https://ekantipur.com/bibidha/2024/06/11/climate-justice-and-decent-menstruation-26-54.html
जलबायु न्यायका लागि मर्यादित महिनावारी: किन ? कसरी ?
जलबायु न्यायका लागि मर्यादित
महिनावारी भन्दै गर्दा सयौ प्रश्नहरुले घेरिएपछि यो लेख लेख्न प्रेरित भै सोझै बिषयबस्तुमा
केन्द्रित हुने अनुमति चाहन्छु | विश्वको इतिहासमा करिब तिन लाख बर्ष देखि यो ब्रामंडलाई
नै चलायमान राख्न अपरिहार्य प्रकिर्याको रुपमा रहेको महिनावारी प्राकृतिक वा जैविक
प्रक्रिया हो |परिस्थिती अनुरुप महिनावारीसंग जोडिएका अभ्यासका बारेमा छलफल,
अनुसन्धान गर्नु भन्दा पनि यसलाई कहिले सकारात्मक जस्तो तर नकारात्मक त कहिले नकारात्मक
नै, जे भए पनि अचम्म शक्तिको रुपमा स्थापित गर्दै त्यहि अनुरुप सोच, धारणा, अभ्यास
भएको देखिन्छ | मिन्सुरेटर (पाठेघर लिएर जन्मिएका) र नन –मिन्सुरेटर (पाठेघर लिएर नजन्मिएका)
व्यक्तिहरुको तुलना गर्ने हो भने अनुसन्धान र छलफलमा मिन्सुरेटरका अधिकाम्स सबै सबालले
कम स्थान पाउने कुरा जगजाहेर नै छ | यसकै चक्रव्यूहमा परेर/पारेर महिनावारीको सबाल
ओझेलमा मात्रै परेन अपब्याख्या पनि गरियो | मौनता, र अज्ञानताको भुमरीमा यो वा त्यो
बहानामा बिज्ञानका बिद्यार्थी माझ पनि `डर’
को रुपमा प्रतिबिम्बित भैरह्यो | बिज्ञान पढेलेखेकाले पनि यसको बारेमा छलफल गर्न चाहेनन्/सकेनन
|
महिनावारी अभ्याससंग सम्बन्धित
कुनै पनि निषेध, लाज, भेदभाब, बार्नुपर्ने, हिंसा, वा कुनै पनि स्रोत र साधनको पहुचबाट
बन्चित भएको अवस्था महिनावारी विभेद हो | पक्कै पनि भूगोल, आर्थिक, राजनीतिक,
सामाजिक, सास्कृतिक, प्रविधिक आदि आयमहरुले महिनावारी अभ्यास प्रभावित भएता पनि देखिने
र नदेखिने, धेरै र थोरै, फरक फरक नाम, स्वरूप र गाम्भीर्यतामा अभ्यासमा संसारभर नै महिनावारी विभेद छ | संसारभर महिनावारीको
नाम नै ५००० हजार भन्दा बढी भएको अनुसन्धानले देखाएको छ | करीब ६-९ बर्षको उमेरमा महिनावारी विभेदले शक्ति
र पितृसत्ता निर्माण गर्दै यसको चक्रीयरुपमा सामाजिकीकरण हुने भएकोले यो कुनै पाच दिनको
मात्र सबाल नभएर जिबनचक्र भर कै सबाल हो | शक्ति र पितृसत्ता निर्माण गर्दै यसको सामाजिकीकरण
गर्ने भएकोले यसले मिन्सुरेटर र नन मिन्सुरेटर बिचमा प्रभाब नपारेको कुनै क्षण नै हुँदैन
| खासमा यसले लैगिक मानक जस्तो कसरी हिड्ने, को हिड्ने, के लगाउने के पढ्ने, को पढ्ने,
कहाँ पढ्ने, किन पढ्ने आदि सबै कुराहरुको निर्माण गर्दछ | यहाँनेर लैगिक असमानताका
कारण विभेद भएको हैन महिनावारीलाई विभेदको रुपमा अभ्यास गरेकोले लैगिक असमानताको निर्माण
भएको हो भनेर बुझ्न नै ढिलो भएको हो | जति महिनावारी प्राकृतिक हो त्यति जेन्डर होइन
भन्ने पनि यस लेखको आशय हो | अर्थात् जेन्डर नभनेर महिनावारी भनेको भए सायद हाम्रो
समावेशिता सजिलो र छरितो हुन्थ्यो होला | प्राकृतिक रुपमा भएको महिनावारीलाई उत्सबको
रुपमा नलिएर वा पछाडी राखेर जेन्डर भन्दै समानताका लागि पैरवी गरेकाले पनि धेरै ब्लाकक्ल्यास
भोग्नु परेको हुनसक्छ | जुनसुकै बहानामा गरिएको महिनावारी विभेद यु. एन. को यौनिक र
लैगिक हिंसाको परिभाषाका आधारमा बिस्लेषण गर्ने हो भने महिनावारी विभेदको अभ्यास एक
