Tuesday, January 15, 2019

A day Trip in Kathmandu with Sudha Gurung

I copied from Sudha Gurung Facebook Wall.
This is the travel experience with Sudha Gurung didi who lives in UK. She raised Npr 25000.00 fund for seling books of khalangama hamala and dignified menstruation.We had bitter but real experience about transport service in Nepal. She wrote very nicely about me, the corrupt culture in public transport. 


 मितिनी बहिनी राधा पौडेलसंग बिताएको हिजोको अनौठो अविष्मरणीय एक दिन😍
अमेरिकाको बिभिन्न प्रदेशका यूनिभर्सिटीहरुमा छ हप्ते प्राध्यापन सकाएर १२ जनवरीका दिन काठमान्डौं फर्किएकी मद्न पुरस्कार बिजयी लेखिका एवम सामाजिक अभियंता राधा पौडेलको नयां पुस्तक बिमोचन 14 जनवरीमा हुने र सो समारोहमा सम्मिलित हुनका लागी निम्तो उनी अमेरिकामा हुदै पाएकी थिए। हरेक कुरा निर्धारीत समयमा नै गर्न रुचाउने उनको स्वभावसंग म राम्रैसंग परिचित भैसकेकी छु। त्यसैले हामी भेट्ने समय पनि पूर्वनियोजित नै थियो। उनको बर्ष भरीको क्यालेन्डर बर्षको शुरुमै तय भैसकेको हुन्छ। नेपालमा बस्ने तर ट्याक्कै अंग्रेजी समयमा चल्ने राधाको बानीको म कायल छु तर पनि उनीसंगै समयको ठिक रफ्तार पक्डिन भने म अल्लि असमर्थ नै छु भन्न मलाई अप्ठेरो लागे पनि यो कुरा सत्य हो! सत्यलाई नकार्न म चाहन्न पनि😜 जे होस नेपाल आएको भोलीपल्ट बिहानै हाम्रो कुराकानी भयो। तर अफसोच प्रेसको प्राविधिक कारणले गर्दा उनको पुस्तक बिमोचन फेब्रुअरी 14 का दिन सारिएको जानकारी दिदैं दिदी बहिनी कतै भेटेर संगै लन्च गरौं भन्ने प्रस्ताव राखिन, कारण मसंग भेटे पछि आफ्नो घर चितवनमा अलि अस्वस्थ्य हुनुभएको उनको बुवालाई भेट्न उनी हतारिरहेकी रहिछन। त्यलसैले भेट्घाट पछि चितवन जाने उनको मनसाय रहेछ।



