बा
बिहान साढे पाच बजे |
होटेल बिहानी |
न्याय रोड, नेपालगंज |
१५ गते, पौष महिना, २०६५ साल |
शरीर लुग लुग कामेको थियो |थाहा पाइन् किन हो ? यसो न शरीरतीर हेरेको, जुम्लाको जाडोमा लगाउने लुगा टन्नै रहेछ |
मेरो काम वा
उपलब्धि | हरेक पटक नेपालगंज आउने मेसो परेको बेला उहाले रक्सि बेचेर जम्मा पारेको पैसाले
केहि न केहि किनेर सिंगारेको शरीर |
फिका सुन्तला रंगको
जापानिज साडी, त्यसको सेट मिलाएर सिलाएको ब्लाउज अनि रातो
सुइटर, क्रिम, हल्का गुलाबी लाली, गहु गोरो, फराकिलो,गोलो अनुहार | अनुहारलाई माथ गर्ने गरेर धपक्कै बलेको गर गहना | त्यहिसंग सेट मिलाएर पछौरा
| जुत्ता |
धेरै कुरा जिबनमा पहिलो पटक प्रयोग भैरहेको थियो | साच्चै पाका मानिसहरुले
खुशी, चंचल, भएको लुकाउनु पर्छ
?
भाउजु जाडो भयो ? अर्को सुइटर लगाउने, झिकिदिऊ ? मैले उहाको चंचलतामा सुक्खा पहिरो ल्याइदिए |
खलखली पसिना आएर
प्याचत्तई भएको मुठी खोल्दै, देखाउदै भन्नुभो —यी देख्नु भएन, गर्मि भएको ? जुम्लाको मान्छेलाई पुस भनेर के गर्नु नेपालगंजले
चिनीहाल्यो नि नानी, मलाई त रातीदेखि गर्मि
लागेको छ | तपाइलाई भएको छैन ?
हासेर उडाइदिए— नचाहिने कुरो | लाज हुन्छ, अरुलाई नभन्नु होला | नसुनाउनु होला | कहिँ नपाएर जाडो पनि
मान्छे जस्तो हो र, थोलो हेरेर, भाषा हेरेर, लुगा हेरेर जुम्ला
कि नेपालगंजको मान्छे भनेर थाहा पाउने ?
यहाको जाडो झन्
ज्यानमारा हुन्छ | जुम्लामा जाडो भएर मान्छे मरयो रे भनेको सुन्नु भाको छ ? यहाँ त मान्छे मरीरहन्छन | नेपालगन्जको जाडोले नेपालगन्जको मान्छे नै चिन्दैन, निष्ठुरी छ | निष्ठुरी ......|
मेरो बा जस्तै
निष्ठुरी .....? मसिनो तर चोटिलो आवाज ....|
आखामा हेर्न न आट
गरे मैले न हेर्न नै आबस्यक ठाने | घगल्चिएको बोली घाटीसम्म आयो, त्यही अड्कियो, बाहिर आउनै सकेन |
मैले मिलाएर बुझे |
तर नबुझे झैँ बोले — के भाको होला, यो भाउजु पनि |
के चाहेर सबै कुरा
गर्न सकिन्छ र ? सम्भब भएका भए २५० वर्ष अघि इजिप्टसम्म बेपार गर्ने जुम्ला किन मरिच जस्तै
खुम्चिएर खलंगालाइ नै संसार मान्छ |
माया लाग्दैमा, पीर पर्दैमा गर्न खोजेको कुरा कसरी गर्न सकिन्छ र ? जसरी तपाईले ३० वर्ष
कुर्नु पर्यो, परिस्थिती मिलेन, जुरेन वा जुराउन सकिएन, यस्तै केहि भयो होला नि | सोच्नुस् त म संग भेट
नभएका भए अर्को कति वर्ष लाग्थ्यो वा यो दिन कहिल्यै पनि आउदैन्थ्यो कि |
हामी मान्छेहरु स्वाश
फेरेर बच्यौ भन्छौ | हैन? हामीहरु भोगेको माया, कल्पेको माया, माया नै मायाले बाच्ने हो | प्रेमले बाच्ने हो |आशले बाच्ने हो | माया नभए आश हुन्न, आश मर्नु अघि नै माया मर्छ | बिर्सिनु भो, भर्याँगको तल, अध्यारो कुनामा
लुकाएका ढुंगाको गोटी | नबोल्ने, नहास्ने, दुंगा त माया
लाग्छ, त्यसकै लागि हामी ढाटछयौ, पिटाई खान्छौ भने आफ्नो रगतको बुद्, मुटुका टुक्रा कसरी बिर्सन सकिन्छ र भाउजु ? तपाइले बासंग खेलेका पल
सबै बिर्सनु भयो, मात्रै एक सम्झना माया, प्रेम, सपना, बिपना बनेर कहिले आशु,कहिले हासो,कहिले कर्म,कहिले भाग्य बनेर
आइरहन्छ तर बाले तपाई रोएको, हासेको, खेलेको सबै सम्झिनु हुन्छ | परिस्थितीले बालाई
तपाईसम्म आउन दिएन भाउजु | कतै हाम्रा कमजोरी,कतै बाका कमजोरी पो
भएकी ?
