दश कक्षा पड्दै गर्दाको कुरा हो । बा बेसरी बिरामी पर्नु भो, केही कसै नलागे पछी ठुलो भिनाजु उमा कान्त रेग्मी र बा भएर काठमाडौं जानु भयो। तिन्तका खबर खाबर गर्ने केही साधन पनि थिएन र औकात पनि। आमाले सधैं बेलुका बत्ती बाल्नु हुन्थ्यो शायद भगवान सँग प्रथाना गरेको होला भन्ने लाग्छ किन भने हाम्रो घर त्यस्तो धार्मिक थिएन र छैन पनि जुन छिमेकमा थियो र छ । हजुरबा आमा नहुनु, बसाइ सराइ गरेको, एक्लो गरीब परिवार भएर होला त्यस्तो भएको जस्तो लाग्छ।
जनै बान्ने बेला भो, बाटोमा जनै बानेर र बान्न हिंडेका मानिसहरु देखिन थाले तर घरमा कोही आउने छनक थिएन न घरमा पहिले पहिले जस्तो खाने कुराको परीकार नै पाकेको थियो ।
स्कुलमा पडाउने भट्टराई थरका, मेरो खेत घरकै बाटो भएर हिंड्ने जसलाई बाहुन बा भनेर जती पटक भेट्यो उत्तिनै पटक नमस्ते गरिन्थ्यो तिनी आउने छाट् भएन किन भने पानीको बहनामा उनिहरु झगडा गरेका थिए अर्थात झगडा गर्ने समुह तिर मिलेर मुख फोरेका थिए। मैले कल्पना पनि गरेको थिईेन कि तिनै भाई शिक्षक धनी र सामन्तको तेती पक्ष लीन सक्छन । उनी हाम्रो घर काटेर गए। भान्जा दाई हुनु हुन्थ्यो तर पहाडमा । उहा कहिलेई पनि चाड पर्बमा आउन सक्नु हुन्थेन किन भने उहा गोर्खाको केराबारी भन्ने ठाउमा बस्नु हुन्थ्यो ।
मलाई थाहा छैन कती बजेको थियो शायद १२ बजी सकेको हुदो हो। माहिली दिदी बिन्दुको भर्खर मात्र विवाह भएको थियो, उहा नबलपरासिको पर्साउनी भन्ने गाउमा बस्नु हुन्थ्यो । आउन जान सजिलो त थिएन तर पनि चाडओ आउन सकिन्थ्यो तर उहा १२ बजे सम्म अाइ पुग्नु भएन। पर्साउनी बाट चोर्मारा निस्कने, बस चडेर् नारायणगाद् बजार आएर फेरी साइकल्मा गौरीगन्ज तेती सजिलो भने थिएन।
भोक पनि लाग्यो होला र नरमाइलो पनि। आमाको अनुहार पनि मलिनो लाग्यो । म पनि अछुतो रहन त के सक्थे र तै पनि निर्डय गरे। भाई किशोर र बहिनी सम्झनालाई आमाले थाहा नपाउनेगरी बोलएर भने - पन्डित आउन्नन किन भने हामी सित झगडा परेको छ, माहिलो भिनाजु आउने नाऔने ठेगान छैन टाढा छ तेसैले म धागो बानी दिन्छु, कसैलाई नभन्नु । कसैले सोधे भिनाजु आउनु वको थियो भन्नु ।
मैले धागो बानिदिये, आफुलाई पनि बाने अनी आमासँग भने आमा हामीलाई खान दिनुस्। शाहीली दिदी उशा ठुलि दिदी बिनुलाई साथी दिन भोजाड जानु भएको थियो तेसैले मेरो भूमिका महत्व पनि मानिन्थ्यो। आमाले केही नबोली खान दिनु भयो र हाम्रो जनै पुर्णिमा सकियो । यसरी म जिबनमा पन्डित भएर भूमिका निर्बाह गरे।
तेस्बेला देखी माहिलो भिनाजु सधैं सके सम्म बिहानै आउन थालनु भो। मलाई तेती चासो लाग्दैन, अनुकुल मिले घर पनि अाइ हाल्छु, सबै सित भेट घाट हुन्छ,सबै भन्दा बदी त बा सँग बस्न पाईन्छ भन्ने लाग्छ आमको मृत्यु पछी । तर यो चाड सजिलो, सामान्य लाग्ने तर बदी साकारअत्मक लाग्ने चाड हो। आफ्ना ज्वाँई भान्जा भान्जी भेट घाट गरेर छोरी चेलीको सन्चो बिसन्चो जान्न पाइने ।आज भोली त राखी पनि बानिन्छ, बच्चा बच्ची खुशी हुन्छन अनी संसार भर नै छरिएर बस्ने साथी भाईले सम्झेर दिदी भनेर फोन, म्यासेज पठाउदा झन रमाइलो र खुशी लाग्छ .।
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...