Saturday, May 28, 2016

Letter to Son on Menstrual Health and Hygiene, #Mesntrualday2016

प्रिय छोरा स्मरन,
धेरै धेरै माया सम्झना !

आशा तिमी राम्रो गरिरहेको छौ जे हाम्रो सल्लाह सहमति भएको थियो

जब तिम्रो उमेरका केटाहरु देख्छु तिम्रो सम्झनाले साचिकै छत्पटी हुन्छ । झन काम गर्ने सन्दर्बमा देखेका, भोगेका, सुनेका, घटना परिघटानले झनै याद मात्रै हुँदैन कि कर्तब्यबोधले बेचैनी पनि हुन्छु । 

ठिकै छु सदै झै गाउ गाउमा  बच्चा, महिला, पुरुष, धामी, झाक्री, पन्डित, पत्रकार, राजनीति कर्मी आदी सबैलाई समसामयिक् बिषयमा छलफल कुराकानी गर्दै हिंड्ने काम जारी रख्दै गर्दा अहिले चितवनको     महिनाबारी स्वास्थ्यको बारेमा छलफल मा छु

छलफलको क्रममा मैले केही कुरा थाहा पाये जसले मलाई छोयो जुन कुरा तिमीलाई पनि साटन मन लाग्यो ताकी तिमी पनि सधैं झै अभियानमा सरीक हुन सजिलो होस्

पहिलो कुरा, जब समुदायमा छलफल गर्दै थिए, एकजना आठ  बर्षका बालक पनि शनिबारको छलफल भएकोले सँगै थिय। मैले भिडलाई सोधे, यहाँ आउनु भएका छोराहरुलाई खाना बनाउन आउछ ? उनले आमाको मुख हेर्दै  भने अरु सहभागि महिलाहरु आफु आफु मुखा मुख गरेर सोधाईइ थिय -के सोधेको होला ? एती सानो बच्चा पनि,जे पनि सोध्ने ? आमा छोरा मुखा मुख भएपछी आमाले भनिन - घरमा अरु कोही छैन, उसका बा बिदेश छन, हामी तीन जना मात्र छौ, छोरी झनै सानी छ। पहिले पहिले छिमेकिको सहयोग माग्थे येस्पालि बाट बाबुनै जसो तसो बनाउछ। छोराको अनुहार अलिक सजिलो देखियो मैले सोधे - बाबुको खाना खान आउछु है। उनी मुस्कुरये। मैले फेरी सोधे - कसरी पकाउछौ नि, कस्तो लाग्छ नि ? पकाउन् गाह्रो पनि लाग्छ, ममिले भन्साको ढोका नेरै बसेर सिकाउदै यो राख, एती राख भन्नु हुन्छ तेसै गर्छु। भगवान रिसाउनु हुन्छ रे भनेर जती दिक्क लागे पनि पकाउछु, पहिले पहिले रुन मन लाग्थ्यो आजभोलि बहिनी मिली मिली पकाउछौ अघी कुरा काट्ने महिलहरु फेरी मुखा मुख गरे। खसक खुसुक सुनियो - मेरो पनि तेही ताला हो नि,किन भन्नु परेको होला ? अर्को सम्बाद् सुनियो (नेपथेयामा) सुनियो - धेरै को पारा यस्तै हो ,कलाई सुनाएर के हुन्छ तेती नगरे के हो पर पनि सर्दिनस कि बार्दिनस् भनेर सोध्न अाइपुग्छन्

जब मैले सोधे- महिनाबारी नबार्ने को को , हात उठाउनु ।सबै केटाहरु अत्टाहास् हासो हाँस्दै केटीहरु तिर हेरे भने केटीहरु भने मलिनो अनुहार लगाएर भुइतिर दस कक्षाका विद्यार्थी संगै स्वास्थ्य बिषय पडाउने पुरुष शिक्षक पनि मैले फेरी तेही प्रश्न ति शिक्षकलाई सोधे, उनी अनकन गर्दै के बोले मैले सुनिन तर कक्षा पुरै हासोले भरियो। अर्का गडित् पडाउने शिक्षक पनि संगै थिए , जबाफ दिये - मेरो घरमा त्यस्तो केही छैन, भान्सामा पूजा कोठामा भने जादैनउ जुन राम्रो पनि हो महिलाले कम्तिमा दिन भने पनि आराम गर्छिन, भान्सबाट छुत्कारा पाउछिन् अनी दिन सम्म उनी असुध हुन्छिन मलाई शरीर नै कपे जस्तो भयो, मेरो समाज कतातिर जादै भन्ने डर् लाग्यो

मलाई विश्वाश तिमी माथि आएका सबै प्रश्नको बारेमा सकरात्मक् बहस गर्ने सक्ने भएका छौ तिमीले कतै बिर्सेंका भये वा तल माथि भये यहाँ फेरी एक पटक दोहोराउछु बास्तबमा महिनाबारी समाजका सबै बेक्तिको साझा सरोकार्को बिषय हो, अर्थात एउटी केटी वा महिलाले महिनाबारी बार्दा केटी, उनको परिवार, समाजलाई अल्पकलिन दिर्घ कालिन प्रभाब पर्दछ नै तर पुरुशहरु पनि तेस्बाट मुक्त भने छैनन मात्रै बिस्लेशन बहस भएको छैन।  महिनाबारी हुनु प्रकिर्तिक अवस्था हो रगत बाहिर कुनै कपडा वा धुलो सँग नमिसिदासम्मा कुनै सरुवा रोग नलगेको अवस्थामा सुद्दा हुन्छ। एस्तो बेला घर परिवार, समाज बाट माया, ममता, झोलिलो, पोसिलो खानेकुरा खाने, हल्का काम गर्ने, सर् सफाइ गर्ने गर्नु पर्दछ। बिज्ञान अनुसार महिनाबारी भएकी महिला ले केही कुनै कुरा बार्नु पर्दैन। उनिलाई आराम दिन मात्र हैन सधैं नै आबस्एक हुन्छ तसर्थ पुरुश्ले घरको काममा सधैं सहयोग गर्नु पर्दछ। समाज अगाडि बडाउन महिलाको सृस्टि रच्ने प्रकिर्ती वा भगवानले महिनाबारी बनाएकाले, उनी बस्ने मन्दिर कहिल्यै बन्द नहुनाले, बेदमा महिललाई बिबेद नगरेकोले, हिन्दू धर्म मानिने मुक्तिनाथ् महिला पूजारी हुनुले पनि बार्ने चलन मनिषले वा समाजले बनाएकाले मानिसले नै बदल्न सक्छ