जसरी तपाइलाई
सुन्दरीले पहिलो दिन आमा भन्दा खुशी लागेको थियो, त्यसरी नै तपाईले पहिलो दिन बा भनेको शब्द मुटुमा साचेर राख्नु भएको छ | अरु छोराछोरी, नातिनातिना जो जो छन् तिनीहरुसंग अन्तरंग गर्दा, तपाई पनि संगसंगै, बा संगै हुनुहुन्छ
|
बा बिरामी पर्न
सक्नु हुन्छ| हातखुट्टा नचल्ने हुन् सक्छ | रोगले, शोकले इन्द्रीयहरू
हायलकायल भएका हुन् सक्छन | जे भयो भयो, जस्तो भयो भयो अब
सबै माफ गर्यौ |आफ्नो उद्देश्यमा केन्द्रित हौ |
मेरो मुटु झनै
हल्लिएको छ | हुरी हुण्डरी चलेको छ | मैले न्वारानदेखिको बल लगाएर थिचेको छु |आखा आखाको काम गर्न सकेको छैन |
पत्ता लाग्छ कि
लाग्दैन ? मान्छे जिउदै छ कि मरिसक्यो ? स्वीकार गर्छ कि गर्दैन ? यदि स्वीकार गरेन भने के
हुन्छ ? के गर्ने होला ? के उसले भाउजुलाई साच्चै
मनले भनेको थियो — दुख पाएर एक झर पनि नरुनु, बाउलाई सम्झेर आउनु |
किन खिचाएको होला
फोटो पनि संगै | त्यतिखेर फोटो खिच्न सजिलो पनि कहाँ थियो र ? के उ त्यही फोटो हेरेर
बसेको छ ? कि च्यातिदियो त्यो फोटो ? कि सल्कायो आगो ? के उसले अरु परिवारलाई भनेको छ होला ? अरुहरुलले देखे कि देखेनन्
त्यो फोटो ?
तर म पटक्कै बिचलित
देखिएको छैन | बश एक दर्शकका निम्ति, जहाँ मैले आफैलाई हेर्न
सकेको थिइन्, सुन्न सकेको थिइन् | मनमा घरिघरि भीमकाय दृश्य
आइरहन्थे, सोधिरहन्थे — सद्दे मान्छे, जागिर खान सक्ने मान्छे कसरी आफ्नो श्रीमतीलाई छोड्न सक्छ ? बल्ल बल्ल बा भन्न सक्ने, तोते तोते बोलीमा कथा भन्ने, ताते ताते गर्दै आफनै बर्दीको नक्कल गर्ने छोरी छोडेर कसरी गायब हुन् सक्छ ? के थियो उसको बाध्यता ? किन खबरसम्म गर्दैन उ ? यतिका पुलिसका अड्डाबाट एक
चिटकरोमा छोरी भनेर दुइ अछर लेखिमागेर उ किन पठाउदैन ? हाय लोग्नेमान्छे ?
