Tuesday, July 15, 2025

Death Due to snake bite- State's Failure for right health, and education

 


कंचनपुर, कृष्णपुर नगरपालिका, वार्ड नं १, नीगाली निवासी, तीन छोराहरुकी  आमा, २८ बर्षीय कमला आउजीको गएको असार २७ गते महिनावारी हुँदा घर बाहिर वा महिनावारी गोठमा सर्पदंश पश्चात उपचारको क्रममा मृत्यु भएको घटनाले स्तब्ध बनाएको त छदै छ संगै सरकार माथि तीन गम्भीर प्रश्न उठाएको पनि छ |   

१.     मुलुकी अपराध संहिता २०७४ लागु भए यता महिनावारी गोठमा तीनवटा ज्यानै गयो | महिनावारी कानुनका बारेमा  तीनै तहका सरकारले कसरी, कति, कस्ता काम गरे ?

२.    २०७६ बाट निशुल्क वितरण गरिएको प्याडले महिनावारी सम्बन्धी गडेर रहेको डर, लाज जरैदेखि उखेल्न किन मद्दत गरेन ?

३.    गएको चैत्र ८ गते मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतीले पास भएपछि कुन कुन तहमा बजेट र योजना बन्यो?

४.    सर्पदंशको प्रकोप भएका क्षेत्रमा यसको रोकथाम र उपचारको पद्दती प्रभावकारी छ ?

महिनावारी विभेद गरिबी, दुर्गम, शिक्षा, धर्म, जात भन्दा पनि महिनावारी जैविक प्रकिया हो, महिनावारीको रगत सफा, शुद्द, पवित्र हो | महिनावारीलाई लिएर कुनै क्रियाकलाप गरिन्छ भने त्यो संबिधानको मौलिक अधिकार बिरुद्द छ, अपराध हो, कारवाही हुन्छ भन्ने संदेश आयोग, मन्त्रालय, पालिकाहरुको पहिलो प्राथमिकता हुनुपर्छ |

 

 

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...