Thursday, April 18, 2019

The Period. End The Sentence. The risks invited by the Menstrual Products: Standards and Quality


महिनाबारी सामग्रीले उब्जाएको जोखिम

पिरियड |एन्ड द सेंटेन्स |
बिहान उठ्दै गर्दा मोवाइलमा प्रशस्त सूचना आएको संकेत थियो | खोलेर हेरे अमेरिका र युरोपतिरका साथीहरुको बधाई र शुभकामनाका खबर रहेछन | मानौ मैले नै ओस्कार पाए जस्तो |
खुशी लाग्यो |
यो वा त्यो बहानामा मैले महिनाबरिको सबाल उठान गर्दा रास्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली र विदेशीबाट आलोचना गरिएर,  एक्लै पारिएका क्षणहरु त्यही वृतचित्र झैँ सरर आए |
गतिशील समय, समाज परिबर्तन भयो |
गत वर्ष बलिबुड़मा प्याड म्यान सिनेमा बन्यो | त्यो भन्दा पनि पहिले अमेरिकी एक्ट्रेस मेघान मार्करले बेलायती राजपरिवारसंग पारिबारिक नाता गास्दा सहयोग गरिने सूचीमा भारतीय एक प्याड बनाउने सस्था पनि पर्यो |


सृष्टिको शुरुवातीदेखि एक प्रकिर्तिक,अनिबार्य शर्तको महिनाबारीलाइ बिश्व मानब अधिकार र बिकासको सन्दर्भमा बिर्सिएको वा हेलचेक्र्याइँ वा बेवास्ताका गरिएको सबालले एकाएक संसारलाई हल्लाउने गरि भएका आयामहरू निश्चित रुपमा अर्थपूर्ण छन् | सकारात्मक छन् |
परिणामत:एकातिर महिनाबारीका सबालमा बिकाश नियोगहरु अनुदान घोषणा गर्न प्रतिस्प्रधा गर्दैछन् भने अर्कोतिर महिनाबारीलाई केन्द्रमा राखेर स्वतस्फुर्त रुपमा काम गर्ने स्वयंसेबकहरुको पनि मनोबल बृदी भएको छ | लेखकको व्यक्तिगत खुशी त मेघानको घोषणाले नै यति चुलिएको थियो कि धन्यबाद दिदै पत्राचार पनि गरिकी थिन |
तर यी क्षणहरु नै सफलता हुन्, यी कदमहरुले उठान गरेका बिषय नै शत्-सत्य हुन् भन्ने अबस्था छ कि छैन, हो कि हैन भन्ने बिषय यो लेखले उठान गर्ने खोजेको हो |

सन् १९२० ताका संसारमै पहिलो स्यानिटरी प्याड कटेक्स पछी विकास हुदै जादा थुप्रै थरिका प्याड त छदैछन अन्य महिनाबारी सामग्री पनि बजारमा छन् | जस्तो टेम्पोन, कप | कुनै कुहिन्छन कुनै कुहिदैनन |कुनै रगत सोस्ने, कुनै जम्मा गर्ने मिल्ने, कुनै लामो समय कुनै छोटो समय प्रयोग गर्न मिल्ने, कुनै यौनाग भित्र घुसाउन हुने, कुनै बाहिर राखे हुने प्रकिर्तिका छन् |
कपडाको टालो वा लंगुटि त परम्परागत महिनाबारीको सामग्रीमा गनिन्छ | महिलाहरुले आफ्नै अनुभब र प्राप्य सामग्रीको आधारमा प्रयोग गर्न थालेका | यहि कपडालाई अलिकति आकार वा सरचना बदलेर बनाइएको प्याड हो बजारमा हालसालै देखिएको पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड |

कुनै खानेकुरामा कहिले बनेको, कहाँ बनेको, के के मिसिएर बनेको, के के पोषण तत्व पाउन सकिन्छ, कहिलेसम्म प्रयोग गर्नहुन्छ, प्रयोग गरिसकेको वा मिति गुजारेको अबस्थामा कहाँ, कसरी बिसर्जन गर्नुपर्छ आदिको जानकारी उत्पादनमा उल्लेख भए जस्तै वा उपभोक्ताले जानकारी राखे जस्तै, समाजका हरेक व्यक्तिले यसको चासो र सरोकार राख्नुपर्छ |

