि हालतमा पारिबरिक् वा बेक्तिगत मामाल हैन । किन भने एस्तो बिहेको परिडाम् जस्तै मान्सिक चिन्ता, सारिरिक् दर्द, आर्थिक घाटा, मृत्‍यु, रोग आदी सबैले समाज र राज्य सबैलाई असर् गरेको हुन्छ तेसैले यो सामाजिक अपराध हो । 

रिन्कु तराइको कथित दलित परिवारमा जन्मे पनि उनी नेपालकी छोरी हुन । मेरो लागि उनी सिता हुन, भिर्कुटि हुन, योग्माया हुन्, हुन मलाला अनी रोजा पार्कर् । उनिलाई अगालोमा राखेर एकै छीन भएनी म भाग्यमनी आमा हुने सौभाग्य पाये। रिन्कुको परिवार बाट अब हरेक बाउ आमा र छिमेकिले सिक्नु पर्छ कि जिन्दगी छोरीले जिउने हो नकी बाउ आमा वा छिमेकिले । छोरी पिटाइ खादा होस् वा बच्चा जन्माउदा दुख्ने, पैसा सकिने, उस्तै परे मर्ने छोरीले हो। छिमेकी त खुस परे आए हुन्छ, नत्र तैपनी पर्दैन। देखे भन्दा देखिन, सुनिस भन्दा सुनेको पनि सुनिन भन्न सक्छन। जती सुकै माया लगे पनि कुनै छोरीलाई दुखेको बाउ आमाले दु:ख एकै सेकेन्ड पनि फेर्न वा, साट्न वा अनुभुती गर्न सक्दैन। तेसैले छिमेकिहरुको   उक्साहट्मा, सस्कार र सस्किर्तिको नाममा आफ्नो सृस्‍टिलाई कुनै पनि बाउ आमाले एस्तो गल्ती दोहोरौनु हुँदैन, यो भन्दा ठुलो निन्दनिय, र पापी कर्मा पनि कुनै हुन् सक्दैन।  

छोरी आशा छ तिम्रा साथीहरुको बिच्मा रिन्कु एउटा बहसको बिषय बनिसकेको छ र तिमीहरु पनि रिन्कुकै पक्षमा उभी सकेका छौ। छिटो, जबर्जस्ती, अनी बाल विवाह अब तिमीहरुको सक्रियतामा न्युनिकरन गरिनु पर्छ । हिमालका बस्ती हुन् या तराइका, पूर्व होस् या पश्चिम या धनी होस् या गरीब हरेक घरमा रिन्कु जन्मिनु परेको छ, रिन्कुहरुको सम्मान पनि ।

परिक्षा छ भनेर बिरामी नै पर्ने गरी नपढ्नु । ग्रेड् धेरै आउनु राम्रो हो तर तेस्कै कारण अस्व्स्थ्य प्रतिस्प्रधा अनी बिरामी पर्नु चाँही कदापि राम्रो हैन । मैले बारम्बार भनेको छु र यहाँ पनि दोहोराउछु पढ्ने जिबन र समाज बुज्न अनी  परिवर्तन गर्न हो नकी पुर्स्कार पाउन हो  वा कलेज् टप्न वा बिदेश जान ।

रिन्कु जस्तै सचेत जिउने आसिर्बाद दिदै,

उही माया गर्ने आमा

राधा




PS; This letter is forwarded to Nagarik news too.

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'