Thursday, December 8, 2022

Book Review: Shunya ko Mulya, Dr. Nawaraj KC

 

·      शुन्य भंग गर्दै स्नेहले बुनिएका अक्षरहरु चोर्दै चोर्दै विचरण गर्ने तपाई महान पाठकहरुमा मेरो हृदयको गहिराइबाट एक भूगोल साहित्यिक नमस्कार |

·      बिधवा आमाको ख्याल गर्न कर्णालीको फेद फेदमा जन्मिएर कर्णालीका कुना कुनामा साहसी आमाहरुको आँखाबाट पढेको, आशुबाट बगेको, उहाहरुको पैतालामा सिंगो कर्णाली मात्रै ननापेर सिंगो नेपाल अझ भनौ सिंगो ब्रामंडको सयर गर्ने साहसी, स्नेहको प्रति मुर्ति, शुन्यको परिभाषाकार हैन दर्शनकार डा. नबराज केसीलाइ मुरी मुरी बधाई |

·      यो  एक महिला, एक


 आमा, एक प्रेमी, एक दिदीका तर्फबाट, यो तिमीले शुन्यतामा हराउदा देखे जति कै निलो आकाश जति धन्यबाद पनि | हैन धेरै नै लिन मिल्छ भने पनि लिनु मेरो कन्जुस्याई रहने छैन |

·       शुन्य सबैको अस्तित्व हो, सत्य हो | तर फेरी सबै शुन्य स्वीकार्न तयार छैनन् | शुन्य हो र हैन भन्ने जोडघटाउमा नै हामी शुन्यमा बाच्छौ र पुग्छौ | यो दर्शन, यो बिज्ञान, यो अनुभूति, यो जिबन, यो यात्रा जे सोचे त्यहि हो शुन्य | शुन्यबाट छुटिएर, तपाइले स्वीकार गरे पनि नगरे पनि तपाई शुन्य कै एक उपज हो | बस उपज |

·      करीब ६ दशक लामो मानब अधिकार, नारिबाद र विकासबादको लयलाई स्वयंसेबक ढंगले उल्टाउन खोज्नु  चानचुने साहस त हुँदै होईन | त्यतिकै व्यस्त हुनुपर्ने बाध्यता झेलिरहेको मलाई तालका माछा सरी बग्रेल्ती भेटिने लेखकहरुको हुलबाट साहसले बोलाउनु र स्नेहले स्वीकार्नु आफैमा सुन्दर पक्ष हो | अझ भनु शुन्यको मूल्य दिनु र लिनु हो |

·      निमन्त्रणा गज्जबको मायाबी थियो | शुन्यलाई सार्बजनिक गर्ने मध्य एक पात्रले एकै दिनमा काठमाडौँ भ्यालीको शुन्य प्वालबाट एकैदिन फुतुक्क टिपेर, फेरी घाम शुन्य हुँदै गर्दा फुत्रुक्क खसालिदिने शर्तमा निम्त्याएको हो खासमा | स्नेहले ओतप्रोत भएर हुन्छ त भनिहाले  तर त्यो एकदिन थिएन | एकको अघि पनि शुन्य | एकको पछी पनि शुन्य थियो |

·      एकको पछी शुन्य हुनुका धेरै कारण छन् यहाँ | कर्णाली हाम्रो साझा पहिचान | स्वास्थ्यकर्मी अर्को ब्यबसायिक सम्बन्ध | कर्णाली उत्सवका बेला हाम्रो साझा सबाल | तर एकको अघिको शुन्यसंग मित लगाउन कयौ आमाहरु थिए | ती आमाहरु मध्य, यो पुस्तकमा समेटिएका आमाहरु बटुलेर यो शुन्यको मुल्य सुन्न , अनुभूत गर्न पाएका भए भन्ने शुन्य भावमा हराए | शुन्यको अर्थले शुन्यको मूल्य सबैलाई वा सधै भर मुल्य दिन सजिलो पनि कहाँ छ र | जे होस्, मलाई कर्णालीकि आमा भएर प्रस्तुत हुने अवसर दिएकोमा आन्विका, मणि र उहाहरुको टिमलाई धन्यबाद र बधाई |  