बजारमा के के महिनाबारी सामग्री पाइन्छन, हरेकको फाइदा, बेफाइदा के के हुन्, कुन सामग्री मेरो खल्ती र शरीरलाई उपर्युक्त हुन्छ भने भन्ने कुरा मात्र थाहा पाएर पुग्दैन |आफूले रोजेको वा आफ्नो वरपर भएको सामग्रीमा कस्तो कच्चा पदार्थ प्रयोग गरिएको छ, कच्चा पदार्थ उत्पादन गर्दा नै कुनै किसिमको रासायनिक किटनाशक औषधि प्रयोग भएको छ कि छैन (कुनै कुनै किटनाशक औषधि लामो समयसम्म रहिरहन्छ), यदि छैन भने पनि बनाउने बेलामा बढी सुगन्धित बनाउन वा बढी सेतो वा चम्किलो बनाउन कुनै रासायनिक पदार्थ राखिएको छ कि हेर्नु पर्दछ | प्रयोग गरिसकेको महिनाबारी सामग्री कहाँ कसरी बिसर्जन गर्ने, कुहिन्छ कि कुहिदैन, कतिदिनमा कुहिन्छ, वा बाताबरणलाइ कसरी र कस्तो असर पार्छ जानकारी राख्नु पर्छ |
धेरै मानिसहरुको भनाइ छ, कपडाबाट बनाइएका पुन प्रयोग गर्न मिल्ने सामग्री बाताबरण मैत्री, सजिला, सस्ता हुन्छन | त्यसको प्रमाण के छ | हामीले बजारबाट कुनै गन्जी किन्यौ भने त्यहा हातले वा मेशिनले धुन हुने कि नहुने, कति तापक्रममा कतिन्जेल सुकाउने भन्ने खालको जानकारी भए जस्तै कपडाबाट बनेको प्याडको रगत सोस्नसक्ने क्षमता, प्रयोग गर्न सकिने समयावधि, त्यसबाट सुरक्षाको ग्यारेन्टी, त्यसलाइ सफा गर्न आबस्यक पर्ने साबुन, सुकाउन र भण्डारण गर्न आबस्यक तापक्रमको आदि सबै जानकारी  आबस्यक पर्छ |

चाहे जोसुकै व्यक्ति वा सस्थाले जुनसुकै महिनाबारी सामग्री प्रयोग गरोस, सबै भन्दा पहिले मापदण्ड र गुणस्तरको कुरा अनिबार्य ख्याल गर्नुपर्ने यो पंतिकारको दाबी छ |मापदण्डको आधारमा कुनै पनि बस्तु गुणस्तरीय हो कि हैन, छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ |जसरी खानेकुरा, इन्धन वा कुनै मेशिनको लागि मापदण्ड र गुणस्तर हुन्छ, त्यसैगरी हरेक महिनाबारी सामग्रीको पनि मापदण्ड र गुणस्तर  हुनुपर्दछ |एक महिला आफ्नो प्रजनन उमेरमा कम्तिमा पनि ७ वर्ष महिनाबारी हुने र उनको महिनाबारीले समाजको हरेक पक्षलाई प्रभाब पारेर शान्ति, शशक्तिकरण, मानब अधिकार, दिगो विकास लक्ष्यलाई नै अल्पकालिन र दिर्घकालिन प्रतिकुल असर पार्ने भएकोले यो सिंगो समाजको सरोकारको बिषय हुनुपर्दछ | सौख र अतिरिक्त मनोरन्जनका साधनमा त मापदण्ड र गुणस्तर हुनु पर्दछ भने महिनाबारी जस्तो जैबिक अवस्थामा प्रयोग गरिने सामग्रीका बिषयमा नजर अन्दाज गर्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो |

महिनाबारी सामग्रीको छेत्रमा उल्लेखनीय अनुसन्धान नै नभएता पनि प्रयोग गरिएका रासायनि पदार्थ प्रकिर्ती, बेलाबखत देखिने गुणात्मक अध्ययन, घटना, अन्तरास्ट्रिय अनुभब आदिबाट स्पस्ट भएको छ कि महिनाबारी सामग्रीमा प्रयोग गरिने सामग्री, रासायनि पदार्थ, ती सामग्रीसंग सम्बधित सरसफाईका कारण महिलाहरुमा पाठेघर सम्बन्धि क्यान्सर, बाझोपना लगायतका अरु स्वास्थ्य समस्याहरु देखिएका छन् | 
नेपाली सन्दर्भमा कुरा गर्ने हो भने अधिकाम्स शिछित र शहरिया महिलाहरुलाई पनि आफ्नो पाठेघर र यौनागको बारेमा कमैलाई थाहा छ |भजैना वा यौनागले प्राकिर्तिक रुपमा रस निकाल्छ जसको पी एच भ्यालु ३.५ देखि ४.५ अम्लीय प्रकिर्तिको हुन्छ | यसले यौनागलाई बाहिरी संक्रमणबाट जोगाउछ | तर यो रसलाई प्रतिकुल हुनेगरी वा कुनै मापदण्ड र गुणस्तर बिना नै महिनाबारी सामग्री प्रयोग भएको खण्डमा रसको प्रकिर्तीमा तलमाथि हुन् जान्छ र संक्रमण हुने सम्भावना बढेर जान्छ| यसरी सक्रमण हुदा, संक्रमण टकसीस सक सिन्ड्रोम भइ कहिलेकाही मृत्यु नै हुन् सक्छ |यहानेर उठाउनै पर्ने प्रश्न के हो भने बजारमा उत्पादित र वितरित सामग्रीका कारण झन् जिबन जोखिममा पारी पारी के ती सामग्री लगाउनै पर्छ त ?

नेपालको सन्दर्भमा महिनाबारीको सामग्रीमा मापदण्ड र गुणस्तरीय खासै अभ्यास भएको देखिदैन | नकुहिने खालको स्यानिटरी प्याड अस्पताल हुदै शहरतिर, धनी महिलाहरुले मात्र प्रयोग गर्दै आएको देखिन्छ | सन् २०१८ को एक अध्ययनअनुसार  प्रति महिना ७ लाख पीस प्याड शहर केन्द्रित प्रयोग भएको देखाउछ | भारत, चिन र ताइवान कम्पनीका  कच्चा पदार्थ र प्रविधिमा प्राय औषधि कम्पनि वा सम्बन्धित सस्था वा व्यक्तिले बनाउछन् | झन्डै ३० कम्पनीले बिभिन्न आकार र नाममा उत्पादन भएको एक अध्ययनले देखाएको छ | टेम्पुन केहि पर्यटकीय क्षेत्र र सुपरमार्केटमा पाइन्छ, महँगो पनि छ | कप एकाद सस्थाले बेचेको वा प्रयोग गर्न सहयोग गरेको अबस्था छ |

सबै भन्दा धेरै चलेको पुरानो वा नया कपडाबाट प्याड वा लंगुती हो |अझै बिशेषगरि सन् २०१४ देखि कपडाको पुन प्रयोग गर्न मिल्ने प्याड बनाउने, बाड्ने बढ्दै गैरहेको छ |

महिनाबारीका सबालमा कुरा नै गर्न लजाउने समाजले प्याड बनाउन सिकाउनु, प्याड निशुल्क बाड्नु सकारात्मक पक्ष त हुदै हुन् तर यी नै समाधानका औजार हुन् सक्दैन | पहिलो यदि गुणस्तरको सामग्री सहित सरसफाई छैन भने यसैले महिलालाई रोगि बनाउने वा मृत्यु नै गराउन सक्ने सम्भाबना हुन्छ | दोस्रो बाताबरण मैत्री भएन भने बाताबरण दुषित हुन्छ, दिगो समाधान हुन् सक्दैन | अन्त्यमा, यी सामग्रीको प्रयोगले मात्र महिनाबारी भएकी महिलाले मर्यादित भएको अनुभब गर्न सक्दिनन |