पटक हैन दर्जनौ पटक यौनिक र लैगिक हिंसा हो | मानब अधिकारको परिभाषाका आधारमा बिस्लेषण
गर्ने हो भने कयौपटक मानब अधिकारको हनन हो | महिनावारी भएको वा महिनावारी सुक्दै गर्दा भएको समयमा हुने विभेद/हिंसा
महिनावारी विभेदको लाक्षणिक प्रभाब हो भने महिनावारी हुने पाठेघर लिएर
जन्मिएकोले हरेक पाइला र जिबनचक्र भर हुने विभेद, हिंसा महिनावारी विभेदको प्रणालीगत
प्रभाब हो |
झट्ट हेर्दा महिनावारी र जलबायु
परिबर्तन प्राकृतिक हुन् | कृतिम तरिकाले वा हामी बाचेको समाजले महिनावारीलाई विभेदको
ट्याग लगाइदियो र जलबायु परिबर्तनलाई प्रतिस्पर्धात्मक औधोगीकरणले तिब्र बनाइदियो |
जलबायु परिबर्तन दिन दोब्बर रात चोब्बर भएर गयो र सिंगो दुनियालाई प्रभाब पार्न थाल्यो
| महिनावारी विभेद मौनता, अज्ञानताको दलदलमा परेर मिन्सुरेटरहरु र ननमिन्सुरेटर बिचको खाडल झन् झन् फराकिलो हुँदै गयो | पहिलो र
मुख्य कारणलाई सम्बोधन नगरेर, अन्य माध्यमबाट सम्बोधन गर्न खोज्दा लैगिक असमानताको
समस्या झन् जटिल बन्दै गयो | त्यसो त सम्बोधन गर्न कयौ अभियान, नीति, कार्यक्रम नभएका
होइनन तर तिनको प्रभाब दिर्घकालिन र सर्बब्यापी हुन् पाएन जुन अपेक्षा र लगानी गरिएको
थियो |
अब एउटा चैत्र १ गते २०८०
सालमा अन्नपुर्ण पोस्टमा ललितबहादुर बुढाको बाइलाइनमा प्रकाशित `महिनावारीमा कुवा पनि
निषेध’ भन्ने सुर्खेतको लेखमा माथि उल्लेख भएको आधारमा छलफल गर्यौ |`पछिल्ला ६/७
बर्ष यता गाउमा रहेका पानीका कुवा सुक्दै गए | | कुवा सुकेपछि डेढ घन्टा टाढासम्म पैदल
हिडेर आफु र गाईबस्तुलाई पानीको जोहो गर्नुपर्ने बाध्यता आइलाग्यो’ | हामीले महिनावारी
नबार्दा कुवा सुक्यो भन्छन | टाढाबाट पानी बोक्दा धेरै रगत बग्यो |’
यति मात्रै कुरामा पनि असमानताका
चांग छन्, फरक फरक ढंगले विश्लेषण गर्नपर्छ/सकिन्छ | तर जुनसुकै दृष्टिकोणबाट बिस्लेषण
गरेपनि चुरो कुरो महिनावारी अभ्यासको हो | पानीको कुवाजलबायु परिबर्तन वा बन बिनासको
कारण सुके होलान | पानी सुक्नुको दोष मिन्सुरेटरलाई महिनावारी भैरहेका समयमा लगाउनु
लाक्षणिक प्रभाब जस्तो देखिएतापनि, यो महिनावारी विभेदको प्रणालीगत प्रभाब हो |
जहाँ महिनावारी, महिनावारी हुने व्यक्ति र उसको गतिविधिलाई असुद्द, फोहोरको रुपमा प्रयोग
गरिएको छ | कुवा सुकिसकेपछी डेढ घण्टा हिडी हिडी पानीको जोहो महिलाले नै गर्नुपर्छ
भनें मनसाय वा चलन मिन्सुरेटर माथि त्यहि असुद्द, फोहोर रगतका कारण थोपरिएको कार्य
बिभाजन हो | नन-मिन्सुरेटरले नुहाउनै पर्छ (पानीको उपलब्धता, सधै नुहाउने बानी,
सहजता भए महिनावारीको समयमा नुहाए हुन्छ तर सकी नसकी, भै नभई महिनावारी भएकोले नुहाउनै
पर्छ भन्नु फेरी पनि महिनावारीको रगतलाई असुद्ध र फोहोर स्थापित गरिएकोकोले भएको हो
| नत्र यौनाग र रगत ब्यबस्थापन गर्न गरिएको सामग्री मात्रै सफा गरे पुग्छ किन कि महिनावारीको
रगत सफा, सुद्ध रगत हो ) | यदि गम्भीर किसिमको
महिनावारी स्वास्थ्य समस्या (जुन करिब ५ प्रतिसतमा देखिन्छ) नहुँदो हो त मिन्सुरेटरले
ब्यबस्थापन गर्दा खासै कुनै समस्या मान्नु पर्दैन | मानीलीउ, मिन्सुरेटर ५ प्रतिसत
भित्र परे भने रगत ब्यबस्थापन गर्नै पनि नन मिन्सुरेटर ल्याईदिन सक्थे | त्यो किन हुन्
