Tuesday, April 21, 2020

Under the Time Bomb's Beep's during Amidst Lockdown, COVID-19

This article about the increasing the cases of GBV during amidst COVID-19. Its like living under the time bomb.Also recommended few strategies to overcome these issues. 
एकान्तबास टाइम बमको टिक टिक
ट्याउट्याउ कराई भने पनि केहि गुनासो छैन, अरु विधामा बोल्नै नजान्ने भने पनि कुनै दुखेसो पागल त्यो पनि पहिलो पटक हैन केरे सुनेको | २५ बर्ष अघि येनेस्थेटिक नर्स हुदा इन्टुबेट गरेको अनुभब वा समुदायमा काम गर्ने नर्स, स्वास्थ्य,समाज, विकास, वा कोरोनाको अन्तरास्ट्रिय ब्यबस्थापन र राजनीति केहीमा बहस गर्न मन नै छैन | छ त मात्रै आधा धर्ती ओगट्ने महिलाहरुको सुरक्षा र मर्यादाको ? चिच्याएर भनिरहेछु - महाब्याधि ब्यबस्थापनमा महिला खै ?  


महाब्याधिको अग्रपंक्तिमा रहेर काम गर्ने, धेरै खट्ने र धेरै सक्रमणसंग जुध्ने मध्य महिलाको संख्या  (७० % भन्दा बढी -विश्वको तथ्यांक जुन नेपालमा पनि मिल्न जान्छ) नै धेरै छ | महाब्याधिका बारेमा अध्यावधिक ज्ञान नहुनु, नीति प्रस्ट नहुनु, सुरक्षाको लागि अत्याबश्यक सामग्री गुणस्तरीय र प्रयाप्त नहुनु, संक्रमण हुन् सक्ने डर, काममा लिंग हेरेर विभेद गर्नु, घर परिबारसंग छुट्टिनु पर्ने वा सक्रमण सर्ने जोखिम, आर्थिकभार बढ्ने आदिका कारण उनीहरु तनाबमा पर्छन |     

एकान्तबासका कारण घरमा बस्नेहरु पनि जैबिक, सामाजिक भूमिकाका कारण महिलाहरु नै अग्र पंक्तिमा छन् | अनुसन्धान र अनुभवले देखिसकेको छ कि सबै भन्दा प्यारो घर र सबै भन्दा नजिकका मानिस नै महिलाहरुका लागि सुरक्षित स्थान र व्यक्ति होइनन | यसको मतलब सबै घर र सदस्य हिंसाखाना हुन् भन्न खोजेको हैन | यो पृष्ठभूमिमा निश्चित घेरा वा घर वा कोठा भित्र निश्चित स्रोत, सामग्रीका बीच अनिश्चित भबिस्यसंग अनुकुलन गर्दै बाच्न बाध्य भएका महिलाहरुका लागि एकान्तबासमा बस्नु टाइम बमको टिक टिक आवाजसंगै बस्नु जस्तो हुन्छ | मुहार पुस्तिकाका छिमेकीले मस्तीका लागि नाचेको, घरपालुवा जनावरसंग खेलेको, करेसाबारीमा काम गरेको, खानेकुरा आदिको भिडियो/फोटोले नेपालका महिलारुको अबस्था आकलन गरियो भने रास्ट्रप्रमुख महिला हैन त  भने झैँ प्रतिसोधमुलक सोच र गल्ती दुवै हुनेछ |