·      म शुन्य भए | शुन्य छु | शुन्यमा नै हराउछु | शुन्यमा नै  जन्मिएको हुँ | म शुन्य बिना कतै कतै अस्तित्वमा रहन्न |

·      हामीले के बोल्दैछु भन्ने कुरा सोच्नु पर्छ रे | दुइ बाक्यले २ जिबन बन्न पनि सक्छन,  ध्वस्त हुन् पनि सक्छन भनेर यो पुस्तकमा पढिसकेपछि अन अफ गर्ने बटन बिग्रिएको रेडियो साउनको झरीमा झ्यार झ्यार गरे झैँ गर्ने म शुन्यमा हराउन बाध्य भए |

·      साहस गरेर भयो, सरी, सकिन भनौ कि भन्ने मनमा लागेको बेला फेरी ३३ कोटी देवताको सूचीमा नपरेकी प्रतिनिधि पात्र म, सांग्रिला बुक पब्लिकेशनको  स्नेहले आल्हादित भएर म यहाँ तपाई हरुका अघि छु |

·      तपाइलाई लागेको होला म एकमा हैन दोहोरो अकमा छु तर तपाई जे भन्नुस, जसरी जच्नुस खासमा म शुन्यमा छु | तपाई महान पाठक र सुभेच्छुकहरुको अघि म शुन्य छु |

·      साहस र स्नेहको माला बुन्नु अघि म शुन्यमा थिए, तपाईहरुका भाब पढ्दै गर्दा, बोल्दै गर्दा म शुन्यमा छु र रहन्छु |

·      मलाई सुन्नु भन्दा पहिले तपाई पनि सुन्यमा हुनुहुन्थ्यो नि है | भर्खर तपाइ शुन्य हुनुभयो नि है |  शुन्य – भावमा |

·      शुन्य महसुस गर्नु पनि कला हो | शुन्यको मुल्य खोज्नु पनि साहस हो | शुन्यतामा सौन्दर्यता दिनु कलिगढ़ले मुर्ति बनाउनु जस्तै हो | अर्थात् स्नेहको गगनचुम्बी शिखर कुद्नु हो | जीबन सार्थक बनाउनु हो | मूर्तिकार डा. नबराज के सीलाई पुन : बधाई छ | 

·      यो प्रतिस्पर्धाको बजारमा अर्को पाटो पट्टि निरस, एकांकी, पट्यारलाग्दो, गरिबी र अन्यायको करकर, गनगनलाई साहस र स्नेहका साथ सांग्रिला बुक पब्लिकेशनले आर्थिक मन्दीले एन आइ सी यु मा गएर इन टिउब नै राखी वरी अक्षर अक्षरमा सास राखिदिएर कर्णालीलाइ मात्र नभई सिंगो नेपालको पहिचान फेर्न जुन गुण लगाएको छ त्यसका लागि आभार व्यक्त गर्दछु |

·      शुन्य आफैमा पहिचान हो | मान्छे हुनुको पहिचान | मानबता खोज्नुको पहिचान | मर्यादाको अनुसन्धान हो |

·      करीब ४ सय बर्ष देखि पैतालाको धुलो सरी राज्यले, नीजी संसाधनले अनि खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, सस्कृति, सस्कार, चलन, प्रथा, दासत्वका नाममा गाजेर रहेको महिला माथिको शोषण, प्रत्याडाना  बिरुदको लागि यो पुस्तक १० रेक्टरको भूकम्पको कम्पन हो | महिला माथिको शासन महिलाहरु आफैले भत्काउन नेतृत्व गर्ने, पितृसत्तालाई बिना हतियार टुक्रा टुक्रा गरिएको महाअभियानको दस्ताबेजिकरण हो यो किताब |

·      बास्तबमा यो अभियान हो | अभियानको बुलन्द आबाज हो | १६ दिने लैगिक हिंसा बिरुदको अभियानको एक हिस्सा हो |  

