घटना एक: पख है, म श्रीमानलाई सोध्छु, लजाएको लबजमा फिस्स हास्दै उनले अनुमति मागिन |
यो जबाफ हो, जब स्वास्थ्यकर्मीले उनलाई तिम्रो यौनांग जांच गर्नुपर्छ, कागज बनाउनु पर्छ भने | उनको पाठेघर छानो र झिक्रोको कापमा झुन्डिएको कुभिन्डो जस्तो बाहिर निस्किएर दुइ तिघ्राले अडाएर राखेको जस्तो देखिन्थ्यो | उनी नजिक पर्दा नै केहि कुहिएको जस्तो ह्वास्स हरक आएको थियो | डल्लोले घर्षण भएर दुइ तिघ्रामा सिक्काको जत्रो छेउछेउमा रातो, बिचमा झनै रातो जिल्जील परेको घाउ थियो | पाठेघरको मुखमा पनि निलनिलो, घाउ थियो | बस्दा सतहमा ठोकिएर घाउ भएको हुनसक्छ | केहि क्षणको कुराकानी पछी थाहा भयो, श्रीमानले आफैले पाठेघर भित्र पसाएर संगै हुने रहेछन |
घटना दुई: औला गनेर देखाउदै, अझै ८ महिना छ, त्यसपछि .... |
यो जबाफ हो, महिनाबारीका समयमा घरसंगै जोडिएको गोठमा बस्दा बलात्कार भएकी युवतीको | बलात्कारी जेलमा छ| ऊ छुटेर आएपछि उसैसंग बिहे गर्ने हो | सबै साथीको बिहे भैसक्यो |घटना घटेपछि, पढाई पनि छोडे, साथीसंगीसंग देखिन पनि मन लाग्दैन, त्यसैले यहि गोठमा बस्छु, यिनैगाईबस्तु हुन् मेरा संगी वा परिवार | बेकारमा कराएछु जस्तो लाग्छ |
घटना तीन: के गर्ने मेरो बेटिको भाग्य नै यस्तै रहेछ |
उ मेरो परिवारमा कसैलाई पनि मन पर्दैनथ्यो | मेरो बेटीलाई त झनै मन पर्दैनथ्यो | जिस्काउने , गाउमा के के भन्दै हिड्दो रहेछ, हामीले सुनेको नसुने झैँ गरेथ्यो |एकदिन त जब्बजस्ती नै गर्यो | पंचायत बस्यो, यसैसित बिहे गरिदिने भन्यो | हामी गरिब मान्छे हजुर | समाजले भनेको मान्नै पर्यो |
यी माथिका तिन द्रिस्तांत कुनै दन्त्य कथा होइनन | हामी बाचेको, सभ्य भनेको समाजको प्रतिनिधी घटना | यी तिनै घटनामा सिलसिलेबार हिंसा अनुमान गर्न कुनै परियोजना वा डिग्री चाहिदैन | फरक फरक स्वरुपका बलात्कारका घटना हुन् जहाँ पिडितलाई पिडित हु भन्ने बोध नभएको वा भएर पनि भयो भन्न सकेको अबस्था छैन | उनीहरुले सास फेरेका छन्, खाएका छन् अझै फिस्स हासेका छन् मानौ उनीहरुलाई (भावनात्मक, शारीरिक, सामाजिक समस्या) केहि भएको छैन | तर त्यही समाजका भद्रभलाद्मीले समाजको संस्कारलाइ निरन्तरता दिन, समाजको शान्ति नखलबलाउन्, वा इज्जत राख्न ती पीडकहरुलाई बिनाशर्त श्रीमान स्वीकार्ने बाताबरण सिर्जना गर्नसक्ने, एकदमै सहि र आबस्यक कदम ठहराउदै शंका गरेर, सोधखोज गर्न गएका प्रहरी वा महिला समुहलाई जुंगामा ताल लाउदै जबाफ फर्काएका छन् - हाम्रो गाउमा त्यस्तो केहि छैन, हुन् सक्दैन, कसले सुराकी लगायो | सोध्नुस त्यही नानीलाई, सोध्नुस..., केहि भएकै छैन, केहि गरेकै छैन, उनीहरुकै राजीखुशी हो |
ठ्याक्कै यस्तो झल्को दियो यसपालिको काठमाडौँको तीज/पंचमीले | अधिकाम्स संचार मध्यम लगायत सामाजिक संजालमा सम्प्रेषित देखिए/पोखिए |
यही मतलाई मलजल गर्दै महिलाहरुको मात्र नभएर ब्रमाण्डको जग महिला र महिनाबारीलाई श्राप, फोहोरी ठान्ने दिन ऋषिपंचमीलाई `सेलिब्रेशन' गर्नुपर्छ भन्ने अर्को मत सघनरुपमा बाहिर आयो | जुन आफैमा विरोधाभास र पश्चगामी थियो | यो प्रस्ताब न संबिधान, न घरेलु हिंसा कसुर सजाय एन २०६६ न अन्तरास्ट्रिय अभ्याससंग मेल खान्थ्यो | अझै गहिरिएर भन्ने हो भने महिनाबारीका कारण हुने छुवाछुत, हेलाहोचो, विभेद, दुर्ब्यबहार सबै महिला हिंसा हो, नेपालको संबिधानमा लेखिएका कम्तिमा पनि दशवटा मौलिक अधिकारको वा छोटकरीमा मर्यादापुर्बक जिउने अधिकारको हनन हो भन्ने तथ्यलाई आत्मसाथ गरेर नेपाल सरकारले १६ दिने महिला हिंसा बिरुद्दको अभियानको १४ औ दिन वा डिसेम्बर ८ लाई अन्तरास्ट्रिय मर्यादित महिनाबारी दिबस घोषणा गरिसकेको सन्दर्भमा त्यस्तो प्रस्ताबको गर्भ झन् रहस्यमय बन्यो | के सरकारले गरेका सबै कदम बेसारे नै हुन्छन ?