सबै अबस्था राम्रो भएको परिबेशमा पनि निश्चित स्रोत, सामग्रीका बीच अनिश्चित भबिस्यसंग अनुकुलन गर्दै जादा छटपटी, अत्यास, नरमाइलो, चिन्ता बढ्दै जान्छ त्यसको प्रत्यक्ष असर महिलामा पर्छ | अर्थात् श्रीमान र छोराछोरीको तनाब शब्द, ब्यबहार वा पिटाई आदिका माध्यमबाट पहिले महिलामा ठोक्किन्छ | उनको अप्रत्यासित कोरोना कहरको अनुभूति, खादै गरेको औषधि वा परिवार नियोजनको साधन वा अन्य कुनै शारीरिक अबस्था जस्तो महिनाबारी, गर्भवती, सुत्केरी, मेनोपज, अपांग महिला, घरबिहिन महिला, घरमुली महिला, एकल महिला, आप्रवासी महिला, जेष्ठ नागरिक महिला, यौन अल्पसंख्यक महिला, गरिब महिला, पहिलेदेखि नै पिट्ने, रक्सी खाने श्रीमान वा साथी भएकी महिलाहरुको अबस्था झन् जोखिममा पर्दछ |अर्थात् उनीहरुको बिशेष आबश्यकताले प्राथमिकता  पाउदैनन अनि शुरु हुन्छ महाभारतको ताण्डब | घर  जहाँ महिलाले न सुरक्षित ठान्छिन न मर्यादित नै |  
मर्नु भन्दा बहुलाउनु निको भन्ठानेर साथीसंगी वा प्रहरीमा कुरा गर्न चाहे पनि सक्दैनन् | कहाँ र कसरी सहयोग माग्ने थाहा हुदैन | कतै लुकेर जान वा भाग्न बन्दाबन्दीले सम्भब हुदैन भने कति जान पनि डर मान्छन |प्रहरी वा कानुनी परामर्श/सहयोग केन्द्रहरुमा  फोन लाग्दैन, लागे उठ्दैनन, उठे सहयोग हुदैन वा उल्टो विभेद वा हिंसा हुन् सक्छ जस्तो जे सक्छौ गर, मिलेर बस, यहाँ महाब्याधिले कोहि आउन सक्ने छैनन आदि | कतिपयसंग फोन हुदैन, फोन डायल गर्न आउदैन, ब्यालेन्स हुदैन, एकान्त भएर फोन गर्ने ठाउँ हुदैन | फोन गरिहाले तुरुन्त सहयोग गर्ने प्रणाली छैन | चुप लाग्नु, सहनुको बिकल्प छैन | बाहिर कोरोनाको युद्द छ भित्र बिना हतियारको युद वा मुर्दा शान्ति | पुरुषहरुले भन्दा चार गुना बढी पैसा नआउने काम गर्ने महिलाहरु महाब्याधिमा झन् मारमा पर्छन | पैसा आउने काम गर्ने महिलाहरु जसलाई घरबाट काम गर्नुपर्ने छ उनीहरुमा काम थपिएको छ | जसका कारण महिलाहरुको शारीरिक र मानसिक स्वस्थतामा चुनौती थपिएको छ | महाब्याधिले आक्रान्त परेका मुलुकहरु चिन, इटाली, जर्मनी, ग्रीसमा महिला माथि हुने हिंसा बढेको समाचार त आएका थिए नै नेपालको महिला आयोगमा बिहान १०- देखि ६ बजे सम्ममात्रै संचालनमा आएको टोलफ्री फोनमा पनि हिंसा बढिसकेको खबर एकान्तबासको दोस्रो हप्ता सकिदै गर्दा समाचार बनिसकेको छ |
माथि उल्लेखित अबस्थामा महिलाहरुको जिबनस्तरमा अल्पकालिन र दिर्घकालिन सामाजिक, आर्थिक, शारिरिक, मानसिक समस्याहरु देखिन सक्छन |रास्ट्रको सिंगो बिकास र समृद्दिम आच आउछ |      
यस परिबेशमा नेपाल सरकारसंग महिलाहरुको बिशेष आबश्यकतालाई सम्बोधन गर्न प्रयाप्त आधारहरु छन् र थिए | कुनै कानुनले स्पष्ट महाब्याधि भनेर बोले, नबोले पनि मानबिय अबस्था, प्रकोप भनेका दस्ताबेजहरुले यो महाब्याधिलाई संकेत गर्नेमा कुनै दुबिधा हुनुपर्नेछैन | जहाँ लेंगिकता र समाबेशी सुनिस्चितता गरिएको छ | यसको सेरोफेरोमा नेपाल सरकारले महिला मानब अधिकार, सुरक्षा, सहभागितामा, विभेद, हिंसा न्यूनीकरणका नाममा दर्जन भन्दा बढी अन्तरास्ट्रिय मानब अधिकार दस्ताबेजहरुमा हस्ताक्षर मात्र गरेको छैन कि त्यसको ७०, ४०, २५ गर्दै सबै भन्दा कान्छो दिगो विकास लक्ष्यको पनि पाचौ बर्ष गाठ मनाईसकेको छ | महाब्याधिले नरोकेको भए यिनै बिषयमा गएको महिनामा न्युवोर्कमा सम्बोधन र सहजीकरण गर्थ्यो नेपाल सरकारले पनि |
तर अफसोच, सरकारले जे जे काम गर्छु भनेर हस्ताक्षर गरेको थियो, विकासे कार्यक्रममा गएर जे प्रतिबदता गरेको थियो, जुन संबिधानका कारण सरकार गाउ गाउमा थियो, त्यो सरकार महिलालाई कतै गन्दैन, देख्दैन, सुन्दैन अझ भनु कल्पना पनि गर्दैन |