·      विश्व बिद्यालयका डिग्रि धारी, राजनेताको पगरी वाला नेताहरु, बिकासका नाममा पुरातन, परम्परालाई पहिचानका रुपमा वकालत गरि हिड्ने, आफ्नो जरालाई वा अस्तित्वलाई बिर्सने, आफ्नो आमाको आफैले हिंसा गरेर गौरब गर्न लालायित पुरुषहरुको झुण्डलाई बलियो चड्कन हो पुस्तक |

·      संजोगले जन्मिएका कर्णालीका बिरामीका गनगन पढ्नै नै किन पर्यो, देखे जानेकै त हो नि,पढेर किन समय बर्बाद गर्ने भन्ने सोच भएकाहरुलाई उनीहरुको चस्माको लेन्स फेरिदिन, आफ्नै जनजीविकाका पलहरुलाई विश्व मानचित्रमा बिस्लेषण र सम्बोधन गर्न खबरदारी गरेको छ पुस्तकले |  

·      जन्मिनु वा जन्माउनु महिलाको फगत एक अनिबार्य काम हो जसरी बाउले दिनभर गीटि कुटेर एक छाकको जोरजाम गर्छ भनेर पारम्पारिक तबरले सोच्नेहरुको लागि यो किताबले बलियो प्रहार गरेको छ | एउटी दिदीले आफ्नो भाइलाई, एउटा फुपूले आफ्नो भदालाइ, एउटा अबिबाहित आमाले रगतको नाता नै नभएको बच्चालाई, मातृ वात्सल्यको सागरले नै सिंचित गर्न सक्ने बलियो प्रमाण पेश गरेको छ | यसरी मातृत्व, बिबाह भन्ने सस्था माथि प्रश्न गरेको छ यो किताबले | हैन भत्काई दिएको छ |

·      अर्कोतिर आफ्ना खुट्टा लागेपछि आफ्नो माटो र मातृत्व बिर्सने भाइ, बहिनि, भदा भदिनी, छोराछोरीहरुलाई  यो पुस्तकले नजानिदो पाराले सचेत गराएको छ |  जीम्मेवारी बोध गराएको छ |

·      प्रकृतिले महिलालाई स्वचालित रोबर्ट, बैज्ञानिक बनाएको हुन्छ | उसको दिमाग तिक्षण हुन्छ | प्रतिरक्षा शक्ति धेरै हुन्छ | उ अमिबा जस्तै परिवेश र आबश्यकता अनुसार आफ्नो स्वरूप परिबर्तन गर्न , नेतृत्व र ब्यबस्थापन गर्न सक्षम छन् जस्तो उसंग बाढीसंग बाम्ठे जोरी खेल्ने साहस हुन्छ, गरिबीमा स्रोत ब्यबस्थापन गर्ने सिप हुन्छ, भोकमा खाना हुन्छ, टुहुरालाई अभिभाबक हुन्छ, अर्थात् बगरमा फुल फुल्छ, फुर्छ संगीत, कविता, गीत, के के हो के के तर दुनिया देख्दैन भन्ने मूल संदेश हो यो पुस्तकको |

·      पुरुषको विर्य मात्रले यो दुनिया चलेको होईन है, हे स्वार्थी पुरुष, दुष्ट पुरुष भन्ने भाब कथामा बलियो बनेर आइरहन्छन | त्यसै गरि बिस्वाश न रगतको नातामा हुन्छ न एक चिम्टी सिन्दुरको धुलोमा भन्ने प्रमाण अघिपछि आइरहन्छन |

·      सर्जक आफै पुरुष भएर, कर्णालीको बहाब फेर्दै, शुन्यको मुल्य खोज्दै, टिप्दै आफ्नो एक थान लिंगको घमण्ड गर्ने पुरुषहरुलाई नंगाएको छ | तथापी सबै पुरुष विषाक्तपूर्ण हुँदैनन् | केहि पुरुष मानवताको रक्षार्थ, आम महिलाहरुको पक्षमा संगसंगै छन्/ हुनसक्छन भन्ने तर्क पनि पेश गरेको छन  | जसका लागि डाक्टर आफै रुप फेरी फेरी आउछन र मानबताको लागि कवच बनेर उभीदिन्छन | 