मर्यादित महिनाबारीको अबधारणागत बुझाई, महिनाबारीसंग सम्बन्धित मिथ्या धारणा, भनाइ वा अभ्यास, महिनाबारीका सामग्रीको मापदण्ड र गुणस्तर, महिनाबारी सामग्रीको  छनोटको अधिकार, महिनाबारीले व्यक्तिगत, पारिबारिक र सामाजिक परिबेशमा, सामाजिक, आर्थिक, राजनीतक, प्राबिधिक, बाताबरणमाथि छलफल नगरिकनै वितरण गरिएका प्याड एक परियोजनाको काम मात्र नभई महिनाबारीको रगत लुकाउनपर्छ, यो लाज हो भन्ने मान्यतालाई पोषण गर्नु हो | ओस्कार, प्याड म्यान, मेघानको सहयोगले झट्ट हेर्दा महिनाबारीको बिषयलाई उठान गरे तापनि बास्तबमा माथि उल्लेख गरेका मर्यादित महिनाबारीको अबयबलाइ सम्बोधन गरेको छैन|

हालसालै नेपालमा केहि स्कुल, केहि नगरपालिका, केहि गैर सरकारी सस्थाले पनि प्रोत्साहित भएर स्यानिटरी प्याड वितरण वा तालिम दिएको देखिन्छ |उहाहरुलाई यो लेख प्रश्न गर्छ महिनाबारी भएकी केटि वा महिलाले महिनाबारी भएकी बेला आफु मर्यादित भएको महसुश गर्छिन, उनी मर्यादित भएको सूचांक के हो |
मापदण्ड र गुणस्तर, महिनाबारी मर्यादित बनाउने एक माध्यम त हो तर यसका लागि सरोकारवालाहरु बिशेष गरि मन्त्रालयहरु-शिक्षा, स्वास्थ्य, महिला तथा बाल बालिका, बाताबरण, खानेपानी तथा सरसफाई, नागरिक समाज, संचार, गैर सरकारी निकाय, अभियन्ता, औषधि उत्पादन कम्पनीहरु, अनुसन्धान तथा बिज्ञ- टेक्सटाइल, रासायनिक इन्जिनियर, बाताबरणविद आदि संगसंगै हिड्नु वा काम  गर्नुपर्छ  | नेपाल सरकारले अनुगमन संयन्त्र बनाउनु पर्दछ ताकी सबै खाले सामग्री एउटा मापदण्ड र गुणस्तर उत्पादन, बिक्रि वितरण हुन् |यसरी मापदण्ड र गुणस्तरको कुरा गर्दा पुजी पनि उत्तिकै महत्वपूर्ण छ | स-साना सामाजिक ब्यबसाय गरेर महिनाबारी सामग्री उत्पादन गर्ने सस्थालाई यस्ता मापदण्ड र गुणस्तर निर्धारण गर्न जति झन्झटिलो छ त्यति नै खर्चिलो पनि छ |

तसर्थ माथि उल्लेखित सबै सबालको लागि रास्ट्रिय नीति आबस्यक पर्दछ |सन् २०१८ मा नेपाल सरकार, खानेपानी तथा सरसफाई मन्त्रालयको अगुवाइमा मर्यादित महिनाबारी नीति मस्यौदा बनेर मन्त्रालयको website मा पृष्ठपोषणको लागि राखिएको पनि थियो तर यो लेख तयार गर्ने समयमा  website बाट हटाइएको रहेछ| हरेक केटि वा महिलाले  महिनाबारी भएको बेला मर्यादित जिबन जिउनका लागि मापदण्ड र गुणस्तर अत्यन्तै जरुरि छ, सबै सरोकारवाला मिलेर अघि बढे असम्भब पनि छैन | यसको लागि सरकारले नै प्राथमिकता राखेर नेतृत्व लिनु पर्दछ |
राधा पौडेल, नर्स, लेखक,अभियन्ता
I have sent to Setopati

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...