बलात्कार न्यूनीकरणको अबको बाटो
नेपालमा बलात्कार आजभोली बढ्यो म मान्दिन, पक्कै पनि
समाज परिबर्तन हुदै गर्दा केहि अबयबहरु परिबर्तन हुन्छन र त्यहाँ शक्तिको नया
स्वरूप सिर्जना हुन्छ अनि हिंसा वा अर्को रुप बलात्कार | नेपाली समाज
बलात्कार स्वीकारेको समाज हो सुन्दा अप्ठ्यारो लागे पनि बास्तबिकता त्यही हो | यसबारेमा मैले
पहिले नै लेखिसकेको कारण फेरी पाठकहरुको समय लिन्न | बलात्कार किन
हुन्छ भन्ने बहस पनि नभई के र कसरी काम गर्यो भने बलात्कार न्यूनीकरण गर्न सकिन्छ
त्यसमा आफ्नो बह पोख्न जमर्को बिना बिलम्ब गर्दै छु |
१. सरकारको दायित्व
सामान्य भाषामा भन्दा हरेक नागरिकको सुरछा सरकारको हुन्छ, जुन संबिधानले ग्यारेन्टी
गरेको छ | कानुन कति छैनन् भने कति अपुरा छन् तथापी खाने मुखलाई
जुंगाले छेक्दैन अर्थात् गर्न सकिने प्रसस्त बाटा वा माध्यम छन् | सरकारले
तुरुन्तै गर्न सक्ने मसिना तर महत्वपुर्ण कामहरु यस्ता छन् |
पिडितलाइ
केन्द्रित गरेर बलात्कार बिरुद लड्न छुट्टै
डेस्क गृह मन्त्रालय अन्तर्गत खडा गर्ने, २४ घण्टा सेबा लागु गर्ने, जो कसैले फोन वा
मेसेज गरेर सूचना दिन सक्ने, सुचना दिनेको जानकारी गोप्य राख्ने, सूचना पाएको एक
घन्टामा नेपाल अधिराज्यभर पुलिस घटना स्थलमा पुग्ने {नेपालभरी नै पुलिसको संरचना भएकोले हिमाली जिल्लामा पनि हिउ
परेकोबेला बाहेक त्यति फरक पर्दैन}, सूचना दिने
बेक्तिलाई पुरस्कृत गर्ने, निर्धारित समयमा काम फत्ते
गर्ने पुलिसलाई पनि पुरस्कृत गर्ने, पिडितको सुरछा, मानसिक, शारीरिक उपचारको
ग्यारेन्टी गर्ने, पिडितको अभिभाबकलाई सुरछा सहित
रोजगार गर्नको लागि बिना धितो, निर्व्याजी ऋण बेबस्था गर्ने
डेस्कले स्थानीय पुलिसलाई परिचालन गरेर २४ घण्टा भित्र नै न्याय पिडितलाई न्याय र
पीडकलाई कारबाही गर्न सक्छ | जुन पुलिस
मिलोमतो गर्ने प्रेरित गर्छ वा तुरुन्तै काम गर्दैन वा नेताको भनसुन सुन्न पट्टि
लाग्छ त्यसलाई आखा चिम्म गरेर ५ बर्ष जागिर, तलब, पेन्सन सबै घटुवा गर्नु पर्दछ | भनसुन गर्ने नेताको नाम गोरखापत्र, र पुलिसको website मा प्रकाशित गर्नु पर्दछ | त्यसैगरी पीडकको नाम र फोटो पुलिसको website मा प्रकासित गरेर, जेलबाट निस्केपछि पनि आफ्नो पेशागत काम
गर्न नपाउने, कुनै महिला वा केटीहरु काम
गर्ने वा रमाइलो गर्ने कुनै ठाउमा जानबाट बर्जित गर्नु पर्दछ | बिगतमा पुलिसले केहि काम गर्न नखोजेको हैन तर ति सस्थागत
भएनन् कुनै व्यक्ति बिशेषको शक्ति वरपर मात्र घुमे साच्चै हरेक अभिभावकले महसुश
गर्ने बाताबरण भएन अर्थात् आधी जस्तो भो, पोसाक लगाएर आएको पुलिस देखि डराएको
जस्तो मात्र |
२. नेताहरु वा स्थानीय सरकारको दायित्व