लोग्ने मान्छेको
दम्भभित्र आफुलाई ढाटेर पुरै जिन्दगी कसरी बिताउन सक्छ, यो लोग्ने मान्छे ? बुझ्ने भएदेखि चिनेका,जानेका लोग्ने मानिसहरु सबै एकाएक सिल बनेर आए, एक....दुइ ...तीन ....म कोप्पाएर हेरिरहे |
के भो ? भाउजुको आवाजले करेन्ट
लाग्यो |
हैन, केहि भएको छैन भाउजु, जतिसक्दो छिटो जान
मन थियो, यसबेला भैसक्यो, गाडीको अत्तोपत्तो छैन, उहालाई हेर्न डराएका आखा
घडीको सुइसंग ठोक्किए |
...........
घ्यांद्रंग..... |
ठुलै खाल्डो रहेछ
क्या हो, पारीपट्टि सिटमा बसिरहेकी भाउजुसंग मित लगाउन
पुगे | मैले बिस्तारै सुझाए — अलिक अडिएर बस्नु है भाउजु, बाटो राम्रो रहेनछ | तर भाउजुले केहि प्रतिक्रिया जनाउनुभएन |
हुन् त गाडी राम्रो
भए पो ? मारुती भ्यान | हरियो रंगको थोत्रो, भ्यान, बारी म, पारी भाउजु | भरिम भरिम गरेको जेब्रा झोलाले हामी दुइलाई छुटाएको छ, मानौ हामी बल्ल भ्यानमा भेट भएका यात्रुहरु हौ |
भाउजुले आखै
नखोलेपछी, मेरो आखा पनि बन्दै भयो | यो मेरो बाध्यता थियो | जति जति भ्यान बर्दिया, गुलरियातिर जान्थ्यो, उति उति झ्याईकुटी
खेल्न पाइन्थ्यो |हुस्सुले ढाकेर भ्यान घरिघरि रोकिम रोकिम गर्थ्यो | मेरा आखा भित्र हेर्न पनि
पाएनन् अनि बाहिर पनि, चिम्लनुको बिकल्प थिएन |
खोले जस्तो गर्छ
मान्छे, आखा खोल्न सक्ने भएकोमा दम्भ गर्छ तर ........| खोल्दैमा न देख्न सकिन्छ, न देखेको पाउन सकिन्छ, न पाएको छुन
सकिन्छ, न छोएको देख्न सकिन्छ |फेरी पनि मान्छे दम्भ गर्न छाड्दैन | मलाई आफु देखेर रिस उड़छ | झोक चल्छ | नभएको दुख बेसाएको
पनि कति, कहाँ कहाँ .....बदमास |
कस्तो जेब्रा
झोलामा गएर देब्रे खुट्टा ठोकियो | बालाई भेट्ने अनुमति पाएदेखि अर्थात् झन्डै ४ महिना अघि
देखि राम्रो, मिठो, मसिनो सबै बालाई
भन्दै जगेडा गरिएका दर्जन भन्दा बढी सामग्रीहरु | झोलाभित्रै चले, जुर्मुराए, अमुक मानिसहरु भएर
तछाड मछाड गर्न थाले |रेडियोमा जस्तै |
आमाले पहिले पहिले
सुनाएका बाका मिठा सम्झनाहरुबाट खानेकुराको सूची तयार भएको रहेछ |अलिक ढिलो पाक्ने, मूल्यवान ठानिने, स्याउ, गोल्डेन स्याउ| बिशेस अनुरोधमा बनाइएको स्याउको चाना, स्याउ कै माडा | चिल्ला, ओझिला, गोला, फुरुक्क परेका ओखर | दलेर, छाटेर, घ्यु दलेर बनाएको सिमिको
दाल | पानीघट्टमा पिधेको कोदोको
पिठो |मकैको पिठो | कागुनो |रिंग जस्ता लाग्ने मिठा, ठुला दर्जन सेल रोटी, चिनी रोटी, पुरी |लेकको आलुको स्वाद
नै फरक रे| राब्लो खान सिस्नोको धुलो | भेडाको सुकुटी | भेडाको छाला | यत्ति हो चार महिनाको बा
हेर्ने तयारी |
....