मानब अधिकार, सुरक्षा, सहभागिता अनुभुत गर्न नपाएपछि, नसकेपछि चिच्याएर बोल्न, रिसाएर बोल्न बाध्य हुन्छ वा सरकार बाध्य पार्छ महिलाहरुको आक्रोश र आबाज उसलाई मधुर संगीतको धुन हुन्छ झैँ | हैन भने ..........|
१. महाब्याधिमा गभर्नर नियुक्त गर्नसक्ने सरकार रास्ट्रिय महिला आयोगमा आयुक्त नियुक्त गर्न किन दुइ बर्षदेखी आनाकानी गरिरहन्छ | आज आयोग पदाधिकारी भैदिएको महिलाहरुमा आत्मबिस्वाश त बढ्थ्यो नै सरकारलाई पनि काम गर्न सजिलो हुन्थ्यो |
२. फागुन १७ मा गठित उच्च स्तरीय समितिमा महिला बिज्ञ वा महिला मन्त्रालय समाबेश गर्न सरकार किन हिचकिचायो वा राखेन | स्वास्थ्य मन्त्रालयमा पनि लैगिक तथा समाबेशी नीतिको दस्ताबेज बनेको त दशकौ भैसकेको छ |  
यदि महिला वा बिज्ञ राखेको भए लैंगीकमैत्री नीति/प्रोटोकल/निर्देशिका आदि सबैमा महिलाहरुको समस्या स्वत: प्रणाली भित्रैबाट सम्बोधन हुन्थ्यो | केन्द्रिय सरकारको सिको गर्दै प्रदेश र स्थानीय सरकारले पनि अघि बढ्थे | दश दिनकी, दिल्ली देखि हिड्दै आएकी सुत्केरी महिलालाई बिशेष सुबिधा सहित क्वारेन्टाइनमा राख्न वा राहत बितरण गर्न कुनै मिडिया गुहार्न पर्थेन |
३. क्वारेन्टइनबाट भाग्न बाध्य प्रणालीले बनाएको छ | मिडियामा आएका फोटो र भिडियोले के प्रमाणित गर्छन भने क्वारेन्टइन लैगीकमैत्री बाताबरण पटक्कै छैनन् | महिलाहरुको लागि चाहिने सुरक्षा, मर्यदाको ग्यारेन्टी त के झन् थप अपमानका र हिँसा कारण उनीहरु भाग्न बाध्य भएका हुन् | संजोगले जन्मिएर पटक पटक मृत्युको मुख, अपमान र हिनताबाट बचेकाहरुलाई अर्को एक अपमान र हिनताले संयम हैन बिद्रोही बनायो जसका लागि सरकार जिम्मेबार छ | हिजो हात मुख जोर्नका लागि बिदेशिन बाध्य पार्ने देखि आज  क्वारेन्टइनबाट भाग्न बाध्य प्रणालीले बनाएको हो |
४. महाब्याधिमा निरन्तर अनुसन्धान, अनुगमन, विखण्डित तथ्याक सकलन र प्रयोगबाट मात्रै  महाब्याधिका अल्पकालीन र दिर्घकालिन असर/समस्याहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिन्छ | सरकारले प्रकाशित गरेका रिपोर्टमा विखण्डित तथ्याक सकलन र प्रयोग नदेखिनु पनि प्रणालीगत त्रुटी हो |  
५. महाब्याधिका समयमा बढ्ने लैगिकता आधारित हिंसाको रोकथाम र ब्यबस्थापन गर्न पनि खास राहतको घोषणा आबस्यक हुन्छ | कुनै अमुर्त वा समय लाग्ने भन्दा पनि दिनदिनै घटिरहेका समस्याहरुलाई सम्बोधन गर्न जरुरी छ | जहा महाब्याधिका समयमा हुनसक्ने दुर्ब्यबहार, हिंसा, मनोबैज्ञानिक समस्या आदिमा केन्द्रित गरेर रोकथाम गर्नको लागि सचेतीकरणका कार्यक्रम, २४ घन्टे कानुनी र मनोबैज्ञानिक परामर्श सेबा, आश्रमको सुदृकरण तथा संख्या थप (बैकल्पिक रुपमा स्कुल होटेल आदिलाई अस्थायी आश्रम), क्षमता अभिबृदी, कर्मचारीहरुलाई तालिम, आकस्मिक यातायातको ब्यबस्था आदिको लागि किस्ताबन्दीमा गुहार मागिरहनु पर्दैनथ्यो |
महाब्याधिले कस्तो रुप र बाटो लिन्छ भन्न सकिने अबस्था छैन | अवस्थमा जे भएपनि धनी देशहरु त आथ्युआथ्यु भएका छन् हाम्रो त के कुरा भन्ने सोचलाई निर्मुलीकरण गर्दै सरकारले सच्चिएर अघि बढ्न सक्नेमा दुइमत हुन् सक्दैन | संसार नै बदले झैँ महाब्याधिले नेपालको बाह्य र भित्री अबयब हरुलाई २०७२ को भूकम्पले भन्दा बढी हल्लाईसकेको र यसको गहिरो असर महिलाहरुमाथि पर्ने खास रणनीति सहित अघि बढ्न स्वाब परिक्षणको नतिजा पोजेटिभ नै कुर्नुपर्दैन | जनवरी २३ देखि आजसम्म वा झन्डै तीन महिनामा सरकारले महिलाहरुमाथि माथि न्याय गर्न अन्य निकायमा झैँ अभूतपूर्व अबसर हो | टाइम सकिनुपुर्ब नै बम निस्तेज पार्न सके सबैको भलो हुनेछ |  
After 11 days of submission to Kantipur, I uploaded here. 

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...