समाज रुपान्तरणको मानक समय अनुसार परिबर्तन हुनु स्वाभाविक हो तर अहिलेको नेपालको समस्या भनेको आफुलाई आफैले परिक्षण गर्न हिच्किचाउनु हो | दलितका, महिलाका दलन ज्युका तिउ कहिलेकाही अझै उकल्चनुमा सस्कृति वैज्ञानिकीकरणमा चुक्नु नै हो |
ब्रत बस्नु शरीरको लागि राम्रो हो, प्राकृतिक औषधोपचार बिधि हो भन्दै तीजमा ब्रत बस्न प्रोत्साहन गर्नेहरुको हुल पनि कम थिएन | प्राकृतिक चिकित्सा र कतिपय अबस्थामा एलोपेथिकमा पनि खालिपेट राखिन्छ वा राख्नुपर्छ | अर्थात् त्यहाँ कारण हुन्छ, प्रकिर्या हुन्छ | चिकित्सकको परामर्शमा खलिपेट रहनु केहि घण्टा वा दिनभर वा केहि दिन सान्दर्भिक वा बैज्ञानिक तर्क हुन् /मान्न सकिन्छ तर तीजकै दिन बस्नुपर्छ, शरीरको लागि राम्रो हुन्छ, अझै निराहार बस्नुपर्छ जस्ता तर्क पीडकसंग सिन्धुरपोते गर्दा भबिस्य उज्जल हुन्छ, सस्कार बच्छ, शान्ति हुन्छ भन्नु जस्तै हो भन्दा अतिशयोक्ति नहोला |
ब्रतलाई कसै कसैले घरमा शान्ति हुने, परिवारमा सदभाब बढ्ने, सस्कार जोगिने, श्रीमानले धेरै माया गर्ने, श्रीमानलाई सम्मान गरेको ठहर्ने वा श्रीमान श्रीमती दुवैले ब्रत बस्ने तर्कहरु पनि अघि सारे | माथिका तिनै घटनाले महिलाहरु आफूले आफुलाई अरुहरुको खुशीको लागि अर्पण गरेको वा मन्दिरमा चदाएको फुल जस्तो ठानेका छन् जुन पण्डित वा हेरालुलाई मन पर्दासम्म सजिन पाउछन् |मन नपर्दा खाल्डोमा वा कतै बिसर्जन गरिन्छन | जसको अस्तित्व एकदम क्षणिक र उधारो हुन्छ | महिलाहरु पनि आफुलाई त्यसरी (फुल जस्तै) नै सामाजिकीकरण भएका कारण म अरुकै खुशीका लागि जन्मिएको हो भन्ने कन्भिक्सनमा (सेल्फ अब्जेक्तिफिकेशन) हुन्छन | यदि त्यसरी अर्पण हुन् सकेनन् भने आफ्नो जन्म ब्यर्थ ठान्छन | तसर्थ घरको शान्ति, सस्कार, सदभाब, माया सबै मेरै जिम्मा हो, म जबाफदेही रहनुपर्छ भन्ने लाग्छ | यिनै परिबेशमा शान्ति, सस्कार, सदभाब, मायाको परिणाम भोग गरिरहेको लिंग वा वर्ग, शक्ती केन्द्रित संरचनाले झन् उत्तेजित वा प्रोत्साहन गर्ने हुदा माथिका तिन घटनामा अन्याय भएको थिएन, वा स्वाभाविक हो भन्ने लाग्छन | यसलाई मर्यदा,शक्ति निर्माण, प्रयोग, र २४/७ दैनीकीसंग बिस्लेषण गरिएन भने बस्तुकरण भएको पत्तो कसैलाई पनि हुदैन | अर्को भाषामा बस्तुकरण हुन लत लागिसकेको हुन्छ | त्यस्तो लत बिष नै भएपनि आत्मसात गर्न र त्यो बिष तलाउबाट निस्कन तयार छैन समाज |त्यसैले उ सहायता लिन्छ फेरी धर्म,सस्कार, माया ....... |