नेपाली नागरिकको सेबक हु भनेर नथाक्ने नेता र तिनै
तहमा निर्बाचित जनप्रतिनिधि भएकोले उनीहरु जबाफदेही हुनु पहिलो न्यायको अनुभूति
दिनु हो |उनीहरुले नेतृत्व गरेको ठाउमा कुनै पनि महिला वा पुरुष
बलात्कारको शिकार हुनुहुदैन तसर्थ पुलिसमा खबर आउने बितिक्कै नेतासंग समन्वय गरि
पिडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा सहजिकरन नेताले गर्नु पर्दछ | सरकारी संयन्त्रलाई चलायमान गराउन सहयोग गर्नु पर्दछ नकी
व्यक्ति बिसेष | महिलाहरुको सम्मान नगरिकनै
सम्रिधि कल्पना पनि गर्न सकिदैन |नेताहरुको भासन
हैन काम चाहिएको छ | जुन नेता भनसुन गर्छ, जुन नेता
आफ्नो चुनाब छेत्रमा घटना थाहा पाएपछि पनि रमिते भएर बस्छ त्यसलाई पीडक सरह कारबाही
पार्टीले गर्न सक्नु पर्दछ, राज्यले गर्नुपर्दछ |
३. गैर सरकारी वा निजि तहको दायित्व
सरकार बाहेकका निकाय सरकारको काम गर्न तत्पर हुने हैन
किनभने हामीसंग राजनीतिक शक्ति र सरचना बदलिएको राज्य छ | दशवर्ष अघि जे
काम गरेको थियो त्यो काम गर्नबाट सरकार बाहेकका सस्था सच्चिनु पर्दछ | सरकार धेरै
मानेमा बलियो छ, बलियो हुनुपर्दछ मात्रै इच्छाशक्ति नभएको र कतिपय सन्दर्भमा कमजोर
भएको अबस्था हो | सरकार बाहेकका सस्थाले खबरदारी
गर्ने भूमिका हो अहिलेको | भए, रहेका कुन
कुन कानुन कसरी न्याय दिन संयन्त्र कस्तो छ, नेता कस्तो छ, पुलिसको भूमीक
कस्तो छ त्यसमा काम धेरै गर्नु पर्ने छ | त्यसैगरी केटा
वा पुरुषलाई मानब सम्बेदना किन र कसरी नियन्त्रण राख्न सकिन्छ र राख्ने तथा समाजमा
घटेका घटनाको जबाफदेही हुन् सिकाउने वा सुसुचित गर्ने, जतिसक्दो धेरै
पुरुषहरुको परिचालन गरेर उनीहरुकै नेतृत्वमा अभियान संचालन गर्न, महिलाहरुको
सम्मान घरमा गरिने कामको बाडफाड बाटै गर्दै शक्ति सरचना सन्तुलन राख्न पुरुषलाई
प्रेरित गर्ने, नमुना पुरुषलाई समाजकै
नेतृत्वमा पहिचान गरि सम्मान गर्ने | यहानेर भन्न
खोजेको कुरा छोटकरीमा पुरुषको अग्रगामी भूमिकामा महिलाको शसक्तिकरण गर्ने हो |
संगसंगै केटि वा
महिलाहरुलाई आफ्नो शरीरको बनोट, भूमिका
सुसुचित गर्दै, परम्पराबादी ढोंगी सस्किर्तिलाई बैज्ञानिक द्रितिकोनाले बिस्लेषण
गर्न प्रोत्साहन गर्दै मार्सल आर्ट सिकाउने ताकी आत्मरछाको लागि हर केटी आफै अघि
सरोस र उसलाई केहि घटना घट्यो भने कहाँ, कसरी, उजुरी गर्ने, घटना घट्नु उसको
कुनै अपराध होइन भन्ने आत्मविश्वास जगाउने खालको काम गर्नु पर्दछ | घटना घट्ने बितिक्कै आफैले ठेक्का लिए झैँ भए नभएको पैसो
खोजेर आफैले जिम्मा लिन खोज्नु पनि आजको नेपालमा राम्रो अभ्यास हुन् सक्दैन | सरकार बाहेकका सस्थाले आफ्नो जागिर, पद, भन्दा देशको