कहिलेकहिँ बरु भेट
नभएकै भए हुन्थ्यो झैँ लाग्थ्यो रे |
मैले केहि सम्झन्न
थिए |मेला पात गर्दा, कसै कसैले भन्थे काटीकुटी बा जस्तै छ |आमा त अर्कै आमा, पालेको मात्र जस्तो
| कहिलेकाही सपनामा बा आउथे र बोलाउथे छोरी | सपनामा देखेको केहि दिनसम्म म बा आउनुहुन्छ कि भनेर पर पर
बाटोसम्म हेर्थे, दैलेखतिर कोहि केटा मान्छे
आएको देखे भने मलाई वा हाम्रो घर नकाटुन्जेल कुरेर बसीरहन्थे | दैलेखतिर जाने जुम्ली बटुवाहरुलाई मनमनै भन्थे — मेरो बा म जस्तै छन् रे, देखे भने भनिदेउ है तिम्रो छोरीले बोलाएको छ भनेर | मैले हेरिरहेको देखेपछी
कतिले सोधे, मैले साच्चै भनिदिए —मलाई बा भन्न मन लागेको छ | मेरा बा दैलेख बस्छन रे , पुलिस हुन् रे |मेरो जस्तै अनुहार छर रे |
आफ्नो अनुहार
खोलामा हेरेर, बाको चित्र कोरे भन्दै गर्दा कम्ता रुनु भएन
भाउजु |
बा नहुदा समाजको टुहुरो हुन्छ त्यसमा पनि छोरी, सुकुम्बासीकी छोरी | म पनि बेस्सरी रोएको छु, रुन्न भन्दा भन्दै रोएको छु
| बेशर्म, नामर्द बाको चित्र माटोमा, माटोमा नै बिलायो, खोलामा खोलाले नै
बगायो |कतै बनेकै थिएन |
......
नियतीले फेरी त्यही
पुलिस लेखेको रहेछ | हुम्लाबाट १ वर्ष काठमाडौँमा काजमा बस्दा पेन्सनपट्टा बनाउन आएका बालाई पुलिस
पुलिसले अचानक सपना झैँ मलाई भेटाइदिए | एकछाक खाना पकाएर खुवाए, नक्सालको बजार निस्केर एउटा फोटो खिचे |
अग्लो, सर्लक्क परेको मान्छे, फराकिलो, उज्यालो अनुहार| ठ्याक्कै फोटोकपी | फ्याक्क फुलेको, अलिक थेप्चो नाकको डाडी, ठुला ठुला आखा | बोलिरहेको जस्तो, हासिरहेको जस्तो |
मैले आश मारेको
मान्छे त्यसरी भेटिएपछी मलाई संसार जिते जस्तो भयो | आट आयो | मैले कहिल्यै पनि हार खाईन
| बाले चिठी पठाउदै गर्छु
भन्नु भएको थियो | मैले बाको चिठी पढ्न, क ख सिक्न थाले | तर चिठी नै आएन | मेरो भाग्य नै यस्तै रहेछ
भन्छु, फेरी उस्तै साथीभाई कति भेटिन्छन | कोहि म जस्तै पुलिसका, कोहि कर्मचारीका, कोहि कसका | लेखपढ गर्न नसक्ने जुम्ली
केटीहरुलाई बिहे गर्छु, भन्यो, माया गर्यो, बिहे पनि गर्यो | बसिन्जेल यसो न राम्रै गरे
जस्तो गर्यो, सरुवा भयो, मिलाएर आउछु, तालिममा जानुपर्यो भन्यो रे जुम्ला छोड्यो अनि कहिल्यै
फर्केन |
तर जति बिर्सन्छु भन्यो, उतिनै झन् ताजा भएर आउछ, रिस उठेर आउछ,माया पनि लागेर आउछ |
धेरै अत्यास लागेका बेला आफैले सुन्ने गरि बोलाउछु
बा |
आमाको पनि नागरिकता छैन, मेरो पनि नागरिकता छैन | यसो न रक्सि बेचेको, जुठा भाडा माझेको
पैसा बचत गरु, केटाकेटीलाई पढाउन संचय गरु भन्यो, जग्गा जमिन किनु, बेपार बढाऊ जे गरु