·      यो पुस्तकले मिठा, चिप्ला कुरा गर्ने, मोटा, बाक्ला किताबहरुमा बिश्वास गर्ने व्यक्तिहरुलाई काशी जान कुत्तीको बाटो गएर पुगीदैन हौ साथीहरु भनेर चिच्याएर सुनाएको छ | कर्णाली तिम्रा आँखामा गरीब छ, सायद तिम्रो क्यालकुलेटर बिग्रिएको छ कि ? तिम्रा सूचक नेपाली माटो सुहाउदो छैनन् | बिदेशका डिग्रि छ भन्दैमा, सयुक्त रास्ट्र संघको नारा हो भन्दैमा मेरो यो कर्णाली विश्वबिद्यालयको ज्ञान, प्रबिधि, रणनीति कुल्चन, मेटाउन तिमीलाई हक छैन भन्ने संदेश दिएको छ | कोहि पनि नछुटाउने दिगो विकास लक्ष्यको नारा जोक्स भन्दा धेरै केहि नभएको कुरा सरल, सहज तरिकाले ब्याख्या गर्न काबिल देखिन्छन डाक्टर |

·      सामाजिक रुपान्तरण, न्याय, र मानब अधिकारमा काम गर्नेहरुले हरेक तहका नीति निर्माता, विकासे सस्थाहरु, शैक्षिक संस्थाहरु लगायत हरेक सरोकारवालाहरुलाई भुइँतहका तथ्यांकलाई केन्द्रमा राखेर तर्जुमा गर्न साहसका साथ सुझाएका छन् |

·      हाम्रा आमाहरु डाक्टर हुन्, कृषक हुन्, बैज्ञानिक हुन् , मदर टेरेसा हुन् अनि हुन् माक्स, पाउले फेरे   | यिनीहरु पुतली झैँ उडान भर्न सक्छन | समृद्धिको बहार ल्याउने अमर्त्य सेन हुन् मात्रै नोबेल पुरस्कारको निर्णय गर्ने समिति पूर्वाग्रही छ |  निर्णय गर्ने समिति पूर्वाग्रही, बिल्कुल पुर्बग्रही भएको खुलासा गरेको छ यो किताबले |पताउनु हुन्न –किताब आफै पढ्नुस |  

·      सन् २०२२को गणतन्त्र नेपालमा पखालाको औसधी कर्णालीलाई भेडी गोठ रित्ताउनु पर्छ भनिरहदा लाज पनि लजाउछ | दशकौ देखिको लगानी कर्णालीको पहाडहरु निचोरेर  समुन्द्र भेट्न कुदेको कर्णाली नदि जस्तै अत्यासलाग्दो छ | बिचरा भनेर च्व च्व गर्न जति सजिलो छ, बिकासका पद्दति बदल्न राज्य कसलाई कुरिरहेको छ, त्यो बदलिने दिन कहिले र कल्ले लिएर आउने होला भनेर खाली खाली प्रश्नहरुको सुनामी नै आउछन |

·      जति पढ्यो उति पढ्न मन लाग्छ | आफैलाई सम्झेर माया लागेर आउछ त् कहिले परेली भिजेर अक्षरका आकृति पनि हराउछन | कतै कुनै हैन, हुन् सक्दैन भन्ने लाग्दैन | से फोक्सुँडो पुग्दा जति रमाउछ यो मन त्यति नै बिरक्तिन्छ नसक्दा जान धो तरप |

·       यो किताब जसले पढे पनि आफ्नै कथा जस्तो लाग्छ | बिरामी, नर्स, डाक्टर, ज्यामी, टुहुरा, नीति निर्माण कर्ता आदि आदि बैले आफ्नै कथाको हेलिकप्टरमा सयर गर्छन |