उनको बसाई साथीको अपार्टमेन्ट, भक्तपुरको अल्लि कुना तिर भएकोले मिले सम्म उनलाई उतै पायक पर्ने र साथमा सामानहरु भएकोले हामी दुई दम्पती मोटर लगेर जाने अनि लन्च पछि कलंकीमा उनलाई छोड्ने तय भयो। तर ऐन मौकामा लालजीलाई घरायसी कामको लागी घरमै बस्न पर्ने भएकोले म आफ्नो चिनेको श्याम भाइको ट्याक्सीमा भक्तपुरतिर लागे। काठ्मान्डौको ट्राफिकले गर्दा समयमा पुग्न के सकिन्थ्यो र हजुर? उता अंग्रेजी टाईममा झिटी गुन्टा कसेर राधा मेरो पर्खाईमा तम्तयार थिइन। श्याम भाइको सहयोगमा सामान ट्याक्सीमा राखेर हामीले भाइलाई कुनै राम्रो भेजिटेरिएन रेस्टुरामा लैजान अनुरोध गर्यौ। कारण राधा भेजिटेरियन हुन। भाइले हामीलाई कमलादी स्थित गणगौर रेस्टोरेन्टमा एकदम राम्रो खाना पाइने कुरा बताउदै त्यहिं पुर्याए। नभन्दै रेस्टुरा एकदम सफा, सुन्दर र खाना पनि स्वादिष्ट रहेछ।
स्वादिष्ट भोजनपछी मैले बेलायत लगेको राधाको मदन पुरस्कार बिजयी पुस्तक " खलंगामा हमला" र "मर्यादित महिनावारी सबैको जिम्मेवारी" भन्ने उनको ह्यान्डबुक साथीहरुलाई बेचेर उठेको रकम रु. २५,०००/- को चेक राधा पौडेल फाउन्डेशन को नाममा हस्तान्तरण गरे। उसरी सो पुस्तक बिक्री को रकम राधाले स्वयम लिन पर्ने हो...तर एज यूजुअल उनले आफुसंग जे जति छ सो पनि फाउन्डेशन मार्फत नै सेवामा लगाउने भएकोले फाउन्डेशनकै नाममा चेक लिन स्वीकार गरिन।
खानाको दौरानमा उनले ६ हप्ते आफ्नो अमेरिका बसाईको किस्सा पनि सुनाइन भने अधिकांश कुरा महिला हित, महिनावारी (छाऊपडी) प्रथा उत्थान, उनको अगुवाईमा चितवनमा करीब २ महिना अघि उत्पादन शुरु गरिएको मितेरी जैविक प्याड उद्धोग आदीको बारेमा कुराकानी भयो। १० बर्ष अघि उनले देखेको यो सपना अहिले पुरा भएकोमा उनको मुहारमा देखिने असिम संतुष्टी र आनन्दानुभुतीको भाव म सजिलै पढ्न सक्थे। हिन्दी चलचित्र प्याड म्यान को नायक अक्षय कुमार जस्तै हाम्रो वास्तविक जीवनकै नायिका प्याड वुमन हुन सामाजिक अभियंता राधा पौडेल! सोहि कुरामा केहि बेर हास्यौ पनि...हाम्रो गफ सकिने नाम लिरहेको थिएन , यता अविरल बग्ने समयले भने हामीलाई जिस्काई रहेको थियो...सो हामी कंलकीतिर अगाडी बढ्यौ फेरि श्याम भाइको ट्याक्सीमा!
राधाको कुरा अति चाख लाग्दो लाग्छ मलाई, समाज प्रती उनले देखाउने चासो, जिम्मेवारी, चिन्तन...हरदम केहि गरौ समय त्यसै खेर नफालौ भन्ने उनको ब्यग्रता...ओहो बयान गर्नलाई मसंग शब्द छैनन....काश! उनको सो चिन्तनको केहि प्रतिशत पनि हाम्रा नेताहरु र सम्बन्धित सरोकारवाला सरकारी कर्मचारीहरुमा भैदिएको भए...देशको मुहार फेरिन कति पो बेर लाग्दो होला र?? जस्तो लाग्छ...तर अफसोंच..😏😏
ट्याक्सी मा बात मार्दै हामी कलंकी पुग्नु अघि पहिला अमेरिकाबाट उनको साथी शांताको आमालाई भेट्न रामकोट, सीतापाईला ५-१० मिनेटको लागी भए पनि जान पर्ने र सानो पार्सल पनि दिन पर्ने भएकोले उनले मलाई घर फर्किन अनुरोध गरिन। तर हिजोको दिन मैले राधाको नाम गरिसकेकीले उनलाई नारायणघाटको बस नचढाए सम्म नछुट्टिने कुरो बताए। कारण उनलाई जुम्लामा घोडा दुर्घट्ना मा परेर नराम्रो संग घाईते भएकोले ढाडको समस्या छ। सामान उठाउन सहयोग चाहिन्छ। त्यसैले ट्याक्सीलाई सीता पाईला तिर मोड्यौ। उनको साथीकी ८० बर्षिया आमा पखाला चलेर कमजोर हुनुभएको अवस्थामा छोरीको संगीलाई देख्दा आमाको मुहार त्यसै उज्यालियो। बुहारीले खुब सेवा गर्दिरहिछन तै पनि छोरी जस्तै छोरीको साथी अमेरिकाबाट पार्सल लिएर आउदा आमा हर्षबिभोर हुनु स्वभाविकै थियो। हाम्रो देशको बर्तमान बिडम्बना! छोरा छोरी सबै बिदेशमा... बृद्ध माता पिता मात्रै स्वदेशमा.... आफ्नो पनि हालत उस्तै हो। के गर्नु?😌केहि बेर को बसाई पछि आमाले बस्न आग्रह गर्दागर्दै चितवनमा बुवा पनि अस्वस्थ्य हुनुभएकोले जति सक्दो आजै घर पुग्न पर्ने बाध्यता देखाएर राधाले बिदा लिइन र हामी कंलंकीतिर लाग्यौ।

कलंकी पुगेर नारायणघाट जाने बसमा सिट सोध्दै हिडेको? के पाइन्थ्यो? सबै प्याक! राधाका अनुसार अफ सिजन भएको ले जत्ती नि सिट पाइन्छ भनेर अगृम टिकट नलिएकी रहिछन...फेरि मसंग भेट्ने योजना पनि टिकट नकाट्नुको अर्को कारण रहेछ।अनि सो कारण थाहा पाउदा मलाई पछि ग्लानी बोध भयो। श्याम भाइले बल्ल भन्यो, भोली माघे संक्रान्ती! सबै घर जाने भएकाले यस्तो भएको हो दिदी! बरु बस स्टपमा जौ...उता पाइएला...लाटा! अघि नै भन्न पर्दैन? लौ हिड भनेर हामी फेरी गंगबु बस पार्कतिर लाग्यौ। काठ्मान्डौ बसेको यतिका बर्षमा कहिल्यै तेति लामो समय ट्याक्सीमा न राधा हिडेकी न सुधा? दिदि बहिनी लामो समय बतियाउन पाए हुन्थ्यो भन्ने चाहना यहिं निहुमा पुगे जस्तो पनि लाग्यो।
बस पार्क गंगबुको जात्रा😜