भनेर सोच्छु त्यही गएर अड्किन्छ —नागरिकता —बा |
आमाका साथीहरु वृद् भत्ता खान्छन, हाम्रो त पुस्ता नै नागरिकता बिहिन हुने भो |
बोल्दाबोल्दै भाउजु रुनु भो, रुदारुदै चन्दनाथको मन्दिरतिर फर्केर, थर थरी कामेका दुइ हात जोडेर कामना गर्नुभो — चन्दनाथ बाबा, मलाई चिचाएर बा
भन्न मन लागेको छ | अनि मलाई छोरी भनेर बोलाएको
एक स्वर सुन्न मन छ |छोरी स्वीकारेको प्रमाणपत्र लिनुछ
|मलाई हात खुट्टा दिनुभएको छ, सिप दिनु भएको छ, मलाई अरु केहि चाहिदैन बाबा
.......रुनुभयो |
यसो आखा खोलेर हेरे — अनुहार पुरै छोपेर, उही अबस्थामा
बसिरहनु भएको छ |
भाइ, चिया पसल हेरेर रोक्नु है, घर सोध्नु छ |
वकल बहादुर खड्का, दैलेखबाट झरेको, पेन्सनवाला पुलिस |
ताराताल चोकदेखि
उत्तर पश्चिम पट्टि ५ मिनट गएपछिको देब्रे पट्टिको घर |
कुइरोले वरपर केहि
देखिन्थेन | दुइवटा साना साना, लाम्चा घरहरु रहेछन |
ब्लकको भितो भएको, टिनले छाएको घर बाटो नजिक भएकोले त्यतै छिरियो |नजिक खपडा छाएको एकतले
पुरानो घरको पिढीमा बुढो मान्छे, उ भन्दा अलिक जवान महिला र
दुइ बच्चा संगै बसिरहेका थिए |
हामीलाई हामी जस्तै अधबैशे पुरुष आएर बार्तालाप
गर्न थाले |
मैले उद्देस्य बताए | बुढो भएको तिर गए |
नाम मिल्छ |
अनुहार चाउरिएको तर ठ्याक्कै |
जागिर मिल्छ
|
बुढौली घर दैलेख
|
जुम्लामा जागिर थियो
|
जबाफ मेरो छोरी छैन, मैले बिहे नै गरेको छैन | म पुलिसमा जादा नै बिहे गरेर गएको हो | नाम मिल्यो होला तर म
उनलाई चिन्दिन, कुरा गर्दा पनि गर्दिन, हेर्दा पनि हेर्दिन |
एक अछरको भिखारी
बनेर ३० वर्ष देखिको उकुसमुकुसको भारी खोल्नका लागि जुटेको साहस, उत्साह, माया, सम्मानमा महाभूकम्प आयो |
मलाई त्यो मान्छे र
मान्छेका परिवारप्रति रिस, आक्रोश हुम्ला कर्णाली
जस्तै रगत नै तताउदै उर्ल्यो भने बच्चा बेलादेखि बा नभएको कारण भाउजु र उहाको
आमाले भोग्नु परेका सबै हिंसा, अपमान, विभेदले घोच्नुसम्म घोच्यो, आगो बल्यो |
मैले आफ्ना
बिकल्पहरु सम्झे — पुलिसमा खबर गरु, गुहार गुहार भनेर समाज
डाकु कि वकिल लिएर आउ ? डी एन ए परिछन गरु ?
भित्तोमा आडेस
लगाएर बसेकी भाउजुको अनुहारमा पोखिएको पिडा, आशुले छताछुल्य
भएको थियो |क्रिम, लिपिस्टिक सबै पखालिएर, उजाडिएको थियो मात्रै एक शब्दका खातिर | तर त्यो शब्द एकदम महँगो भयो |म असफल सहयोगी बने भने भाउजुको बा भन्ने रहर सदाका लागि हुस्सुसंगे
बिलायो |
This is story related with fatherhood,polygamy, citizenship rights and so on
I shared with Mahilakhabar, don't know whether they published or not.