·       आमा, वा,शिक्षक, एन जी ओ कर्मी , अपांगता भएका व्यक्ति वा अर्थशास्त्री वा राजनीतिज्ञ वा कुनै सचेत नेपाली नागरिकले यो किताब कसरी नपढी रहन सक्ला र ? मोटो किताब वा प्रोफेसर वा बिदेशमा मैले पढ्दा नभेटेका धेरै सबाल भेटेकी छु यो किताबमा | सामाजिक न्यायमा, मानब अधिकारमा बिस्वाश गर्ने, कर्म गर्ने सबैका लागि यो किताब आफैमा, आफैले आफुलाई बदल्ने एक औजार हो | मन्त्र हो | तपाई नै बदलिनु भएन, तपाइको सोच नै बदलिएन भने बस तपाई एक  जागिरे मात्र हो | जागिर खान मात्र नै तपाइको उद्देस्य हो भने न डा नवराज केहि भन्छन न म नै केहि भन्छु |

·       बाल बालिकालाई पुतली झैँ उडान भर्न सक्ने बनाउन बच्चाले बच्चा हेर्ने, बच्चाले बच्चा पढाउने, बच्चासंग बच्चाको बिहे गर्ने सबैको चक्र नै चुडाल्नु को बिकल्प नै छैन | यसमा राजनितिक इच्छा शक्ति बिना सम्भब नै छैन | फेरी पनि पिरामिड पिरामिड झैँ गरि पढ्नका लागि, हाम्रो बिकासको मोडेललाइ बदल्नको लागि राजनीतिक नेतृत्वले यो किताब पढे भने अर्को पटक चुनाब जित्ने गरि केहि गर्न सक्छन होला भन्ने लागिरहेको छ | नत्र उहिलेका दिन बाइगे |

·       बिज्ञान, समाज, सबेग र अध्यात्म मिसिएको यो पुस्तक पढिसकेपछि रमाइलो भन्दा पनि पछुतो, रिस, चित्त दुखाई र अलिकति प्रतिबदता मिसिएको भाब पैदा हुन्छ | सबेग हराएको, मानबता हराएको गगनचुम्बी घर भित्र आफै हराउन भन्दा गगनचुम्बी पहाडहरुसंग,  चराचुरुंगीहरु संग , पात पतिंगर संग गोठ, गुफा र झुपडीहरुमा प्रतिक्रिया बिहिन ढुंगाहरुसंग  मीतेरी गास्न मन लाग्छ |

·       यति बिध्नै ज्ञान टाठो, पढन्ते, भाबुक, दार्शनिक, फुच्चे  बच्चाको डाक्टर आफै कता कता अल्झिएको जस्तो भान घरि घरि बलियो भएर आउछ | उ भित्रको सुसुप्त पुरुषत्व सतहमा आएको अनुभूति हुन्छ | घरि घरि शंका पनि लाग्छ | के उसले महिलाको शरीर बुझेकै रहेछ त ? के कर्णालीमा उ महिला प्रति सम्बेदनशील छ कि हामीलाई फकाएको मात्र हो भन्ने अनुभूति हुन्छ |

·       बच्चा पहिले कि आमा पहिले भन्ने प्रश्न जहिल्यै हामीसित रहन्छ | जो पहिले भए पनि कर्णालीमा झन्डै सय प्रतिसत घरमा महिनावारी विभेदको अभ्यास छ | महिनावारी विभेदका कारण आमा हुनु पूर्व अर्थात् करिब ५ बर्षको उमेरमा नै महिनावारी विभेदको भुक्तावान भएकी छोरी निरिह, शक्ति बिहिन भएर हुर्कंछे | उसको मानसिक स्वास्थ्य कमजोर हुन्छ | उ प्रश्न गर्न सक्दिन | महिनावारी भएपछी उ थप विभेदमा पर्छे | पोषणयुक्त खानेकुरा, पानी, सरसफाई, गतिशिलतामा अकुस लाग्दै गए पछी उसको शारीरिक र सामाजिक स्वास्थ्य पनि बिग्रदै जान्छ | अर्थात् डाक्टरको भाषामा ५१ % आमा कुपोषित हुन्छन अनि १० कक्षा पनि पढन नपाई बिहे गर्छन वा गराइन्छन् | महिनावारी विभेद लैगिक, जातीय विभेद वा राजनीतिक वा आर्थिक वा जलबायु परिबर्तन वा दिगो विकास लक्ष्य सबैतिर संगसंगै छ | एक पटकको महिनावारीमा महिनावारी विभेद देखेर वा भोगेर उसको दिगो विकास लक्ष्यका सूचक प्रतिगमन तिर सोझिन्छन | यस्तो जटिल, बहुआयामिक घर घरको कथा, डाक्टरको घरको कथा कसरी बिर्सन सकेको होला भनेर जति छक्क परेको छु उति नै चित्त पनि दुखाएको छु |