गंगबु बसपार्क पुगेर पो भो त जात्रा...😯😲😲
हामीलाई नियमित यात्रा गर्न पर्ने भनेको पोखराको हो, जो सधै हामी टुरिस्ट बसद्वारा नै गर्थ्यौ। गंगबु बसपार्क कहिल्यै यसरी टिकटको खोजीमा आएकै थिइन। माछा बजार जस्तो भिड अनि सिनेमा हलमा उहिले ब्ल्याकमा टिकट बेच्ने केटाहरुको मारामार तछाड मछाड जस्तो जात्रा! एक जनाले यति त अर्काले उति भनेर छोपाछोपको हालत। राधा र म तीन दंग पर्यौ देशको हालत देखेर...सर्व साधारणको जनजीवन यस्तै जटिल हुन्छ कि क्या होला? सोच्न बाध्य भयौ। कुनै कुरामा एक रुपता छैन, निर्धारीत स्थानमा जान निर्धारित दरभाव हुन पर्ने हैन र? तर अहं! रहेनछ। लाटा सिधालाई त मोलभावले खर्लप्पै निल्ने अवस्था....खै? माघे संक्रान्ती भएरै हो कि? मारामार भिड! त्यसमा बिदेशबाट ल्याएको राधाको २ टा सुट्केशको करामत हो कि कुन्नी? एउटा नारायणगढ जाने टिकटको लागी राम्रै मोलामोल भो। राधाको अनुसार, श्यामले घिसार्दै हिडेको २टा सुुुट्केेश र बिदेशबाट आएको भनेर चिनिने मेरो सकल सुरतले टिकटको यस्तो चर्को मोल गरेको रे😅😉....रु ३५०/- लाग्ने नारायणगढको एउटा टिकटको मूल्य ८०० देखी रु. हजार सम्म भने। हामी दुबै देशको अवस्था र यूवा जनशक्तीको एउटा जाबो टिकटको लागी गरिएको दलाली देखेर अक्क न बक्क परिरह्यौ। मलाई अत्यन्त दुख अनि टीस लाग्यो राधाको अवस्था माथी!

हाम्रो देशको साहित्यमा सबै भन्दा प्रतिष्ठित मदन पुरस्कार बिजयी, हाईली क्वालिफाइड ...बिदेshmaa कत्रो सम्मान गरिने ब्यक्तीत्व...जसको अनलाईन प्रोफाईल हेरेको भरमा बिदेशका कत्रा कत्रा यूनिभर्सीटीले प्राध्यापनको लागी संसारभर निम्त्याउछन...आफ्नै देशमा एउटा जाबो टिकटको लागी यत्रो खिंचातानी?? Omg!! तर गर्ने के? यति गर्दा गर्दै सांझको चार बजिसकेको थियो। म कराए पनि हाम्रो देश त ईन्डिया जस्तो पो भएछ? क्या हो यस्तो मोलतोल भनेर.. अन्तत: काकडभिट्टा जाने रात्री बसमा नारायणघाटको टिकटको डबल मूल्य तिरेर एउटा सिट मिलाईयो, त्यो पनि अन्तिम सिट। तर गत बर्ष जुम्लामा Birthing Centre को उद्धघाटनका लागी बेलायती साथीहरु लगेर जुम्ला जादा घोडाबाट लडेर नराम्रो संग घाईते भएकी राधा , जो चार पांच महिना बेड डाउन भएर हलनचलन भएकी थिइन, उनलाई ढांड् दुख्ने, कुशन बोकेर हिड्न पर्ने, सामान केहि उचाल्न नहुने, लामो समय एकै स्थानमा बस्न नसक्ने समस्या छ। पोहोर साल को समरमा व्हील चेयरमै यूरोपका ४-५ देशका यूनिभर्सिटीमा प्राध्यापन गराएर फर्केकी उनले यो पटक कुशन बोकेरै अमेरिकाको लामो यात्रा पार गरेकी रहिछन। जे होस, कोइ भलामानस संग सिट साटेर मिलाउला भनेर सो टिकट लिई बस भित्र पुग्यौ। नभन्दै ३ नं सिटको एउटा भर्खरको बाबुलाई राधाको समस्या बताएर अनुरोध गरेको...खुशी साथ माने अनि उनको फोल्डिङ्ग सिट्मा राधालाई चढाएर सामान डिक्कीमा राखेर श्याम भाइ र म उनलाई बाय बाय गरेर ४ बजे घर तिर लाग्यौ। 

यसरी चार बजे हिड्ने भनेर टिकट काटेको बस साढे पाच बजे हिडेर ११ बजे घर पुगिछन राधा...यस्तो छ हाम्रो देशको अवस्था....जय होस पर्भू....😯😜😅

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...