नमस्कार नागरिक बृहत आन्दोलन ?
लाई मैले यो अनुरोध पत्र मेसेन्जर र इमेलबाट पठाए | हिजो देखि नै यो फेसबुक पेजबाट छाउपडी, छौगोठ, कु प्रथा भन्दै पोस्टरहरु साझा गरिएका थिए |
यहि शिलशिलामा प्रणेता (पत्रकार) संग कुरा भयो | केहि कुरा फरक भएर प्रसारित भए |
तर आज बिहानै देखि पुरानै शैलीमा फेरी पोस्टरहरु साझा हुन् थाले | म अनुरोफ्ह गरु कि नगरु सोच्दै थिए | मिना पौडेल दिदीले मलाई नै त्यो संदेश पठाउनु भयो | मैले यहाँ तल सेयर गरेको चिठी उहालाई पनि पठाए | पछी रिता परिवार, नारायण वाग्लेलाइ पनि पठाए | पछी उपेन्द्र सुब्बाले पनि सेयर गरेको देखेर उहालाई पनि पठाए र अन्तत प्रणेतालाइ पनि पठाए |
म भौतिक रुपमा सहभागी नभए पनि यो आन्दोलनको समर्थक हो र, आन्तरिक रुपमा
सकेको काम गरिरहेको छु |
हिजोबाट कंचनपुरको घटनाको बारेमा संदेशहरु आएको देखेको छु | जुन आफैमा
राम्रो कुरा हो तर छाउपडी शब्द प्रयोग गर्ने कुरामा तपाईहरु जस्तो उन्नत लोकतान्त्रिक
र बैज्ञानिक विचार भएका विज्ञहरुबाट कसरी भयो होला भन्ने लागेको छ |
छाउपडी भाषिका रहेछ |
अर्थात् अछामी स्थानीय भाषा |
अछामी भाषामा छाउपडी भनेको महिनावारी हो ,त्यसैले अछामी भाषामा लेखिएको
दस्ताबेज बाहेक अन्य भाषामा त छाउपडी लेख्न पाइएन भन्ने लाग्छ |
गएको चैत्र ८ गते रास्ट्रिय सभाले मर्यादित महिनावारी सम्बन्धी संकल्प
प्रस्ताब पास गरेको छ | जहाँ छाउपडी नभनेर महिनावारी भन्ने, महिनावारी जोडिएको छुइछाईलाइ
महिनावारी विभेद भन्ने र समाधानको लागि चाही मर्यादित महिनावारी भन्ने सुझाब छ यहाहरुलाइ
बिधितै छ होला भन्ने लागेको छ | प्रस्ताबमा महिनावारी विभेद भन्नुको कारण संबिधानको
१४ वटा मौलिक हक हनन हुन्छ जस्तो
मर्यादापुर्वक जिउन पाउने अधिकार-१६ (१),
समानतापुर्वक जीउन पाउने अधिकार -१७ (१), स्वतन्त्रतापुर्वक जीउन पाउने अधिकार -१८
(१,२,३), शोषण बिरुद्दको अधिकार -२९ (१,२,३), स्वस्थ्य बाताबरणको अधिकार -३० (१), आवासको अधिकार -३६ (१, २),
खानाको अधिकार -३६ (१,
२), सुरक्षित मातृत्व र प्रजनन् अधिकार-३८ (३, ४),
३९ – बाल अधिकार र सामाजिक न्यायको अधिकार-४२ असर पार्दछ भनिएको छ |
त्यसैले महिनावारी विभेद संबैधानिक अधिकारको
हनन हो |
महिनावारी विभेद मानब अधिकारको हनन हो |
आन्दोलनको पेजमा नै मैले फोटो पनि पठाएको थिए|
संसारमा ५००० वटा महिनावारीलाइ बोलाउने नक्कली नाम छ भने नेपाली भाषामा
५० वटा नक्कली नाम मैले भेटेको छु |
त्यसैले महिनावारी, महिनावारी विभेद, महिनावारी गोठ भन्दा राम्रो हुन्छ
होला भन्ने लाग्छ | त्यसैगरी समाधानको लागि मर्यादित महिनावारी |
धेरै कुरा छन्, सबै भन्न सक्दिन | भेटमा भनम्ला |
इगो, राजनीति गुटबन्दी आदि कारणले कोहि कोहि सांसद, पत्रकार, अभियानकर्मी,
गैर सरकारी स्तरबाट छाउपडी शब्द प्रयोग गरिरहेका
छन् जुन आफैमा गलत हो |
यसको लागि पढ्ने सामग्रीहरु पठाउन सक्छु |
छोटकरीमा यति भन्दै यो शब्दको प्रयोग रोकिदिन हार्दिक अनुरोध गर्दछु |
धन्यबाद |
साझ प्रणेता बाट पाएको संदेश
दुइवटा कमेन्ट
१. This poster and message is correct. Chhaupadi crime ho. Bibhed maatra hoina hai.
Crime against women.My conclusion, regardless of having extensive political, academic background of majority of members of this group, yet to ready to listen about the concern I/we raise. Long way to go though it is possible.