यसकै भुमरीमा परेको हो`नो ब्रत प्लिज' गीत | आफूले आफुलाई दिइरहेको पीडालाई मायाको रुपमा स्थापित गरिएको शतादियौ पुरानो मान्यताका कारण अलमलमा परेका आम समुदायलाई `अलार्म' मात्र थियो | यसले नेपाली समाजलाई बिबेकशील हुन् अनुसन्धान गर्न, बैज्ञानिक हुन् अपिल गरेको थियो | तर एउटा जमात यसरी खनियो कि मानौ हिन्दु धर्मको सर्बनाश नै भयो | `मितेरी' साइनो हिन्दु धर्मको महाभारतमा कृष्ण र सुधमाको पारस्परिक मैत्री सम्बन्धबाट अभ्यासमा देखिन्छ | अपबादमा राजनैतिक दाउपेच बाहेक मितेरी परम्परागत शान्ति र सदभाब निर्माण गर्ने औजारको रुपमा प्रयोग भएको छ तर यसको अनुसन्धान र प्रचार भएकै छैन भन्दा फरक नपर्ला | धर्म चाहे जुनसुकै होस् सान्दर्भिक र जिबनमुखी भए मात्र सस्थागत गर्दै पपुलिस्ट बनाउन सकिन्छ | ठुलो जमातले अशिल, असहिष्णु आक्रमण गर्दा गीत बन्द होला तर चेत बन्द हुदैन | म्यान्मारमा देखिएको `इथिनिक क्लिनिन्सिंग' लाई बाहुल्य धर्मको नाममा गरिएकोले राम्रो, स्याबास उनीहरु बाहेक कसले भनेका छन् र ? गीतमा उपन्यास लेखे झैँ ब्रतका सबै पक्षहरु उदांग पार्न मिल्दैन | सस्कार, माया, सम्मान, शान्ति, धर्म आदिका नाममा ललिपप देखाए झैँ बसिने ब्रतलाई इंकित गरिएको अर्थमा यो गीतले कुनै अपराध गरेको छैन, बरु समाज रुपान्तरणमा एक बुँद थपेको छ |
अधिकाम्स प्राज्ञिकहरुपनि पुर्बाग्राही वा तटस्थ रहेर संगै उभ्याउनुले नेपाली समाजमा चेतको भयंकर खडेरी मात्रै हैन डरलाग्दो छ भन्दा गल्ती नहोला | यसले नेपाली समाज ज्ञान निर्माण प्रकिर्यामा डराएको वा अलमलमा परेको संकेत दिन्छन |
समाजमा बिभिन्न तरहले स्थान पाएका व्यक्तित्वहरुले आफूले गरेको वा सोचेको नै सर्बोपरी वा बैज्ञानिक हो भनेर स्थापित गर्न खोज्नु आफैमा सामाजिक अपराध हो | सामाजिक सत्य गतिशील र बहुमुखी हुन्छन त्यसैले कुनै परिबेशमा असल, राम्रा ठानिएका ब्रत, पंचमी, आज बेसारे बनेका छन् | प्रकिर्तिले दिएको संरचनालाई बिज्ञानको चस्माले हेर्नुको बिकल्प हुनुहुदैन र छैन पनि | दुबैको बीचबाट मानबता जन्मन्छ | जसको कुनै दल, जात, रंग, बर्ग, बाद हुँदैन | भयो भने अभिशाप हुन्छ | उन्मुक्त उडान भर्न निस्केको नया पुस्ता न कुरेर बस्छ पिछ्लगु भएर | `इनफ इस इनफ' त्यसकै ज्वलन्त उदाहरण हो |गतिशील समाजमा बैज्ञानिक पद्दतीले बाच्न त्यती सजिलो त छैन तर त्यसो भन्दैमा जबबर्जस्ती आफ्नो उपस्थिती राख्न, विपक्ष वा तटस्थ स्थान, प्रतिगामी कदम त हुदै हो, त्यो भन्दा पनि खतरनाक प्रबिधि र बिज्ञानको उत्कर्षमा, पुतली झैँ उन्मुक्त भएर समाजको बागडोर समाल्न तम्तयार नंया पुस्ता माथि गम्भीर धोका हो |
Shared with Kantipur in Sept 10, 2020