स्वार्थ हेरेर अघि बढ्नुपर्ने बेला हो |
४ मिडियाको दायित्व
मिडिया बलात्कार भयो भन्यो अनि हरायो वा बोल्दै
नबोल्ने वा यो त मेरो आफ्नो मान्छेसंग पो जोडिएको रहेछ भनेर भाग्न खोज्ने
परिपाटीबाट माथि उठनु आजको आबस्यकता हो किन भने सरकार, नेता र सरकार बाहेकका सस्थालाई
अनुगमन गरिरहन र टुंगोमा लगाउन सक्छ र सक्नु पर्दछ | नेपालमा सधै हैन
केहि त्यस्ता घटना र मिडिया छन् जुन टुंगोमा पुगेका छन् | आजको
गणतान्त्रिक नेपालमा पनि बलात्कारको समाचार लेखिरहन मिडियालाई स्वास रोकिनु पर्दछ
हुनत मिडियाको तालिमले जति धेरै गारो, सारो र तातो घटना प्रकासित गर्यो त्यति
राम्रो भन्ला तर मानबिय मूल्य मान्यता पनि होलान नि मिडिया भित्र |यदि त्यसो हैन
भने #MeToo अभियान कसरी यहासम्म पुग्थ्यो होला | कहिलेकाही लहडी
झैँ गरेर मिडियावालाहरु आफै पैसा उठाएर उद्दार गर्न कसिएको देखिन्छ तर मेरो
हेराइमा गलत अभ्याश हो किनभने मिडियाको शक्तिले पैसा उठाउने हैन तुरुन्त गृहमन्त्रालयको
बलात्कार बिरुदको डेस्क, नेता लाई खबरदारी गर्ने हो |
समाजमा दिनदिनै देखिने, सुनिने बलात्कारका घटनाले यति
आक्रान्त भइएको छकी सिधा आखाले छोरीहरुको अनुहारमा हेर्ने हिम्मत छैन अभिभाबकामा | कोहि, कसैलाई,
कतै विश्वास गर्न सकिने अबस्था छैन | अधिकाम्सको मनमा तातो रीस छ फासी दिन मन लाग्छ, लिंग गिड़न भन्छ तर यी सबै समाधान हैनन् र कदापी हुन्
सक्दैन | पुरानै ढाचा र पदतिमा काम गर्न, रैती भएर बाच्न
हैन हामीले संघिय गणतन्त्र भनेको वा मागेको | हरेक छोरीलाई सम्मानित सस्कारमा हुर्काउन सकेनौ भने कोहि
आउनु पर्दैन बन्दुक र बारुद बोकेर हरेक छोरीहरु, आमाहरु आफै भिड्ने दिन आउन सक्छ
जुन देश र दुनिया सबैको धेरै मानेमा हानिकारक हुनेछ | माथि उल्लेख गरिएका केहि कुराहरु स्थानीय परिवेश अनुसार
फरक हुन् सक्लान तर नसकिने र नहुने भन्ने छैनन् फेरी पनि प्रश्न त्यही गएर
टुंगिन्छ हामी तयार छौ कि छैनौ, हामी साच्चै हाम्रा संबिधान र पाटीका दस्ताबेजहरु प्रति
जबाफदेही हुन्छौ हुन्नौ ?
धेरैलाई लाग्न
सक्ला यो मनोगत वा कथा हो तर बलात्कार बिरुदको अबको उत्तम बाटो यहि हो किनभने
हामीले के गरेनौ | भोक हड्ताल, नारा, जुलुश, पाटीका नेता,
मंत्री सबैलाई भेटेयौ, मुद्दा लड़यौ, गाली खायौ, चप्पल खायौ फर्केर हेर्दा केहि
कानुन बने तर परिपाटी बनेन, दण्डहीनताको सस्कार र मौनताको सस्कार उस्तै बलियो बनेर
हाम्रो सामु उभिरह्यो जसले न संसारका सामु छाती फुक्छ न छोरीहरुको अघि शिर ठाडो
हुन्छ | शिर ठाडो सगरमाथाले हैन,
शान्ति बुद्ध नेपालमा जन्मेकोले होइन तनतन सगरमाथा भएर उभिनु र मन मन शान्तिले जिउन पाउनु
आजको आबस्यकता र मानब अधिकार हो |