सकेन ? महिनावारी भैरहेको समयमा भए पनि यो महिनावारी विभेदको प्रणालीगत प्रभावको परिणाम
हो | झनै गाईबस्तुलाई पानी ब्यबस्थापनको जिम्मेवारी, यो आय नहुने वा घरायसी काम हो
मिन्सुरेटरकै मात्र जिम्मेवारी हो भन्ने सोच र अभ्यास फेरी पनि महिनावारी विभेदको प्रणालीगत
प्रभाब हो | लेखमा उल्लेख नभएको तर अधिकाम्स अभ्यासमा देखिने कुरा के हो भने पानीको
स्रोत सुकेर टाढा देखि ल्याएको पानी मिन्सुरेटरको रगत ब्यबस्थापनमा ध्यान नदिई, नन
मिन्सुरेटरको प्राथमिकता जस्तो दारी काट्न, नुहाउन पर्योग हुनु महिनावारी विभेदको प्रणालीगत
प्रभाब हो | यदि मिन्सुरेटरले आफैले रोजेर पलास्टिक वा रासायनिक पदार्थ मिसिएको महिनावारी
सामग्री (जस्तो नेपालको बजारमा पाइने नकुहिने महिनावारी प्याड कुहिन २००- १००० बर्ष)
लगाएको छ भने त्यतिखेर त्यो पलास्टिक र रासायनिक पदार्थले व्यक्ति, जल जमिन, जंगल,
हावालाई प्रदुषण गराउछ जुन महिनावारी विभेदको लाक्षणिक प्रभाब हो | पानी नपाउनु वा
कम पाउनु प्रणालीगत प्रभाब हो भने रगतको ब्यबस्थापन उपर्युक्त तरिकाले हुन् नसक्नु,
हुन् नपाउदा हुने मानसिक तनाब, अमर्यादित र निम्छरो अनुभुती हुनु वा कुनै शारीरिक स्वास्थ्य
समस्या देखिनु जलबायु परिबर्तनले पारेको स्वास्थ्य, मानब अधिकारको समस्या हो |
जलबायु न्यायको हालको पैरवीको
एउटा पक्ष जलबायु परिबर्तनले स्वास्थ्य समस्या बढयो, लैगिकअसमानता बढ्यो, निर्णय प्रक्रियामा
महिलाहरुको सहभागिता भएन वा कम भयो, लैगिक समानताका लागि बजेट थोरै भयो भनेर पैरवी
गरीरहेको छ | उही लयमा, जलबायु परिबर्तन वा न्याय भन्ने शब्द राखेका ब्यानरमा कार्यक्रम
गर्नु फेरी अर्को भुल हुनेछ भन्ने यो पक्तिकारको दाबी छ | किनभने हाम्रो पैरबीले असमान शक्ति निर्माण र पितृसत्ताको
मूल निर्माणकर्ता महिनावारी विभेदको पहाड कोट्याउन सोचेका पनि छैन | अधिकाम्सले सोचे
जस्तो यौन तथा प्रजनन स्वास्थ्य वा बृहत यौनिक शिक्षा वा महिनावारी स्वास्थ्य वा ब्यबस्थापनले
महिनावारी विभेदको बहुआयामिक र जटिल प्रकृति,
र यसले असमान शक्ति निर्माण र पितृसत्ताको सबलीकरणमा खेल्ने भूमिकामा मौन छ |
तसर्थ जुन सुकै परिवेशको जलबायु न्यायको अनुसन्धान र पैरवीमा मर्यादित महिनावारी (समाधान)
वा महिनावारी विभेद (समस्या)लाई मूल प्रबाहीकरण गर्न सकियो भने मात्र संरचनागत रुपमा
भएको विभेदलाई धक्का दिन सकिन्छ अन्त्यथा पिंजडाको सुगाले केहि दिन पट्टु त भन्छ,
केहिदिनपछी कि उड्छ, कि बिर्सन्छ वा मृत्यु कुरेर बस्छ | अहिलेकै लयमा जलबायु परिबर्तनका कारण बढेको स्वास्थ्य
समस्या सम्बोधन गर्न यथेस्ट बजेट आयो, धेरै महिलाहरुको नियुक्ति भयो, युवा,
आदिबासीको भूमिका बढाइयो भने पनि यसले तात्विक नतिजा दिदैन किनभने असमान शक्ति निर्माण
र पितृसत्ताको जग हल्लाउने पहल त भएकै छैन जुन अर्थपूर्ण जलबायु न्यायका लागि पूर्व
शर्त हो |किनभने ७६ बर्ष लामो मानब अधिकारको अभियानदेखि दिगो विकास लक्ष्यसम्म आइपुग्दा
पनि महिनावारी विभेदले ठाउ पाएको छैन | जलबायु परिबर्तनले असर नगरेको कुनै त्यस्तो
दुनिया छैन अनि मिन्सुरेटर नभएको कुनै दुनिया कल्पना गर्न सकिदैन त्यसैले जलबायु परिबर्तनमा
काम गर्ने सबैले मर्यादित महिनावारीमा काम गर्नुको कुनै बिकल्प नै छैन |
राधा पौडेल (पी.एच.डी.)