·       देखिने महिला हिंसा वा घरेलु हिंसा त केवल महिनावारी विभेदले प्रणालीगत रुपमा पार्ने असरका केहि नमुना मात्र हुन् डाक्टर | सामाजिक विभेदको मापन गर्न अहिलेको थर्मामिटर पुरानो भयो कि भन्ने लागेको छ | सबैका अघि गाली गरि भनेर चित्त नदुखाउनु आखिर म मितिनी राधा दिदी नै त हो | मिना वा रम्मा दिदी वा बुधेकी बाकि दिदी भन्दा म तिमीलाई माया गर्न के कम छु र ?    

·       अति नै भए पछी किताबमा छोरा भनेको ठाउमा छोरी भनेर पढी हेरे, गाइ सुने-

आमा मरेको खबर छोरीलाई सुनाइ दिए हुन्छ

तर बिन्ति छोरी मरेको खबर आमालाई न सुनाइदिनु

बरै कसरी यस्तो सोच्न सक्थ्यो कर्णालीले ? कसरी सोच्न सक्थ्यो डाक्टरले ? छोरी मरी त् गालई टरी न हो |  यदि छोरी जन्मिएका भए हेलिकप्टर चडी चडी कुन छोरीको उपचार हुन्थ्यो होला | जसलाई बिभिन्न बहानामा भारतमा गएर गर्भपतन गरेर निमिट्यान्न पारिन्छ | कर्किनी आमाले कम्तिमा पनि दोस्रो पटक छोरा पाएको भए उनि र उनको छोरीले त्यो भुक्तभोग गर्न पर्दैनथ्यो कि भन्ने लागि रहन्छ |

·      शुन्य भित्र भूगोलको खास ठाउ, भाषा र बिम्बहरु संयोजन लोभ लाग्दो छ | तपाइ एकचोटी पढ्न बसिसकेपछि नसकी छोड्न सक्नु हुन्न | अझै तपाई कर्णाली बाहिरको हुनुहुन्छ भने जम्मा रु ४४८ मा मिहिन तरिकाले आधा कर्णाली यात्रा गर्नु हुनेछ | हैन फ्री भिसा, फ्री टिकट क्या |

·      घरि घरि संजोगले जन्मिएको, बालाखबय देखि नै पटक पटक मृत्युको नजिक पुगेको, जन्म मितीको टिपोट नभएकी, भीड छोडेर शुन्यमा रमाउने, जिन्दगि जिउने, आफ्नै वा आफ्नै भनेर बिस्वाश गरिएकाहरुबाट ठगिएको, स्नेहको मूल फुटाउदा ज्यानै खतरामा पुराइएकी, अबिबाहित राधा आमाको व्यक्तिगत र सामाजिक जिबनको प्रतिबिम्बित  कथा पनि हो यो शुन्यको मुल्य |

·      तपाई किताब किनेर, सामाजिक संजालमा फोटो साझा गरेर न पाठक बन्न सक्नु हुन्छ न शुन्यको मूल्य |  कृपया तपाई पाठक केवल पाठक मात्र नबनिदिनु होला |

·      तपाइले केवल एक शुन्यको मात्र मुल्य भए पनि अहिलेबाट नै गरिदिनु होला भन्ने अपिल र अनुरोध गर्दै प्रकाशक, लेखकलाई पुन बधाई, धन्यबाद दिदै आगामी दिनमा पनि शुन्यहरुको साक्षी बस्न पाइयोस भन्ने आशा र बिस्वासका साथ मेरो भनाइ यहि बिट मार्ने अनुमति चाहन्छु |  

धन्यबाद , नमस्कार

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...