स्कुलमा महिला शिक्षक हुनु पर्ने, भन्ने पनि गलत हो। महिनबारि महिलाको मात्र सबाल् नभएकोले, धेरै बार्नु पर्ने कुरा पुरुश्को सुरक्षा निर्डय दुबइ केन्द्रित भएकोले एसमा  पुरुश्को नेत्रित्व बडी सान्दर्भिक महत्व छ। स्कुल्मा केटीको लागि चर्पी कि छैन, पानी, साबन्, आकाशमिक प्याड्को बेबस्था हुनु पर्ने, तेस्को बारेमा सबै केटा केटी शिक्षक, समिती आदी सबैलाई थाहा हुनु पर्दछ। केही गरी कुनै केटीको बेन्च्मा रगत देखियो भने जिस्काउने हैन कि सहयोग गर्ने बातावरण हुनु पर्दछ। कुनै केटी साह्रैनै बिरामी परेर स्कुल आउन सकिनन भने सबै केटा केटी साथी मिलेर सिकौनु पर्दछ। कोही महिनाबारी बारेर स्कुल छोडे सबै केटाकेती, शिक्षक मिलेर केटी परिवारलाई भेत्घत गरी पुन पडाइ गराउनु पर्दछ।   

बाबु मैले तिमी आठ बर्ष हुँदाका दिन सम्झिये तिमीले कक्षा पुग्नु अगाडि महिनाबारि सुनेउ सोधेउ कुनै सास्ती नै भोगेउ केटा मान्छे जो प्रकिर्तिका कारण महिनाबारि हुन्न तर महिनबारी बार्छ सास्ती बेहोर्छ मैले तिमीले तिमी बहिनि बिच हेर्ने दृष्टिकोन, गर्ने बेबहार, बहिनिमा देखिएको आत्मबिश्वास अनी तिमी दुबइमा देखिएको समनताको सस्कार ले जती आनन्द दियो तेती नै त्यो परिवार समाज सम्झेर छट्पटी पनि। मैले यसरी बच्चा बेला देखी नै, नजानिदो पाराले पडाइदिने वा कलिलो दिमागमा घुसाइदिने प्रबिर्ती, अभ्यासलाई अब महिलाहरुलाई सुशिचित गरेर मात्र हुन्न हरेक केटाहरु, हरेक पुरुषहरुले एस्को बारेमा कुरा गर्नु पर्छ भन्ने लाग्यो समनताको सस्कार पाएको तिमी जसतो नागरिकको यो दायित्व पनि हो आफ्ना मिल्ने साथी साथी मिलेर, साथी शिक्षक मिलेर वा समुदायसङ मिलेर जुन सुकै काम गरे पनि समाज चाडो परिवर्तन हुन्छ भन्ने लाग्यो। आशा तिमी यो पत्र पाये पछी सबै मिलेर यो काममा अगी पर्छौ

आज का  फुल कोपिला भोलिका फुल तन्नेरी भनेर गीत मात्र गाएर हुन्न, तिमीहरु आजै बाट अशल् आचरन सुरु गर्नु गराउनु पर्दछ। मलाई के मतलब, मलाई समस्या छैन, मेरो हैन, भन्दा भन्दै समस्या जहाको तही भयो खास केही परिवर्तन भएन। तिमी अर्थात केटाहरु मात्र जान्ने भएर यो देशको रथ हिंड्न सक्दैन महिनाबारी हुनु अपराध हैन, यो एउटा बर्दान हो महिनबारी तिमी हामी यो संसारमा छौ . महिनाबारी भएका बेला बार्ने चलन शान्ती,मानब अधिकार, महिला शसक्तिकरन दिगो ग्रामीण बिकासको बधक हो तशर्थ ढिला नगर्नू अहिलेसम्मा अाइपुग्दा हामी धेरै नै पछी छौ अमेरिका, यूरोप, अस्ट्रलिआ तिर २०० बर्ष पहिले जे सस्कार गर्थे तेही गर्दै छौ हामी तेसैले पछी पनि परेका छौ।

यो चिट्ठी तिमीले सबै साथीहरुलाई सुनाउन राम्रो लागे सुनाये पनि हुन्छ। तिम्रा साथीहरुले यो बिषयमा थप् जिज्ञासा भये एस्कैप वा भाईबर वा फोन जे सजिलो हुन्छ तेस्मा नै सोधे नि हुन्छ सबैलाई तेस्को कक्षा लिन पनि तयार छु।

गर्मी , खान्पन्को ख्याल गर्नु    
उही माया गर्ने आमा,
राधा

PS: Sorry for typo mistake, this article forwarded to Outline media about 2 weeks before


#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...